तरुण खबर
१५ आश्विन २०७८, शुक्रबार ०९:१२
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (३०, सेप्टेम्बर) मा २० लाख १८ हजार ५१८ जनाको नमुना परीक्षण गर्दा १ लाख १३ हजार ९२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २९, सेप्टेम्बरमा १८ लाख ७० हजार ५१७ जनाको नमुना परीक्षण गर्दा १ लाख २३ हजार २६२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३०, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट एक हजार ८१२ जनाको मृत्यु भएको छ । २९, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २ हजार २२० जनाको मृत्यु भएको थियो ।
२०७८, असोज १५ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा ४ करोड ४३ लाख १४ हजार ४२४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३७ लाख २१ हजार ६९८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज १५ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख ७५ हजार ८७९ जना छन् ।
नेपाली समय अनुसार असोज १५ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६४ करोड १८ लाख ५१ हजार ३७४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३१ करोड ४ लाख २ हजार ९३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३१ करोड ४ लाख २ हजार ९३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज १५ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख १६ हजार ८४७ जनाको मृत्यु भैसकेको छ ।
असोज १५ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड ४० लाख ३१ हजार ७० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ८७ हजार ४८३ जना छन् ।


