मैले बीपीलाई सोधें– मोहनशमशेरको अन्डरमा किन मन्त्री हुनुभयो ?

मैले बीपीलाई सोधें– मोहनशमशेरको अन्डरमा किन मन्त्री हुनुभयो ? योगप्रसाद उपाध्याय १४ आश्विन २०७८, बिहीबार ०९:४७
मैले बीपीलाई सोधें– मोहनशमशेरको अन्डरमा किन मन्त्री हुनुभयो ?

नेपाली कांग्रेसको स्थापना हुनुभन्दाअघि नै म राजनीतिमा लागेको हुँ । काँग्रेसमा मभन्दा पुरानो नेता कोही पनि छैन । अहिले म ९१ वर्ष पूरा भएँ । काँग्रेसको जीवनको आरोह–अवरोहका धेरै घटनामा म संलग्न छु । काँग्रेसका जीवित नेतामध्ये मभन्दा पुराना नेता एकजना पनि छैनन्, यो सत्य हो ।

बनारसमा देवीप्रसाद सोपकोटाको घरमा जुन बैठक भयो, त्यसले नेपालमा राजनीति गर्ने एउटा आधार तयार ग-यो । सो बैठकले अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको गठन ग-यो । भारतमै हामीले काम गर्ने हौं भनी देखाउन अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नाम राखेका थियांै । भारतमा बस्ने नेपालीलाई राजनीतिमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले सो संस्था खडा गरेका थियौं । त्यतिखेर राणा शासकहरूले नेपालमा राजनीति गर्न रोक्ने गरका थिए । त्यसैले हामीले त्यसको नाम अखिल भारतीय राखेका थियौं । यो सायद सन् ३१ अक्टोबर, १९४६ सालतिर हुनुपर्छ । नाम नै अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस राखेको हुनाले उनीहरूले रोक्न सकेनन् । देवीप्रसाद सापकोटाको सभापतित्वमा खोलिएको दलमा उपभसापति बालचन्द्र शर्मा थिए भने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्री गोपालप्रसाद भट्टराईलगायत नेताहरु थिए ।

देवीप्रसाद काठमाडौंकै मान्छे थिए । काठमाडौंमा मुद्दा लागेपछि उनी बनारस बस्न थालेका थिए । देवीप्रसादको घरमा बोलाइएको बैठकमा बीपी कोइराला पनि आउनुभएको थियो, तर उहाँ धेरै बेर बस्नुभएन । यो मेरो राजनीतिको सुरुवात थियो त्यो । त्यतिखेर बनारसबाट उदय भन्ने एउटा अखबार निस्कन्थ्यो । उदयपछि युगवाणी निस्कन थाल्यो । त्यसमा मैले लेख्न थालें । उदयमा पनि लेख्ने गर्थें । यो २००७ सालभन्दाअघिको कुरा हो । देवीप्रसादको घरको बैठकमा सहभागी हँुदा म ९ कक्षामा पढ्ने गर्थें ।

म कसरी बनारस गएँ, त्यसको पनि रोचक घटना छ । भारतको मेघालयको सिराङमा मेरो जन्म भएको हो । हाम्रो घर ताप्लेजुङमा थियो । ताप्लेजुङमा राई लिम्बूहरू बढी बस्ने गर्छन् । मेरा बा (बुबा) सबैभन्दा कान्छा हुनुहन्थ्यो । बा बनारसमा संस्कृत पढ्नुहन्थ्यो । पहाडमा कान्छी बुहारीले कति दुःख पाउँछन्, त्यो सबैलाई थाहा छ । बनारसबाट बा फर्केर आएपछि आमा ताप्लेजुङमा बस्न मान्नु भएन । त्यहाँ उहाँलाई धेरै दुःख भयो । अब कहाँ जाने भन्ने कुरा आयो । बाले सिराङ जाने भन्नुभयो । सिराङमा राई लिम्बूहरुको पल्टन थियो । राई लिम्बूको पल्टनमा गएमा चिनेको मान्छे हुन्छन् भन्ने बालाई लाग्यो । चिनेको मान्छे भएपछि गुजारा चलाउन सजिलो हुन्छ भन्ने उहाँलाई लाग्यो होला ।

मैले भने, ‘तपाईले मोहनशमशेरसँग लडाई गर्नुभएको थियो, तर अहिले उहाँको अन्डरमा गृहमन्त्री हुनुभयो । तपाईलाई अप्ठ्यारो भएको छ’ भनी सोधें । उहाँलाई मेरो कुरा मन परेछ कि क्या हो निकै हाँस्नुभयो ।

मेरा दाइ ६ वर्षको हुनुहुन्थ्यो । सानो बच्चालाई लिएर आमा र बा ताप्लेजुङबाट भारतको सिराङ जानुभयो । हामीहरू त्यहीँ जन्म्यांै । त्यहाँ हामीहरू दुई भाइ, तीन बहिनी भयौं । त्यहाँ गोरखा पाठशाला भन्ने ब्रिटिस स्कुल पनि थियो । नेपाली पल्टन भएकाले त्यहाँ पढ्नेहरू नेपाली थिए । पाठशालाको नाम नै गोरखा पाठशाला थियो । त्यहाँ म ९ कक्षा पढ्दा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानमा आक्रमण ग¥यो । अब हामीहरू त्यहाँ बस्न नसक्ने भयांै । जापानले बर्मालाई जितेको थियो । तर जापानमाथि आक्रमण भयो । जापानमाथि आक्रमण भएपछि सबै परिवार नेपाल फक्र्यौ । भाउजू कालिङपोङको हुनुहुन्थ्यो । हामी नेपाल फर्के पनि बा फेरि बनारसमा बस्न थाल्नुभयो । म पनि बासँगै बनारस बसें । त्यहीँ पढ्न थाले ।

नेपालमा कर्णसिंह क्षेत्री भन्ने एउटा साथी थियो । उसैले मलाई बनारस पढ्न प्रेरित गरेको थियो । हामी सबै नेपाल फर्केपछि उसले ‘तिमी किन नेपालमा पढ्छौ, बनारसमा त्यत्रो सुविधा छ, उतै पढ’ भन्यो । उसको कुरा मलाई पनि मन प¥यो । बा ताप्लेजुङबाट बनारस जाने बेला म पनि हतार हतार गरी सर्टिफिकेट खोजी बासँगै पछि लागें । अनि बनारस पढ्न थालें । त्यतिबेला मलाई राम्रोसँग हिन्दी बोल्न आउँदैनथ्यो । अरु सबै विषयमा पास हुन्थें, तर हिन्दीमा फेल हुन्थें । बोल्न त राम्रोसँग जान्दिनथें, कसरी लेख्न सक्थे र ?

फेरि देवीप्रसाद सापकोटाको घरको बैठकको प्रसंग जोडौं । बैठकमा बीपी अलि ढिलो आएर छिटो जानुभयो । बैठकपछि नेपाली काँग्रेस पार्टी निर्माण हुने आधार तयार भयो । २००३ साल माघ १२ देखि १५ गतेसम्मको भेलाले नेपाली राष्ट्रय काँग्रेस गठन भएको पार्टीले २००७ सालमा नेपालमा सशस्त्र आन्दोलन गर्ने निर्णय ग¥यो । त्यो भेलाले ४ बुँदे घोषणपत्र पनि निकालेको थियो । १५ पुष, २००५ सालमा महेन्द्रविक्रम शाह सभापतित्वमा अर्को नेपाल प्रजातन्त्र काँग्रेस, कोलकाताको टाइगर हलमा गठन भएको हो । नेपाल प्रजातन्त्र काँग्रेसमा प्रधामन्त्री सूर्यप्रसाद उपाध्याय, सहायक प्रधानमन्त्री प्रेमबहादुर कंसाकार, कोषाध्यक्ष राजेश्वरीप्रसाद उपाध्याय,सीबी सिंहलगायतका नेताहरु ११ जनाको कार्यसमिति बन्यो । २००६ साल चैत २७, २८ र २९ गतेको महाधिवेसनले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एक हुने निर्णय गर्दै नेपाली काँग्रेसको जन्म भएको हो । २००७ सालतिर नेपाली काँग्रेसले सशस्त्र आन्दोलनको सुरुवात गर्दा मलाई महोत्तरीको जिम्मेवारी दिइएको थियो । २०१७ सालपछि काँग्रेसले अर्को सशस्त्र क्रान्ति ग¥यो । त्यसबेला पनि मलाई काँग्रेसले जिम्मेवारी दिएको थियो । त्यसबेला पनि मैले महोत्तरीकै जिम्मेवारी पाएको थिएँ ।

२००७ सालको क्रान्तिका बेला मैले पहिलो पटक सुवर्ण शंशेर राणाजीलाई भेटेको थिएँ । त्यही क्रान्तिको बेला म फेरि नेपाल प्रवेश गरे । नरकटीयको रेलवे स्टेसनमा सुवर्णजीसँग मेरो पहिलो भेट भयो । उहाँले तपाईलाई त मिलेटरीको पनि आइडिया रहेछ भन्नुभयो । मैले हो भनें । त्यसपछि पुरन सिंहले मलाई ब्यारेक इन्जार्ज बनाए । एकराज शमशेरको फौज आउनुभन्दा दुई घन्टा अगाडि नै हामी बाहिर निस्क्यौ । अघि बढ्दै जाँदा हामीले वीरगन्ज कब्जा गरिसकेका थियौं । क्रान्ति अघि बढ्दै गयो । राणा शासकले हार खाए । त्रिभुवन भारतमा शरण लिन गए । राणा र काँग्रेसबीच सम्झौता भयो । महोत्तरीमा तिरकशमशेर बडाहाकिम भएका थिए, तर हामीले महोत्तरी जनसरकार बनायांै । मलाई प्रशासनतिर बढी अनभुव थियो । म काँग्रेसको दुईवटै संघर्षमा रहें । त्यसैले मलाई संघर्षको मितिबारे केही कुरामा अहिले कन्फ्युजन हुन्छ ।

२००७ सालपछि निर्माण भएको राणा–काँग्रेस संयुक्त सरकारमा बीपी कोइराला गृहमन्त्री हुनुभयो । उहाँले तिरकशमशेरलाई गृहसचिव बनाउनुभयो । रुद्रप्रसाद गिरी मिलटरी गभर्नर भए । म गृह मन्त्रालयमा डेपुटी सेक्रटेरी भएँ । तर बीपीले महोत्तरीका तत्कालीन बडाहाकिम तिरकशमशेरलाई होम सेक्रेटरी बनाउनुभयो । बीपीले ‘तपाईले यो तिरकशमशेरसँग लडाइँ गर्नुभएको थियो, त्यसको अन्डरमा रहेर डेपुटी सेक्रेटरी बस्न तपाईलाई अप्ठ्यारो लागेको छ कि छैन’ भनी सोध्नुभयो ।

राणाकालमा यसरी चिठी दिइन्नथ्यो । राणाले बोलिदिए पुग्थ्यो । गजेटको सुरुवात मैले नै गरें । अहिले पनि नेपाल सरकारले निकालेको नेपाल गजेट तपाईले पाउनुहुन्छ । मलाई अलिकति भारतीय प्रशासनको पनि आइडिया थियो । त्यसैले मैले नेपालमा नयाँ काम गरें ।

मैले भने, ‘तपाईले मोहनशमशेरसँग लडाई गर्नुभएको थियो, तर अहिले उहाँको अन्डरमा गृहमन्त्री हुनुभयो । तपाईलाई अप्ठ्यारो भएको छ’ भनी सोधें । उहाँलाई मेरो कुरा मन परेछ कि क्या हो निकै हाँस्नुभयो । म डेपुटी सेक्रटेरी भएका बेला राजपत्र निकाल्ने प्रचलन सुरु भएको हो । त्यसबेला अर्को एउटा रमाइलो घटना भन्छु– त्यतिखेर गोरखापत्रमा म्यानेजर र सम्पादकबीच जहिले पनि झगडा भइरहन्थ्यो । एकले अर्कालाई नटेर्ने । त्यो झगडा हटाउन मैले सम्पादकलाई नियुक्ति पत्र दिएँ । ‘आजको मितिदेखि तपाईलाई गोरखापत्रको सम्पादकमा नियुक्त गरिएको छ’ भन्ने व्यहोराको नियुक्ति पत्र दिए । सम्पादक अति नै खुसी भए । ‘आजसम्म मलाई यस्तो चिठी कसैले दिएको थिएन, तपाईले यस्तो सम्मानको चिठी दिनुभयो भने ।

राणाकालमा यसरी चिठी दिइन्नथ्यो । राणाले बोलिदिए पुग्थ्यो । गजेटको सुरुवात मैले नै गरें । अहिले पनि नेपाल सरकारले निकालेको नेपाल गजेट तपाईले पाउनुहुन्छ । मलाई अलिकति भारतीय प्रशासनको पनि आइडिया थियो । त्यसैले मैले नेपालमा नयाँ काम गरें । त्यतिखेर भारतबाट दुई तीनजना भारतीय एडभाइजरहरु नेपालमा आएका थिए । उनीहरू हामीले गरेको कामदेखि प्रभावित भएछन् । बाफ रे बाफ तपाईहरूले यस्तो गर्नु भएको भनी आश्चर्यचकित भए ।

एकपटक राजा त्रिभुवनसँग भेट भयो । त्रिभुवनले आफ्नै काउचमा मलाई बस्न भने । म बस्दिनँ, अर्को छेउमा बस्छु भनें । तर उनले मानेनन् । उनले नेपालभित्र टोर अर्गनाइज गर्न मलाई स्पेसल अफिसरको रूपमा खटाए । २०१५ सालको आमचुनावमा म उम्मेदवार भइनँ । किशुनजी गोरखाबाट चुनाव लड्नु भयो, तर उहाँले हार्नु भयो । पछि उहाँ सभामुखमा मनोनीत हुनुभयो । मैले किशुनजीलाई म चुनाव लड्छु भने । तर उहाँले तपाई हार्नुभयो भने गृहमन्त्री को हुन्छ भनी सोध्नुभयो । मलाई प्रशासनतिरको अनभुव थियो । त्यसैले उहाँले मलाई गृहमन्त्री भन्नुभएको थियो । तर पछि उहाँ आफैं हार्नुभयो । बीपी, गणेशमान, सुवर्णजीसँग मेरो धेरै संगत भयो । गणेशमानजीलाई मैले बनारसमा पहिलो पटक भेटेको थिएँ । उहाँ मेरो घरमा पनि बरोबर आइरहनु हुन्थ्यो । किशनुजीसँग पनि मेरो धेरै संगत भयो । गणेशमानजी मन्त्री भएको बेलामा म उहाँको मन्त्रालयको सचिव भएँ । उहाँ एकपटक यातायातमन्त्री हुनुभयो । मैले यातायात सचिव भएर काम गरें ।
(नेपाली काँग्रेसका नेता योगप्रसाद उपाध्याय पूर्वगृहमन्त्री हुन् ।)