नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान

नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान तरुण खबर २५ आश्विन २०७८, सोमबार १०:३८
नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान

काठमाडौँ । नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न भएको नेपाल तामाङ चलचित्र संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो । मोक्तानले २९ सदस्यीय कार्यसमिति समेत गठन गरेका छन् ।

जस्मा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा, उपाध्यक्षमा दिपक लामा, अजय स्याङतन, जयनकुमार मोक्तान, महासचिवमा सुनिता लुङ्बा, सचिवमा ऋतुराज पाख्रिन, कोषाध्यक्षमा अनिता तामाङ , सह–कोषाध्यक्षमा अमर लामा र सदस्यहरु गरि जम्मा २९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । गत असोज २२ गते शुक्रबारको अधिवेशन सम्पन्नपछि अध्यक्ष कुमार मोक्तानले भने आम सिंगो तामाङ चलचित्र विकासको लागि निरन्तर लाग्ने र तामाङ चलचित्रकर्मीको हिकहितका लागि राज्यको सम्बन्धित निकायमा ध्यानाकर्षण गर्ने बताएको छ ।

कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ राष्ट्रिय गेदुङका महासचिव प्रविन वल, पुर्व अध्यक्ष जेनिस दोङ, नेपाल तामाङ युवा गेदङका अध्यक्ष विलम मोक्तान लगायतका अतिथिहरु उपस्थिति भएको थिए । पूर्व अध्यक्ष विकु थोकारको सभापतित्वमा भएको कार्यक्रम जयन कुमार मोक्तानले सञ्चालन गरेका थिए ।