परशु घिमिरे
२० आश्विन २०७८, बुधबार ०८:४२
नेपालको प्रसिद्ध मन्दिर स्वर्गद्वारी अथाह सम्पति भएर पनि आर्थिक संकटमा परेको छ । १ हजार ५० विघा जग्गा भएको मन्दिर आर्थिक संकट व्यहोर्दै छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर जग्गा भएर के गर्नु भोटका लागि राजनीति गर्ने, राजनीतिक दलको चुनावी एजेण्डा र गुण्डाहरुको ठगी गर्ने धन्दाका कारण स्वर्गद्वारीको मन्दिर आर्थिक संकटमा परेको हो । १ हजार ५० विघा जग्गामध्ये ५ प्रतिशत किसानले मात्र धेर–थोर बाली बुझाएका छन् । ४० मन उत्पादन हुने खेत कमाउनेले पाँच मन मात्र बाली बुझाउने प्रचलन रहदै आएको थियो । तर निर्धारित कुत पनि अधिकांश किसानहरुले स्वर्गद्वारी मन्दिर प्रशासनलाई बुझाएका छैनन् ।
भारतीय पर्यटकले चढाएको भेटी स्वर्गद्वारीको प्रमुख आम्दानीको स्रोत बनेको थियो । आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली तिर्थयात्री स्वर्गद्वारी दर्शनका लागि आउँछन् । आन्तरिक र बाह्य गरी बर्षेनी करिब तीन लाख तिर्थयात्रीले स्वर्गद्वारी दर्शन गर्ने गरेको बताइन्छ । विशेष गरी भारतीय तिर्थयात्री भदौ र पुषमा आउने गरेका थिए । कोभिडका कारण दुई वर्षदेखि कुनै भारतीय तिर्थयात्री नेपाल आएका छैनन्, त्यसैले आम्दानीको स्रोत सुकेको हो ।
दाङको देउखोरीमाा करीब ५ सय विघा, दाङकै रामपुर, पलासेमा २ सय विघा, घोराही नगरपालिकाको नैनवारीमा करीब २ सय विघा, दाङकै पड्डामा करीब १ सय विघा, दाङकै झिगौरामा ३ सय विघा गरी जम्मा १२ सय विघा जग्गा थियो । यी जग्गा किनबेच हुँदा झिंगौरामा प्रतिकठ्ठा २० लाख रुपैयाँभन्दा बढी छ भने पड्डामामा प्रतिकठ्ठा १० लाखमा किनबेच भएको पाइन्छ । त्यस्तै दाङ देउखुरीमा प्रतिकठ्ठा ४ लाख पर्छ भने रामपुर पलासेमा प्रतिकठ्ठा ५ लाख र नैनावरीमा प्रतिकठ्ठा ५ लाख रुपैयाँ पर्ने बुझिएको छ । तर भूमाफियाले घरायसी कागज गरी प्रतिकठ्ठा ३ लाखदेखि १० लाखसम्ममा कारोवार गर्ने गरेका छन् । स्वर्गद्वारीको जग्गा देखाएर आधा–आधा जग्गा हुने गरी कुरा मिली सक्यो भनेर रकम ठगी गर्नेहरु पनि देखिएका छन् । औसतमा बजार मूल्य गर्ने हो भने पनि स्वर्गद्वारीको जग्गाको अर्बमा सजिलै पुग्ने देखिन्छ ।
प्यूठानको स्वर्गद्वारी मन्दिर जहाँछ, त्यहाँ २६ हजार रोपनीको ठूलो जंगल नै छ । यी सबै जग्गा निजी गुठीको नाममा राखिएको छ । स्वर्गद्वारी मन्दिरको नाममा रहेको जग्गामा हदबन्दी नलाग्ने गरी २०४५ साल चैत १ गते तत्कालिन सरकारको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो । पहिले पहिले हजार बाह्र सय गाई हुन्थे, अहिले ५ सयजति होलान् स्वर्गद्वारीका एक कर्मचारीले जानकारी दिए । त्यहीँ जंगलमा गाईको चरण छ । स्वर्गद्वारी मन्दिरले १५–२० विघामा घाँस मात्र लगाएको छ, जुन जग्गा व्यवहारिक रुपमा स्वर्गद्वारीको नियन्त्रणमा छ । दाङमा रहेको जग्गामध्ये केही जग्गा तेस्रो पक्षको नियन्त्रणमा छ । उनीहरुले स्वर्गद्वारीको जग्गा अनधिकृत रुपमा कब्जा गरेर तीन चार तले निजी घर बनाएका छन्, स्वर्गद्वारीको जग्गामा बजारै बसेको छ, तर जग्गाको स्वामित्व उनीहरुको नाममा छैन ।
रोल्पाको रुम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैठीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ (तिन) दिनसम्म भोकै बसी दशांै दिनबाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेरदेखि शिवको भक्त हुनु भयो भनिन्छ । गाँउको माथी एउटा स्मणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पछि विद्वानका रूपमा प्रकट हुनु भएको थियो ।
उनीहरुमध्ये कसैले पनि बाली बुझाएका छैनन् । १ हजार ५० विघा जग्गामध्ये एकथरी जग्गामा मोही छन् भने अर्कोथरी जग्गामा मोही छैनन्, केही व्यक्तिले बाली नबुझाएकाले भूमिसुधार विभागले मोही पनि नलाग्ने र खण्डीकरण गर्न नपाइने गरी फैसला दिएको छ । सर्वोच्च अदालतले पनि २०६२ साल चैत १२ गते गरेको फैसला भूमिसुधारको भन्दा फरक छैन । स्वर्गद्वारीको जग्गामा सर्वोच्च अदालतले मोही लगाउन नपाइने र खण्डिकरण गर्न पनि नपाइने पैmसला गरेको छ । दाङमा रहेको खेती योग्य जमिनमध्ये ५ प्रतिशत किसानले मात्र बाली बुझउने गरेको बुझिएको छ । यी सबै जग्गा कसैले दान दिएको वा बकस दिएको होइन, झोलीको रकमले स्वर्गद्वारी महाप्रभुले किन्नु भएको हो, जसलाई हंशनन्द गिरि भनिन्थ्यो । दाङमा १ हजार ५० बिगाहा र प्युठानमा २६ हजार रोपनी जग्गाहरु निजि गुठीका रूपमा बन्दोवस्त गरिएको छ ।
२,१२२ मिटर उचाइमा (६,९६० फिट) स्वर्गद्वारीको प्रसिद्ध मन्दिर छ । २०१९ सालमा अंचल विभाजन हुँदा राप्ति अञ्चलको नाम नै स्वर्गद्वारी राखिएको थियो । परापूर्वकालमा क्रृषि मुनीहरुले यसै ठाउँमा बसी जपतप गरी स्वर्ग गएकाले ठाउँको नाम नै स्वर्गद्वारी राखिएको किम्बदन्ति छ । अर्थात विश्वास हुनेहरुका लागि स्वर्ग जाने ढोका हो यो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास अहिले पनि छ । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ ।
कसरी पायो स्वर्गद्वारीले प्रसिद्धि ?
जनश्रुती अनुसार स्वर्गद्वारीको प्रसिद्धिमा हंशराज गिरीको महत्वपूर्ण योगदान रहेको बताइन्छ । उहाँको जन्म रोल्पा (पुरानो सल्यान) जिल्लाको रुन्टी गाउँमा भएको हो । उहाँलाई घरबाट विवाह गर्न धेरै दवाद आएपछि स्वर्गद्वारीमा आई तपस्य गरेर बस्नु भएको थियो । गाई र ज्ञानी व्यक्तिप्रति प्रेम गर्ने उहाँले गाई पालन गर्नु भएको थियो । १९५२ देखि अखण्ड होम गर्दै आउनु भएका महाप्रभुले वि.सं.१९९७ स्वर्गद्वारीमै समाधि लिएको बताइन्छ । उहाँले समाधि लिएको ठाउँमा अहिले शिवलिंग राखी पूजापाठ गर्ने गरिएको छ । सुनिए अनुसार प्रभुको बाल्यकाल पनि बढो रोचक छ । रोल्पाको रुम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैठीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ (तिन) दिन सम्म भोकै बसी दशांै दिनबाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेरदेखि शिवको भक्त हुनु भयो भनिन्छ । गाँउको माथी एउटा स्मणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पछि विद्वानका रूपमा प्रकट हुनु भएको थियो । यसरी १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरि भएको हो । उहाँ आफ्नो गाँउ छाडी चेलाहरु सहित धर्म रक्षाका लागि हिडनु भएको बताइन्छ । उहाँ हिड्दा हिड्दै स्वर्गद्वारी नामक उच्च पर्वतमा पुगेपछि त्यहाँ प्राचिन यज्ञशाला रहेको समतल भूमिमा बाँझको बृक्षमुनि आश्रम राखि बस्ने ईच्छा प्रकट गर्नु भयो । प्राचीन कालमा यज्ञ गरेको अवशेषहरु फेला परे पछि त्यस ठाँउमा मन्दिर स्थापना गर्नु भएको हो ।
१ हजार ५० विघा जग्गामध्ये एकथरी जग्गामा मोही छन् भने अर्कोथरी जग्गामा मोही छैनन्, केही व्यक्तिले बाली नबुझाएकाले भूमिसुधार विभागले मोही पनि नलाग्ने र खण्डीकरण गर्न नपाइने गरी फैसला दिएको छ । सर्वोच्च अदालतले पनि २०६२ साल चैत १२ गते गरेको फैसला भूमिसुधारको भन्दा फरक छैन । स्वर्गद्वारीको जग्गामा सर्वोच्च अदालतले मोही लगाउन नपाइने र खण्डिकरण गर्न पनि नपाइने पैmसला गरेको छ ।
र, उहाँ ३ वर्षसम्म गाईको दूध खाएर हुर्किनु भएको हो । ६ वर्षको उमेरदेखि तपस्या गर्न थाल्नु भएकाले उहाँलाई मान्छेहरुले बालतपस्वी भन्न थालेकाहुन् र संन्यासी भएपछि उहाँलाई हंशानन्द गिरि र सच्चिदानन्द गिरि भन्न थालियो ।
सत्य यूगमा देवताहरूले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपश्वी नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्वोलित गरी १९५२ बैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गरेको बताइन्छ । जुन विश्व शान्तिको लागि संचालित अखण्ड यज्ञ हालसम्म निरन्तर रूपमा अग्नी बलिरहेको छ । वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो । १९५२ सालदेखि उक्त यज्ञकुण्ड अहिलेसम्म पनि निरन्तर बलिरहेको छ, बलिरहने छ । स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ । उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती रहेको विश्वासले गर्दा स्वर्गद्वारीको महत्व बढेको पाइन्छ । विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंशी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ । अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेको हुन्छ ।
स्वर्गद्वारीको उच्च टाकुरामा एउटा गुफा छ । उक्त गुफाबाट प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्रीं माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै आउँजाउँ गर्ने हुनाले अहिले पनि उक्त गुफाको द्वारलाई स्वर्गको द्वार (स्वर्ग जाने बाटो) र गुप्तीसागर भन्ने चलन छ । स्वर्गद्वारीको महत्व दर्शाउने प्रभुलाई शिवकोे अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पूँजा गरिन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पूर्ण पुजा, अग्नीको हवन गर्ने विधिविधानबाट सञ्चालित विश्वको एकमात्र हिन्दुहरूको संस्कार अनुसार चलेको स्वर्गद्वारी मात्र रहेको शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणमको क्रममा व्यक्त गर्नु भएको थियो ।
दाङमा रहेको जग्गामध्ये केही जग्गा तेस्रो पक्षको नियन्त्रणमा छ । उनीहरुले स्वर्गद्वारीको जग्गा अनधिकृत रुपमा कब्जा गरेर तीन चार तले निजी घर बनाएका छन्, स्वर्गद्वारीको जग्गामा बजारै बसेको छ, तर जग्गाको स्वामित्व उनीहरुको नाममा छैन ।
हवनकुण्ड बेदद्वारा अग्नि स्थापना गरी दिप प्रज्ज्वलीत भएको हालसम्म निरन्तर अग्नि जलीरहेको छ भने दैनिकपाँच सात किलोग्राम घिऊद्वारा हवन गरी पूँजा गरिने हवनकुण्ड आश्रम भित्र रहेको छ । बेद गुरुहरुद्वारा पुँजा गरिने उक्त हवनकुण्डको विभुती प्रसादीको रूपमा ग्रहण गर्ने गरिन्छ । उक्त विभुती ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास छ । वेद पाठशाला स्वर्गद्वारी आश्रमको आम्दानीबाट आश्रमभित्रै बैदिक पाठशाला सञ्चालनमा छ । २०२८ सालअघि नै माध्यमिक स्तरमा पढाई हुने यो विद्यालयमा अहिले १०८ जना विद्यार्थी छन् । त्यहाँ वेद, रुद्री, चण्डी, अग्नि र अमरकोषको अतिरिक्त अंग्रेजी, भूगोल, म्याथलगायतका विषय पनि पढाइन्छ ।
स्वर्गद्वारीमा गौशालामा प्रभुको १९९७ मा समाधि हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए । आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सूर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरूमा वैदिकविधी अनुसार दैनिक ३ पटक पूँजा गरिन्छ । तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौ हजार भक्तजनसमेतको उपस्थितीमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ । नेपालका सात धाममध्ये एक हो स्वर्गद्वारी ।


