नेपाली काँग्रेसको पालिका अधिवेशन आज ६४ जिल्लामा हुने

नेपाली काँग्रेसको पालिका अधिवेशन आज ६४ जिल्लामा हुने तरुण खबर ९ आश्विन २०७८, शनिबार १०:३०
नेपाली काँग्रेसको पालिका अधिवेशन आज ६४ जिल्लामा हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं, काभ्रे जिल्लाका केही स्थानमा चुनाव, केही स्थानमा चुनाव नहुने र सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ । शनिबारका लागि तय भएको पालिका अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । सिन्धुपाल्चोक जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले सूचना निकालेर अधिवेशन स्थगन भएको जानकारी दिएका छन् । निर्वाचन स्थगित हुनुको कारण भने सूचनामा उल्लेख गरिएको छैन ।

त्यस्तै, काभ्रे जिल्लाका निर्वाचन अधिकृत कुनै जानकारी बिनै हिडेपछि निर्वाचन स्थगित भएको हो । नेपाली काँग्रेसले शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन गर्ने कार्यक्रम छ । तर, काठमाडौं र सिन्धुपाल्चोकमा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ । जिल्ला निर्वाचन समितिले काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा गर्ने मिति तोकेको छ । यसैगरी १३ जिल्लाको क्रियाशील सदस्यको विवाद नमिलेका कारण ति जिल्लाको वडा अधिवेशन हुन सकेको छैन ।

त्यस्तै, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ । हिजो शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा तीन नेताले छलफल गरेका थिए । १४औं महाधिवेशन समयमा नै गर्ने, एकै साझा उम्मेदवार बनाउँने र शीर्ष नेताहरूलगायत अरु नेताहरूसँग पनि संवादलाई निरन्तरता दिनेलगायतमा सहमति भएको विमलेन्द्र निधिको सचिवालयले जानकारी दिएको छ ।

उनीहरू तीन जना नेताले काङ्ग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबी गरेका छन् । नेपाली काँगेसको सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा.शेखर कोइराल पनि उम्मेदवार बन्दै छन् ।