नेकपा माओवादी केन्द्र सि वादी हो ?

नेकपा माओवादी केन्द्र सि वादी हो ? परशु घिमिरे १३ आश्विन २०७८, बुधबार १०:११
नेकपा माओवादी केन्द्र सि वादी हो ?

समृद्ध समाजको निर्माण, सघन सुधारका योजना, कानुनको प्रयोगमार्फत शासन सत्तामा पूर्ण पकड कायम गर्ने र पार्टी अनुशासनमा कडाई गर्दै विरोधमा आवाज नउठ्ने स्थिति कायम गर्ने गरी चार मुख्य अवधारणासहित अघि सारिएको विचारधारा नै सी विचारधारा हो । यो विचारधारालाई राष्ट्रियतासँग जोडेर चिनियाँ विशेषतासहितको समाजवादको निरन्तर विस्तार भन्ने अवधारणा यसमा समावेश गरिएको छ । समृद्ध समाजको निर्माणअन्तर्गत दिगो विकास, सम्पत्तिको असमान वितरण र ग्रामीण क्षेत्रमा सम्पत्तिको अधिकारसम्बन्धी मुद्दालाई अघि सारिने छ ।

सघन सुधार नीतिअन्र्तगत आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई पनि यही नीतिअन्तर्गत पर्दछ । बीआरआईअन्तर्गत एसियन इन्फास्ट्रकचर इन्भेस्टमेन्ट बैंकलगायतका चिनियाँ संस्थाको व्यापक परिचालन गर्दै बीआरआईमा संलग्न राष्ट्रहरूमा चिनियाँ लगानी वृद्धि र युरो एसिया क्षेत्रमा पकड बढाउने उपायहरू समेतको अवलम्बन गरिनेछ । यो योजना चीनको नयाँ आर्थिक नीति पनि हो । चीनले नेपालका लागि गर्ने भनिएका सम्भावित लगानी पनि यही नीतिअन्र्तगत नेपाल भित्रने छन् । केरुङ–काठमाडौं रेलमार्ग पनि यही नीतिअन्र्तगत पर्दछ ।
सोङ ताओ: अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख

सन् १९५५ अप्रिलमा जन्मिएका सोङ ताओसँग कूटनीतिक अभ्यासको निकै लामो अनुभव छ । भारतका लागि सहायक राजदूत, गुआना र फिलिपिन्समा राजदूत रहिसकेका सोङ ताओले विदेश मन्त्रालयको अनुशासन विभाग प्रमुख र सन् २०१४ मा मन्त्रीसरहको मानिने विदेश मन्त्रालयका उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए । सन् २०१५ देखि यिनले अन्तर्राष्ट्रिय सम्पर्क विभाग सम्हालिरहेका छन् । चीनको नीति तथा कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्न यो विभाग सबैभन्दा मुख्य भूमिकामा रहन्छ ।

अनुभवी चेङ सीले माओवादी केन्द्रका नेताहरूलाई सी विचारधाराबारे ज्ञान दिइरहेका छन् । कुनै समय चीनको संस्कृतिक क्रान्तिलाई समर्थन मात्र वकालत गर्ने गरेको माओवादी केन्द्र अहिले सी वादी भएको छ । यसलाई भनिन्छ– अबशरवादीपन र ढुलमुले नीति । चिनियाँ नेता सी जिपिङ सांस्कृतिक क्रान्तिको कट्टर आलोचक थिए ।

चेङ सी : केन्द्रीय संगठन विभाग निर्देशक
सन् १९५३ मा जन्मिएका चेङ सी सन् १९७८ देखि चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीमा आबद्ध छन् । रसायनशास्त्रका इन्जिनियर चेङ सीले सन् २०१७ देखि सिपिसीको केन्द्रीय संगठन विभागमा प्रमुखको भूमिका निर्वाह गर्दै आइरहेका छन् । स्थायी समिति सदस्य रहेका चेङ सी, पार्टीको नयाँ आधिकारिक धारणा मानिएको सी जिन पिङ विचारधाराको देशभित्र र बाहिर गरिने प्रचारमा सक्रिय छन् । अनुभवी चेङ सीले माओवादी केन्द्रका नेताहरूलाई सी विचारधाराबारे ज्ञान दिइरहेका छन् । कुनै समय चीनको संस्कृतिक क्रान्तिलाई समर्थन मात्र वकालत गर्ने गरेको माओवादी केन्द्र अहिले सी वादी भएको छ । यसलाई भनिन्छ– अबशरवादीपन र ढुलमुले नीति । चिनियाँ नेता सी जिपिङ सांस्कृतिक क्रान्तिको कट्टर आलोचक थिए । सन् १९६६ बाट सुरु भएर सन् १९७६ सम्म चल्यो । माओ ती समय चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष थिए ।

यो अवधिमा माओलाई उनकै कान्छी श्रीमती चियाङ चिङ, च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका ‘ग्याङ अफ फोर’ पनि भनिन्छ । सांस्कृतिक क्रान्तिका लागि कलेजहरू बन्द गरिए र माओले देशभरका छात्रहरूलाई यस क्रान्तिमा अगाडि आउनको लागि माओ आह्वान गरे । यस क्रान्तिले चीनका सामाजिक ढांचालाई निकै क्षति पु¥यायो ।

चिनियाँ सांस्कृतिक क्रान्तिको पक्षमा कलम चलाउँने प्रसिद्ध लेखक डोङपिङ हान भन्छन्– मेरो विचारमा यदि सन् १९७६ मा ‘कु’ हुँदैनथ्यो भने त्यस सरकारी संयन्त्रमा आफसेआफ फेरबदल आउने कुरा असम्भव थियो । ‘ग्याङ अफ फोर’ को गिरफ्तारीलाई रोक्न तत्कालै तेङ साओ पिङलाई हत्या गर्नु पर्ने थियो, जुन असम्भव थियो ।

बीआरआईअन्तर्गत एसियन इन्फास्ट्रकचर इन्भेस्टमेन्ट बैंकलगायतका चिनियाँ संस्थाको व्यापक परिचालन गर्दै बीआरआईमा संलग्न राष्ट्रहरूमा चिनियाँ लगानी वृद्धि र युरो एसिया क्षेत्रमा पकड बढाउने उपायहरू समेतको अवलम्बन गरिनेछ । यो योजना चीनको नयाँ आर्थिक नीति पनि हो । चीनले नेपालका लागि गर्ने भनिएका सम्भावित लगानी पनि यही नीतिअन्र्तगत नेपाल भित्रने छन् ।

सी विचारधारको तेस्रो पक्ष कानुनअनुरूप शासन सत्तामा पक्कड बनाइरहनु हो । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महासम्मेलनले पार्टीको पूर्ण अधिपत्य रहने गरी सीलाई केन्द्रविन्दुमा राखेर यो योजना पारित गरिसकेको छ । यसका पाँचवटा पक्ष छन् । पार्टी नेतृत्व, नागरिक शासन, कानुनी समानता, विधिको शासन, चिनियाँ विशेषतासहितको समाजवाद सी विचारधाराको चौथो पक्ष भनेको पार्टी अनुशासनमा थप कडाई हो । अनुशासन, कारबाही, भ्रष्टाचार उन्मूलन जस्ता मुद्दालाई यो नीतिअन्तर्गत नै अघि बढाइएको छ । केही आलोचकहरूले सी विचारधारालाई एकदलीय शासन पद्धतिको जगेर्ना, विपक्षीहरूको पूर्णतया दमन र आफूइतरका भावना राख्नेलाई कारबाहीको नीतिका रूपमा व्याख्या गरेका छन् ।

सी जिन पिङ विचारधाराको उदय
सन २०१६ सम्म माओत्से सुङ, देङ सिआओ पेङ र जीआङ जेमिनले मात्र पाएको मुख्य नेता (कोर लिडर) को उपाधि पाएका सी जिन पिङले सन् २०१७ मा कम्युनिस्ट पार्टी अफ चाइना सिपिसिको बैठकबाट सी विचारलाई पारित गराएका हुन् । सिपिसीको बैठकले सीको योजनालाई नयाँ युग सुहाउँदो चिनियाँ विशेषतासहितको योजनाका रूपमा व्याख्या गर्दै सी विचारधाराको प्रचार प्रसार गर्ने निर्णय गरेको हो । दलको विधानमै राखिएको सी विचारधाराले माओको विचारधारालाई औपचारिक रूपमै विस्थापित गरेको छ ।

सी विचारधारालाई चिनियाँ संसद् नेसनल पिपुल्स कंग्रेसको सन २०१८ मार्चमा बसेको बैठकले देशको संविधानमै समावेश गरेर संवैधानिक बनाएको छ । साथै यही बैठकले सीकै प्रभावस्वरूप सीलाई पुनः राष्ट्रपतिमा चयन गर्दै राष्ट्रपतिको पदावधिमाथि समयको प्रतिबन्धसमेत हटाइदिएको छ । जसका कारण सीलाई सन् २०२३ पछि पनि आजीवन (चाहेसम्म) राष्ट्रपति बनिरहने बाटो खुला गरेको छ ।