तरुण खबर
१८ आश्विन २०७८, सोमबार १०:१९
काठमाडौं । भारत सरकारले मुलुकभरमा कोरोना भाइरस विरुद्ध ९० करोड नागरिकले खोप लगाएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ । अर्कोतर्पm भारतको ठूला सात राज्यमध्येमा पर्ने उत्तर प्रदेश, विहार, झारखण्डलगायत राष्ट्रिय औसतभन्दा धेरै कम खोप लगाउँनेमा परेका छन् । उत्तर प्रदेश दोस्रो डोज खोप लगाउँनेमा सबैभन्दा कम १३.६ प्रतिशत नागरिकले लगाएका भने बिहार १४.५ प्रतिशत नागरिक र झारखण्ड १६.२ प्रतिशत नागरिकले खोप लगाएका छन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३, अक्टोबर) मा १२ लाख ६५ हजार ७३४ जनाको नमुना परीक्षण गर्दा २१ हजार ६८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २, अक्टोबरमा १५ लाख १७ हजार ६५२ जनाको नमुना परीक्षण गर्दा २३ हजार १६१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १८३ जनाको निधन भएको छ । २, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट २४१ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असोज १८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३८ लाख ३४ हजार २४३ जना छन् । २०७८, असोज १८ गतेसम्ममा भारतले ५७ करोड ३२ लाख ६० हजार ७२४ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १८ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३१ लाख १३ हजार ६४४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ७१ हजार ५७० जना छन् । पछिल्लो २४ घण्टा (आइतबार) मा २७ हजार ६१९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४९ हजार २९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


