भारतमा कोरोनाविरुद्ध खोप ६४ करोड ५० लाखभन्दा बढीले लगाए

भारतमा कोरोनाविरुद्ध खोप ६४ करोड ५० लाखभन्दा बढीले लगाए तरुण खबर १४ आश्विन २०७८, बिहीबार ०९:२८
भारतमा कोरोनाविरुद्ध खोप ६४ करोड ५० लाखभन्दा बढीले लगाए

काठमाडौं । भारत सरकारले पूर्ण मात्रा खोप लगाउँनेको संख्या २३ करोड ६० लाख रहेको जानकारी दिएको हिन्दुस्तान टाइम्स्ले लेखेको छ भने पहिलो मात्रा खोप लगाउँनेको संख्या ४० करोड ९० लाख रहेको बताएको छ । यसरी हेर्दा ६४ करोड ५० लाखभन्दा बढी रहेको सरकारी तथ्यांकमा छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२९, सेप्टेम्बर) मा १७ लाख २० हजार १५४ जनाको नमुना परीक्षण गर्दा २३ हजार १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८, सेप्टेम्बरमा १३ लाख २१ हजार ७८० जनाको नमुना परक्षण गर्दा २१ हजार ९०१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२९, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ३०९ जनाको निधन भएको छ । २८, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ३७५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज १४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ जना छन् । २०७८, असोज १४ गतेसम्ममा भारतले ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १४ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३० लाख ७ हजार २८५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ८२ हजार ८१३ जना छन् । पछिल्लो २४ घण्टा (बुधबार) मा २८ हजार ७२८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४८ हजार ९० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।