हुन्न नभनको साथमा आए अभिनय र रञ्जना म्यूजिक भिडियोमा

हुन्न नभनको साथमा आए अभिनय र रञ्जना म्यूजिक भिडियोमा तरुण खबर २२ आश्विन २०७८, शुक्रबार ०९:१४
हुन्न नभनको साथमा आए अभिनय र रञ्जना म्यूजिक भिडियोमा

काठमाडौं । अभिनय निरौला र रन्जना तिमल्सिना अभिनित प्रेमिल शैलीको ’हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ । योगेन्द्र उपाध्यायले संगीतवद्ध गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन् ।

रोमाण्टिक भर्सनको यस गीतमा सायरी समेत प्रयोग गरिएको छ । ए. धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि. लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । ’अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।