तरुण खबर
१५ आश्विन २०७८, शुक्रबार ०९:१४
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३०, सेप्टेम्बर) मा १५ लाख ६ हजार २५४ जनाको नमुना परीक्षण गर्दा २७ हजार ३ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २९, सेप्टेम्बरमा १७ लाख २० हजार १५४ जनाको नमुना परीक्षण गर्दा २३ हजार १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३०, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २८२ जनाको निधन भएको छ । २९, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ३०९ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असोज १५ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ जना छन् । २०७८, असोज १५ गतेसम्ममा भारतले ५६ करोड ८९ लाख ५६ हजार ४३९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १५ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३० लाख ३५ हजार ५२४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ जना छन् । पछिल्लो २४ घण्टा (बिहीबार) मा २८ हजार २३९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १५ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४८ हजार ३७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


