कस्तो त्यो वेदनालेको साथमा राज र अफ्रिताको म्यूजिक भिडियो

कस्तो त्यो वेदनालेको साथमा राज र अफ्रिताको म्यूजिक भिडियो तरुण खबर ११ आश्विन २०७८, सोमबार ११:३८
कस्तो त्यो वेदनालेको साथमा राज र अफ्रिताको म्यूजिक भिडियो

काठमाडौं । नव गायिका अफ्रिता खड्गीले आफ्नो डेब्यु म्युजिक भिडियो ’कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन् । भ्योइस अफ नेपाल सिजन–३ मार्फत उनी दर्शक स्रोता माझ परिचित छिन् । बालाजुकी अफ्रिता खड्गी द भोईस अफ नेपाल सिजन–३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी थिइन् । यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । यसअघि गायिका अञ्जु पन्तको स्वरमा एउटा वियागान्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त गीतमा संगीतकार राज लिम्बुको शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ । कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् ।

सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा संजु थलाङको मेकअप रहेको छ । हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो । राज लिम्बु अफिसिएल मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ । म्युजिक भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।