भारतमा कोरोना विरुद्ध दोस्रो मात्रा खोप लगाउँनेको संख्या २५ प्रतिशत भन्दा बढी

भारतमा कोरोना विरुद्ध दोस्रो मात्रा खोप लगाउँनेको संख्या २५ प्रतिशत भन्दा बढी तरुण खबर २० आश्विन २०७८, बुधबार ०८:३३
भारतमा कोरोना विरुद्ध दोस्रो मात्रा खोप लगाउँनेको संख्या २५ प्रतिशत भन्दा बढी

काठमाडौं । भारत सरकारले कोरोना भाइरस विरुद्ध पूर्ण भ्याक्सिन (खोप) करिब २५ प्रतिशत नागरिकलाई लगाई सकेका छन् । भारतमा पहिलो मात्रा खोप लगाउँनेको संख्या ४३.८ प्रतिशत नागरिकले लगाएका छन् ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (५, अक्टोबर) मा ११ लाख ४१ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा १९ हजार ३८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४, अब्टोबरमा ९ लाख ९१ हजार ६७६ जनाको नमुना परीक्षण गर्दा १६ हजार ७६२ जना कोरोना भाइरसको संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (५, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट २८५ जनाको निधन भएको छ । ४, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट २५४ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज २० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३८ लाख ७० हजार ३८५ जना छन् । २०७८, असोज २० गतेसम्ममा भारतले ५७ करोड ५३ लाख ९४ हजार ४२ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज २० गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३१ लाख ६८ हजार ५५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार ७६२ जना छन् । पछिल्लो २४ घण्टा (मंगलबार) मा २५ हजार ८९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज २० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४९ हजार ५६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।