महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण

महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण तरुण खबर ११ आश्विन २०७८, सोमबार १०:३५
महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् । महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो ।

धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् । महामन्त्री खड्काले २०४८ सालदेखि २०७० सालसम्म भएका आम निर्वाचन पराजित हुनु परेको थिएन । प्रजातन्त्रको पुनस्थापनापछि बणिज्य, युवा तथा खेलकुद, संस्कृति एवं जनसंख्या तथा वातावरण, सूचना तथा सञ्चार, उद्योग र गृह मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए । २०६० सालदेखि केन्द्रीय सदस्य रहेका खड्का १२औं महाधिवेशनपछि सहमहामन्त्री थिए । १३औं महाधिवेशनपछि महामन्त्री भएका हुन् ।