माग र आवश्यकताका आधारमा प्राथमिकीकरण नै हाम्रो समाधान हो

माग र आवश्यकताका आधारमा प्राथमिकीकरण नै हाम्रो समाधान हो राजीव थापा ११ आश्विन २०७८, सोमबार १२:००
माग र आवश्यकताका आधारमा प्राथमिकीकरण नै हाम्रो समाधान हो

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ जनसंख्या र भूगोलका हिसाबले सानो हो । नगरपालिकाको पूर्व र दक्षिणमा गोकर्णेश्वर नगरपालिकाकै वडा नम्बर ८ पर्छ भने पश्चिममा बुढानिलकण्ठ नगरपालिकाको सीमाक्षेत्रमा पर्दछ । दक्षिण–पश्चिमतर्फ काठमाडौं महानगरको वडा नम्बर ६ पर्छ भने उत्तरतर्फ गोकर्णेश्वर नगरपालिकाकै वडा नम्बर ४ पर्छ । वडा नम्बर ९ का प्रमुख स्थानहरूमा आरुबारी, सिमलटार, नागनाथ चोक, चालिसेगाउँ, शंखडोल, गौरीगाउँ, पानी खोल्सा, हातेमालो मार्ग रहेका छन् । २०६८ को जनगणनाअनुसार वडाको कुल जनसंख्या पाँच हजार ८०३ रहेको छ भने स्थायी जनसंख्या तीन हजार २९२ मात्र छ ।

अव्यवस्थित सहरीकरण र पूर्वाधार विकासको चापले राष्ट्रका लागि आवश्यक विकास गर्न सकिएको छैन । हामीले फोहोरमैलाको व्यवस्थापन, खानेपानीको समानुपातिक वितरण र सडक सञ्जालको स्तरीकरणजस्ता समस्याको समाधानमा वडाको सम्पूर्ण शक्ति लगाएका छौं । नगरपालिकाबाट आउने वार्षिक बजेटले जनताको आवश्यकता पूरा गर्नसकिने अवस्था छैन, तर क्रमशः माग र आवश्यकताका आधारमा प्राथमिकीकरण गरी समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।

बढ्दो अव्यवस्थित औद्योगीकरण तथा अव्यवस्थित विकास कार्यको प्रयासका कारण सिर्जित वातावणीय प्रदूषणसँग जुध्दै वडा वा पालिकाको तर्फबाट राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउनु कम चुनौतीपूर्ण छैन । बढ्दो ट्राफिक व्यवस्थापन गर्नु र एक घर दुई विरुवाजस्ता कार्यक्रम ल्याउन हतार भइसकेको छ । तर यसको विकास र विस्तारका लागि उपयुक्त नीति, बजार व्यवस्थापन, अध्ययन, अनुसन्धान र सरोकार एवं सहयोगी क्षेत्रहरूबीच समन्वय अपरिहार्य छ । हामीले प्रबुद्ध विज्ञ नागरिकहरूसँग बेलाबखत अन्तरक्रिया, छलफल र संवाद गर्दै आएका पनि छौं, उहाँहरूको सल्लाह र सुझावले वडा कार्यालयलाई योजना निर्माण गर्न सहयोग नै पुगेको छ ।

अव्यवस्थित सहरीकरण र पूर्वाधार विकासको चापले राष्ट्रका लागि आवश्यक विकास गर्न सकिएको छैन । हामीले फोहोरमैलाको व्यवस्थापन, खानेपानीको समानुपातिक वितरण र सडक सञ्जालको स्तरीकरणजस्ता समस्याको समाधानमा वडाको सम्पूर्ण शक्ति लगाएका छौं ।

जेष्ठ नागरिकको सम्मान, सीपमूलक तालिम सञ्चालन, महिला तथा बालबालिकाप्रति हुने हिंसालगायतका विषयमा सचेतना कार्यक्रम चलाइरहेका छौं । यो कामका लागि वार्षिक रूपमा बजेट छुट्याउँदै आएका छौं । धार्मिक आस्था, साहित्यिक योगदानको हिसाबले पनि यो वडाको महत्वपूर्ण स्थान छ । वरिष्ठ साहित्यकार रमेश विकल यही वडामा जन्मनुभएको हो, उहाँका छोरा विजय चालिसे साहित्यमा अहिले पनि सक्रिय हुनुहुन्छ । रमेश विकल राष्ट्रिय प्रतिष्ठानको कार्यालय यही वडामा छ ।

२००७ सालमा स्थापना भएको आरुबारीस्थित सामुदायिक विद्यालय अरुणोदय माविमा अहिले पनि करिब नौ सयजना विद्यार्थी पढिरहेका छन् । चारवटा निजी विद्यालयले पनि शैक्षिक उन्नयनमा योगदान पु¥याइरहेका छन् । गणेश मार्गमा रहेको गणेश मन्दिर, हातेमालो मर्गमा रहेको पञ्चकन्या मन्दिर, पानी खोल्छामा रहेको राधाकृष्ण मन्दिर र आरुबारी चोकमा रहेको कृष्ण मन्दिर वडामा रहेका मठमन्दिर हुन् । यी मठमन्दिरको निर्माण र संरक्षणमा वडा नम्बर ९ को महत्वपूर्ण योगदान रहँदै आएको छ । गोकर्णेश्वर साइक्लिनिङ क्लब, भगवती युवा क्लब, आरुबारीमा रहेको रक्तकाली युवा क्लवजस्ता संघ सस्था वडामा क्रियाशील छन् । भगवती युवा क्लबले प्रदेश सरकारको आर्थिक सहयोगमा डोजो हल निर्माण गरेको छ । मेयर कप, वडाध्यक्ष कप सञ्चालन गर्ने गरिएको छ ।
(गोकर्णेश्वर नगरपालिका–९ का वडाअध्यक्ष राजिव थापा छन् । उनको यो लेख गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)