नेपाली काँग्रेसको रामेछाप जिल्ला सभापतिमा तीन जनाबिच प्रतिश्पर्धा

नेपाली काँग्रेसको रामेछाप जिल्ला सभापतिमा तीन जनाबिच प्रतिश्पर्धा तरुण खबर ९ आश्विन २०७८, शनिबार १०:२९
नेपाली काँग्रेसको रामेछाप जिल्ला सभापतिमा तीन जनाबिच प्रतिश्पर्धा

रामेछाप । नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिका तीन जना प्रतिश्पर्धी उम्मेदवार देखिएका छन् । जिल्ला सभापतिमा पूर्णबहादुर (कान्छाराम) तामाङ, लवश्री न्यौपाने र कृष्णबहादुर महतबीच प्रतिश्पर्धा हुने भएको छ । पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, भरत चौलागाईं र प्रदेश सांसदका उम्मेदवार जीतबहादुर मगरको समर्थन भएपनि कृष्णबहादुर महतले ठूलै प्रतिश्पर्धा गर्नु पर्ने देखिन्छ ।

करिब १४ सय क्षत्रिय प्रतिनिधिले मतदान गर्ने भएकाले ७ सयभन्दा बढी मत ल्याउँनेले काँग्रेसको सभापति बन्ने अबसर पाउँने छन् । रामेछाप जिल्लाको अबस्था मूल्यांक गर्दा पहिलो चरणमै पूर्णबहादुर (कान्छाराम) तामाङले सभापतिमा चुनाव जित्ने अनुमान गरिएको छ । १३औं महाधिवेशन क्रममा रामेछाप जिल्ला सभापतिका उम्मेदवार अर्जुनकुमार केसी १४औं महाधिवेशनमा पनि उठ्ने अनुमान गरिएको थियो । उनी उठेको भए पूर्णबहादुर (कान्छाराम) तामाङलाई चुनौति दिन सक्थे कि भन्ने क्षेत्रिय प्रतिनिधिबिच चर्चा चल्ने गरेको छ ।

२०७८ असोज २३ गते नेपाली काँग्रेस रामेछापको ६४ वटै वडाको वडा अधिवेशन सम्पन्न भएकोमा पालिका अधिवेशन स्थगित गरिएको छ । यसक्रममा सुनापति गाउँपालिकाको दिमीपोखरीमा केहि विवाद र समस्या भएको थियो । यसै विवाद र समस्यालाई समाधान गर्न नेपाली काँग्रेसले तिन सदस्यीय टोली बनाएको थियो । टोलीमा नेपाली काँग्रेस रामेछाप जिल्लाका सभापति लवश्री न्यौपाने, पूर्व सभापति रामचन्द्र खड्का र नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे थिए ।

यो तीन सदस्यीय टोलीले जिल्ला मै बसेर दिमीपोखरीको विवाद र समस्याको समाधान गर्नुपर्ने थियो । तर, पार्टी सभापति लवश्री न्यौपानेले दिमीपोखरीको विवाद र समस्यालाई केहि व्यक्तिको सल्लाह र निर्देशनमा थप उचाल्ने काम गरेपछि दिमीपोखरीको चर्केको विवाद समाधान हुन सकेन । पार्टी सभापति लवश्री न्यौपानेले वार्ता र छलफलबाट शुरुमै समस्याको समाधान नगरेको र विवादलाई थप बल्झाउने काम गरेकोले हिजो ८ गते मात्र दिमीपोखरीको विवाद र समस्या समाधान भएको छ । र, भोलि ९ गते हुने नेपाली काँग्रेस रामेछापको गाउँपालिका र नगरपालिका अधिवेशन गर्न नभ्याउने भएको हो । यसकारण काठमाडौंबाट रामेछाप हिँडिसक्नु भएको र हिँड्न तयार भएर बसेको रामेछापको सयौं साथीहरुले नराम्रोसँग दुःख पाएका छन् । अब नेपाली काँग्रेस रामेछापको गाउँ÷नगर अधिवेशन असोज १० गतेपछि मात्र हुनेभएको छ ।

नेपाली काँग्रेसले हिमाली जिल्लामा असोज १८ गतेअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । हिजो विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले रामेछाप लगायत २१ वटा हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो । एउटा कमजोर नेतृत्व भएपछि के हुन्छ भन्ने कुरा रामेछापको यही घट्नाबाट देखिएको छ ।