दशैं लक्षित बजार अनुगमन सुरु

दशैं लक्षित बजार अनुगमन सुरु तरुण खबर १५ आश्विन २०७८, शुक्रबार ०९:२९
दशैं लक्षित बजार अनुगमन सुरु

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी अघिल्लो सातादेखि बजार अनुगमनलाई तीव्रता दिएको छ । यसका लागि राजधानी काठमाडौंमा मात्रै आठवटा विशेष टोली बनाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गत बुधबारदेखि नै विशेष टोली अनुगमनमा खटिएका छन् । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा दशैं मनाउने परम्परा छैन । अघिल्लो वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ पर्ने प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका थिए । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । सरकारले चाडपर्वलाई लक्षित गरी एक साताअघिदेखि संयुक्तरूपमा बजार अनुगमन गर्न शुरू गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तरदेखि औषधी विभागका प्रतिनिधिको संयुक्त रुपमा बजार अनुगमन गर्ने भएको हो । नेपालमा अनुगमन गर्न चाडपर्व आउँनै पर्ने अबस्था आउँनु विडम्ना हो एक उपभोक्तले तरुणलाई भने ।

विभागले सामान्य अवस्थामा करिब चार टोली अनुगमनको लागि खटाउँदै आएका थिए । त्यस्तै, विभागले गत भदौ २८ गतेदेखि नै अनुगमनको लागि कर्मचारी थप गरेर ७ टोलीसहित बजार अनुगमन गरिरहेका छन् । विभागका प्रवक्ता शिवराज सेढाइले गत भदौबाट ७ टोलीसँगै चाडपर्वलक्षित संयुक्त रुपमा अनुगमन शुरु गरेको बताए ।

उनकाअनुसार बजारमा ऐन विपरीत कारोबार गर्ने सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ । हाल उपत्यकामा उक्त टोलीले अनुगमन गरिरहेका छन् । त्यस्तै, उपत्यकामात्रै नभएर उपत्यकाबाहिर पनि अनुगमन गर्ने निर्णय भएको विभागले जनाएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागलगायतका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले बजार अनुगमन सुरु गरेको विभागले बताएको छ । अनुगमनका लागि सात टोलीलाई छुट्टाछुट्टै क्षेत्र छुट्याइएको छ । खाद्यान्न, सुपथ तथा किराना पसल, माछामासु तथा पानी, दूध तथा मिठाई, स्वास्थ्य तथा औषधी र होटल तथा रेस्टुरा क्षेत्रको अनुगमन छुट्टाछुट्टै टोलीले गरिरहेका छन् । तर दशैं, तिहारमा बढी बिक्री हुने कपडामा भने अझै पनि अनुगमनको क्षेत्र छुट्याइएको र व्यापारीले कपडामा ५–६ सय प्रतिशत नाफाको मार्जिन राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको राष्ट्रिय उपभोक्ता मन्चले जनाएको छ ।