काँग्रेस राजनीतिका पाँच दशक, मेरो राजनीतिक अनुभव

काँग्रेस राजनीतिका पाँच दशक, मेरो राजनीतिक अनुभव तरुण खबर १९ आश्विन २०७८, मंगलवार ०९:४५
काँग्रेस राजनीतिका पाँच दशक, मेरो राजनीतिक अनुभव

नेपाली काँग्रेसले पहिलो पटक ज्येष्ठ राजनीतिज्ञ सभाको गठन गरेको छ । त्यस कारण पार्टी सभापति शेरबहादुर देउवालाई विशेष धन्यवाद दिन चाहन्छु । पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम ज्येष्ठ राजनीतिज्ञ सभामा मेरो नाम पनि मनोनयनमा समावेस भएपछि मलाई जस्तै विभिन्न व्यक्तिमा जिज्ञाषा जागेको होला नै । कसरी यतिबेला काँग्रेसको बुद्धि फि¥यो भनेर । ४ सय ७९ सदश्यीय समितिमा मेरो नाम १५१ नम्बरमा पाउँदा म मात्र होइन, मेरा शुभचिन्तक, पारिवारिक सदश्य, इष्ट मित्र सबैमा खुशी छाएको छ । मेरो भतिजो बिद्यासागर योञ्जनले अमेरिकाको क्यलिफोर्नियाबाट खुशी व्यक्त गर्दै फेसवुकमै मलाई शुभकामना र बधाई दिएको छ । देश–विदेशमा रहेका र हाम्रो परिवारको पीडा थाहा पाएका शुभचिन्तकहरुले निरन्तर फोनबाट, समाजिक सञ्जालबाट शुभकामना दिइरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा गत साउन १४ गते मनोनयनमा परेका वरिष्ठ व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिदै आफुले देखेको भोगेको र अनुभव गरेको घटना बारेमा चर्चा गर्ने कोशिस गरेको छु ।

काँग्रेससँगको मेरो झुकाव
म डिकबहादुर योञ्जन २००४ साल बैशाखमा जन्मेको हुँ । अहिले ७५ वर्ष पुगें । २०१७ साल पुष १ गतेको कु पछि नेपाली काँग्रेसका नेता भिमबहार तामाङ हाम्रो गाउँमा आइरहनु हुन्थ्यो । मेरै घरमा बस्नु हुन्थ्यो । उहाँको घर दोलखाको तत्कालिन झुले गाविस हो । अहिले तामाकोशी गाउँपालिका–२ र मेरो मामाघर दोलखा मेलुङ नजिकै पर्छ । हिडेर आउँजाउ गर्न डेढ दुई घण्टा लाग्छ । हामी मामा घर आउजाउ गर्दा उहाँसँग सामान्य चिनजान भएको थियो । मेरो माइलो मामा रिगबहादुर तामाङ (मोक्तान) राणा विरोधी अभियानमा लाग्दा मारिनु भएको थियो । २००७ अगाडि दोलखाको मेलुङमा राणाको सेना बस्ने चौकी थियो ।

पूर्वबाट आएको कांग्रेसको फौजले मेलुङ कब्जामा लिएपछि दोलखा कब्जा गर्न हिडेको फौज मुढे, निगाले पुगेर राती सुतिरहेको बेला राणाको फौजले आक्रमण गर्दा धेरै मान्छे मारिए, मामालाई भने पक्राउ गरेछन् । सोधपुछपछि मामा रिगबहादुलाई पनि राणको फौजले गोली हानेर मारिएछ । मामा मारिएपछि मेरी आमा रुनु भएको अलिअलि मलाई सम्झना छ । नेपाली काँग्रेस रामेछापको संगठन विस्तारमा भिमबहादुर तामाङको महत्वपूर्ण योगदान छ । वीपी कोइरालासँगै निर्वासनमा बस्नु भएका तामाङ विद्धान पनि हुनुहुन्थ्यो । तर व्यवहारमा अति साधारण हुनुुहुन्थ्यो । मन्त्री हुने अबसर पाउँदा पनि धन सम्पतिमा लोभ गर्नु भएन । डेरामै बसेर उहाँको मृत्यु भयो ।

भिमबहादुर तामाङसँग पार्टी सदस्यता
२०२२–२३ सालदेखि भिमबहादुर तामाङसँगको संगतले म पनि राजनीतिमा तानिदै गएको थिएँ । उहाँले नै मलाई नेपाली काँग्रेसको साधारण सदश्यता दिनु भएको हो । उसबेला यातायातको कुनै साधन थिएन, उहाँ दोलखाको झुलेदेखि दिनभर हिडेरै रामेछापको दोरम्बा आइपुग्नु हुन्थ्यो । कहिले कहिले पद्मशंकर अधिकारी, रुद्र ढुंगेल, शिवबहादुर खड्का, मोतीलाल लामा जस्ता नेताहरु लिएर आउनु हुन्थ्यो । धेरै जसो एक्लै आउने जाने गर्नु हुन्थ्यो । दोरम्बा आएपछि कहिले यतैबाट चौंरी खोला तरेर पचरघाट हुदै काभ्रेको दोलालघाट निश्केर काठमाडौं जानु हुन्थ्यो, कहिले यतैबाट जनकपुरतिर लाग्नु हुन्थ्यो । २०२८ सालको जनगणना अनुसार दोरम्बाको जनसंख्या ४ हजार ५१ त थियो, विकास निर्माणको त कुरै थिएन । अहिले दोरम्बा गाउँपालिकाको जनसंख्या ३० हजार ३ सय ५२ भन्दा बढी छ भनिन्छ ।

जेल पर्नु र निश्कनु म र मेरो परिवारका लागि सामान्य बन्दै गयो । पटक पटक पक्रिने छोड्ने क्रम भाइनै रह्यो । फेरीपछि पनि मलाई ६ महिनाको लागि जेल चलान ग-यो । म जेलमा नै रहेकोबेला सरकार परिवर्तन भयो र नवराज सुबेदी सत्ताबाट हट्नु भयो । सौभाग्यबस नयाँ सरकार आएपछि मलाई जेलबाट मुक्त गरियो ।

हाम्रो २ नम्बर वडाको मात्र जनसंख्या ५ हजार ८८ छ । आजभन्दा करिब ५० वर्षअघि अर्थात २०२८ सालको जनगणना अनुसार रामेछाप जिल्लाको जनसंख्या १ लाख ५७ हजार ३ सय ४९ थियो । २०६८ सालको जनगणना अनुसार २ लाख २ हजार ६ सय ४६ छ । विजुलीकोट र लखनपुरको जनसंख्या जिल्लाकै धेरै थियो । विजुलीकोटको ५ हजार २ सय ९ र लखनपुरको ५ हजार ९ सय ३५ थियो । सञ्चारको नाममा सदरमुकाम रामेछापमा एउटा आकाशवाणी थियो । २०२९–३० सालसम्म वर्षमा १ हजार ४ सय १५ वटा खबर आदान प्रदान भएको सुनिन्थ्यो । तर दोरम्बामा छोटी हुलाक र सामान्य उपचार गर्ने स्वास्थ्य चौकी चाहिँ थियो ।

२०४६ सालपछि ठूलै परिवर्तन
२०४६ सालपछि आएको काँग्रेस सरकारको नीतिले सञ्चार, यातायातलगायत आर्थिक गतिविधिको विकास भएको हो । पञ्चायतका ती दिन अहिले सम्झदा पनि कहाली लागेर आउँछ । रामेछापमा नवराज सुवेदीको दवदवा थियो । उनी आफूलाई दोस्रो महाराज सम्झन्थे । २०३७ साल बैशाख २० गतेको जनमत संग्रहपछि मलगायत हाम्रो परिवार र आफन्तहरुको जीवन धेरै कष्टकर, पीडादायी र जोखिमपूर्ण बन्दै गयो । बैशाक २० को जनमत संग्रहको निर्वाचनको केही दिन अगाडि शिवबहादुर खड्का लगायतका नेताहरु दोरम्बा बजारमा आउनु भएको थियो । हामीले बहुदलको प्रचारका लागि पोष्टरहरु टासेका थियौं । छिमिकी गाउँ टोकरपुरबाट आएका तत्कालिन पञ्चायती सत्तामा रहेका नबराज सुबेदीका पीए समेतको समूह आएर हामीले टासेको पोष्टर च्याति दिए । हाम्रो र उहाँहरुको बीचमा ठूलो भिडन्त भयो ।

बैशाख २० को निर्बाचनमा हामीले बाहिरै नीलोमा छाप लगाएर मनोबैज्ञानिक रुपमा उनीहरुलाई परास्त गर्यौं । प्रायः जनताले बहुदलको पक्षमा मतदान गरे । पञ्चायतको जीत भएपछी नबराज सुबेदी नै गृह मन्त्री भए । त्यसपछी हाम्रा दिनहरु कष्टकर बन्दै गए । सायद रामेछापबासीमध्ये हाम्रो परिवार, नातागोताले धेरै नै सास्ती व्यहोर्नु पर्यो । बृद्द बुवा सिंहबहादुर योञ्जन बाहेक हाम्रा घर परिवारका सबै महिला पुरुषहरु कसैलाई बाँकी राखिएन । सबैलाई सीडीओको आदेशमा वारेन्ट जारी गरियो । झडपको बदला लिने उद्देश्यले गृह मन्त्रिको निर्देशनमा म (डिकबहादुर योञ्जन ) र भतिजो शंकरलाल योञ्जनलाई अराष्ट्रिय तत्वको अभियोगमा तत्कालिन सीडीओ रघुनाथ भण्डारीले बन्दी बनाए । हामीलाई ६ महिनापछि जेलबाट रिहा गरियो ।

जेल पर्नु र निश्कनु मलाई सामान्य
त्यसपछि जेल पर्नु र निश्कनु म र मेरो परिवारका लागि सामान्य बन्दै गयो । पटक पटक पक्रिने छोड्ने क्रम भाइनै रह्यो । फेरीपछि पनि मलाई ६ महिनाको लागि जेल चलान ग¥यो । म जेलमा नै रहेकोबेला सरकार परिवर्तन भयो र नवराज सुबेदी सत्ताबाट हट्नु भयो । सौभाग्यबस नयाँ सरकार आएपछि मलाई जेलबाट मुक्त गरियो । २०३८ साल असार २ गते दोस्रो पटक म फेरी जेल परेको थिएँ । २०४२ सालको सत्याग्रहमा ३ महिना जेल राखेर छोडियो । त्यसबेलाका गृहमन्त्री नवराज सुवेदी रामेछापको दोरम्बा आएका थिए । हामीले उनलाई लखेटेर पठायौं, कार्यक्रम गर्न दिएनौं । यो २०४२–४३ साल बैशाखतिरको घटना हो ।

सायद रामेछापबासीमध्ये हाम्रो परिवार, नातागोताले धेरै नै सास्ती व्यहोर्नु पर्यो । बृद्द बुवा सिंहबहादुर योञ्जन बाहेक हाम्रा घर परिवारका सबै महिला पुरुषहरु कसैलाई बाँकी राखिएन । सबैलाई सीडीओको आदेशमा वारेन्ट जारी गरियो ।

२०३६ सालमा पञ्चायतको विकल्पमा दलीय व्यवस्था छ भन्ने स्वीकर्न राजा बाध्य भए तर जालझेल गरेर जनमत संग्रहमा पञ्चायतलाई नै जिताइयो । जनमत संग्रहताका ४५ वटा गाउँपञ्चायत थिए, म बहुलदको पक्षमा चुनाव प्रचार गर्न ४० वटा गाउँपञ्चायतमा पुगेका थिएँ । २०४६ सालको जनआन्दोलन अगाडी नै मलाई प्रहरीले कष्टडीमा लियो । कांग्रेसले आन्दोलनको घोषण गर्ने वित्तिकै प्रहरी मेरो घरमा आई पुग्थ्यो । नबराज सुबेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष भएको बेला चुनाव प्रचारमा दोरम्बामा आएको बेला फेरी ठूलो झडप भयो । उक्त केसमा सीडीओले मलगायत सबै घरका पुरुषहरु र महिलाहरु सम्पूर्णलाई सार्वजनिक केशमा जेल सजाय दियो । अञ्चल अदालतमा पुनराबेदन गरेपछि फेरी अञ्चल न्ययधिश कल्याण श्रेष्ठले जिल्लामै मुद्दा फिर्ता पठाई दिनु भयो । उहाँ सर्वोच्च अदालतको प्रधान न्यायधिश पनि हुनु भयो । मुद्दा किनरा नलाग्दै बहुदलको घोषणा भएकाले मुद्दाको वास्त गर्न हामीले पनि छाड्यौं ।

पार्टीमा मेरो जिम्मेवारी
२०४८ सालको जनआन्दोलन सफल भएपछि मिनबहादुर भण्डारी सभापति र म उपसभापति बन्यौं । बहुदलको घोषणापछि रामेछाप जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्य समिति गठनका लागि भिमबहादुर तामाङ र तारानाथ राणाभाट केन्द्रबाट आउनु भएको थियो । त्यो कार्यसमितिमा मलाई पार्टीको जिल्ला उपसभापतिको जिम्मेवारी दिइयो । २०५५ सालमा जिल्लाको सुकुम्वासी आयोगको अध्यक्ष बन्दा केही सम्झना गर्न लायक काम गरेको थिएँ । तर धेरै काम गर्न पाइएन ।

२०५४–५५ सालतिर लक्ष्मण घिमिरे जिल्ला सभापति बन्नु भयो मलाई फेरी उपसभापतिको जिम्मेवारी दिइयो । ८औं महाधिवेसनदेखि १२औं महाधिवेसनसम्म लगातार महासमिति सदश्यको जिम्मेवारी दिए साथीहरुले, अहिले छोरो राजनीतिमा आएको छ । उ (केशवकुमार लामा) गाउँ समितिको सभापति र जिल्ला कार्यसमितिको सदश्य छ । मेरो छोरा र बुहारी माओवादी पीडित हुन् । छोरा केशव काकालिङ माविमा पढाउँथ्यो, बुहारी नेत्रकुमारी मोक्तान अरुणोदय प्रा.वि. धोवीखोलामा पढाउथिन् । उनीहरु दुबैको माओवादीका कारण जागिर गयो, उनीहरु बेरोजगार छन् । छोरी ज्वाईं अमेरिकामै छन् । ज्वाई नेपाली कांग्रेसको जनसम्पर्क समितिमा क्रियाशील हुनुहुन्छ ।

पञ्चायत विरुद्ध लडियो, माओवादीबाट सास्ती
२०२२–२३ सालदेखि पञ्चायती शासन विरुद्ध लड्दै आएको म फेरी २०५२ सालपछि माओवादीसँग लड्नु पर्ने अबस्था आयो । माओवादीको कथित जनयुद्धमा मलाई ज्यान लिने धम्की दिइयो, मृत्यु दण्डको सजाए पनि सुनाईयो । ०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । सरकारी वार्ता टोलीको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा.बाबुराम भट्टराईले गरेका थिए । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो– रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या ग–यो ।

त्यसको फतुर आरोप मओवादीले ममाथि लगाएर फासीको सजाए सुनाएको थिए । म १२ वर्षसम्म आपूm जन्मेको, हुर्केको गाउँ ठाउँमा समेत आउन नपाएको म राजनीति संस्कार भएको मान्छे हुँ । राजनीतिक रुपमै प्रतिवाद गर्छु, कसैको सुराकी गरेका थिइन, गर्दिन पनि । त्यही समयमा हाम्रो आठ परिवारको जग्गा जमिन माओवादीले कब्जामा लिएको थियो । हामी परिवारनै निर्वासित भएर काठमाडौं बस्न बाध्य भयौं । मेरो आमा बुद्धिमाया योञ्जन १०३ वर्षको उमेरमा दुई वर्षअघि वित्नु भयो । उहाँलाई लिएर काठमाडौं बस्नु पर्दा मेरो आँखाबाट धरधरी आँशु झरेका थिए । मेरी भतिजी रेली माया तामाङलाई २०६० सालमा माओवादीले नै मारे, भतिजो विक्रम तामाङलाई २०६२ सालमा हत्या गरियो, यसअघि २०५९ मा भतिजो सानो डिकबहादु योञ्जन माओवादीबाट मरिएको थियो । मेरो परिवारले कांग्रेस भएकै कारण जन र धनको क्षति व्यहोर्नु परेको थियो तर मैले राज्यबाट कुनै सहयोग लिएको छैन ।
(तरुण खबरका सल्लाकार सम्पादक परशु घिमिरेसँग भएको कुराकानीमा आधारित)