स्टार म्यूजिकको टप–५ पर्न सफल व्यक्तिहरुको नाम सार्वजनिक

स्टार म्यूजिकको टप–५ पर्न सफल व्यक्तिहरुको नाम सार्वजनिक तरुण खबर २५ आश्विन २०७८, सोमबार ०९:४८
स्टार म्यूजिकको टप–५ पर्न सफल व्यक्तिहरुको नाम सार्वजनिक

काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप –५ मा पर्न सफल व्यक्तिहरुको नाम सार्वजानिक भएको छ । अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबीच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । ४८ बिधामा नोमिनेशनमा पर्न सफल १३७ जनालाई प्रमाण पत्र वितरण गरिएको बिरिसु मिडियाका निर्देशक सुम्सिता स्याङ्तानले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले कलाकारलाई प्रोत्साहन र हौसला दिन आयोजना गरेको अवार्ड कार्यक्रम प्रसंशानिय काम भएको बताएका छन् । साथै, उनले सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुन नहुने धारणा राखे । अहिलेको कतिपय सम्मान आँफैले लिने खालको भएको जस्तो लाग्छ । सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुनु हुँदैन कार्यक्रमको फाइनल निष्पक्ष होस् दोङले भने । नेपाली साङ्गीतिक क्षेत्रमा लागेका कलाकारलाइ प्रोत्साहन मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बिरिसु मिडियाका अध्यक्ष विवेक लोपचनले बताए । अध्यक्ष लोप्चनले अवार्ड कार्यक्रमको फाइनल भने मङसिर ११ गते गरिने र स्थान बारे भने भोटिङ कोड उपलब्ध गराउने दिनमा जानकारी दिने बताए ।

अवार्ड कार्यक्रमको फाइनलमा तीन दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा विशेष योगदान दिदै आएका बरिष्ठ संगीतकार एंव गायक शम्भुजित बास्कोटालाई १५ हजार १ सय १५ रुपैँया नगदसहित लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरिने आयोजकले बताए ।

आयोजक टिमले घोषणा गरेको सम्मानित गरिने व्यक्तीहरुको नाम लाईफ टाईम अचिभमेन्ट अवार्डबाट वरिष्ठ गाएक एवं संगितकार शम्भुजित बास्कोटा छन् भने गड अफ लाईट नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई गरिने भएको छ । सम्मान पाउँनेहरुमा दुर्गा नाथ दाहाल, कलाकार बुद्दी तामाङ् शहरी विकास मन्त्री रामकुमारी झाक्री, तामाङ् चलचित्र मेगा स्टार कुमार मोक्तान, तामङ् चलचित्र सुपरस्टार अमिर दोङ्, सेलो किङ्गका चन्द्रकुमार दोङ्,

माझि किङ्ग यमन माझी, छापा मिडिया पत्रकारिता सम्मान पाउँनेहरुमा सबिता पोखरेल, बर्ष रेडियो पत्रकारिता सम्मान रेडियो कर्मी राजु बोहोरा, रङ्ग पत्रकारिता सम्मान पाउँनेमा तुलसी गिरि (भावुक ) र टेलिभिजन रंग पत्रकारिता शोभा त्रिपाठी रहेका छन् । नोमिनेसनमा परेकाहरुलाई एसएमएस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत मानेर अवार्ड दिने आयोजक टिमले बताएको छ । कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी एंव समाजमा बिशिष्ट योगदान दिने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कृष्ण खड्काले गएका थिए ।