नेपालमा कोरोना भाइरस संक्रमितको संख्या कम हुँदै

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या कम हुँदै तरुण खबर २६ आश्विन २०७८, मंगलवार १६:१६
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या कम हुँदै

काठमाडौं । नेपालमा कोभिड–१९ का गम्भीर बिरामीको संख्या कम हुँदै गए पनि नयाँ भेरिअन्ट वा अहिलेकै भेरिअन्ट थप सङ्क्रामक हुने जोखिम कायमै रहेकोले सावधानी अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला गत जेठ ६ गते सघन उपचार कक्ष आईसीयूमा उपचार गर्ने मानिसको संख्या १ हजार ७४८ थियो भने त्यसको दुई दिनपछि भेन्टिलेटरमा ५२३ जना रहेका थिए । मन्त्रालयको तथ्याङ्क अनुसार यही आइतवार आइसीयूमा ३२२ र भेन्टिलेटरमा ११३ कोभिड बिरामी रहेका छन् ।

गम्भीर बिरामीको संख्या घटे पनि सावधानी अपनाउनुपर्ने अवस्था भने नटरेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सञ्चार माध्यमलाई बताएका छन् । डा. अधिकारी भन्छन्– नयाँ भेरिअन्ट आइहाल्यो वा अहिलेकै भेरिअन्ट केही समयपछि अझ बढी सङ्क्रामक भइहाल्यो भने अहिलेजस्तै अवस्था रहन्छ भन्न सकिँदैन । २ करोड ९८ लाख २ हजार ९७२ जनसंख्या भएको नेपालमा २०७८ साल असोज २६ गते बिहान ६ बजेसम्म ८ लाख २ हजार ८६१ जना कुल कोरोनाभाइरसका संक्रमित छन् । कुल संक्रमितमध्ये ७ लाख ७६ हजार ८३१ जनालाई निको भइसकेको छ । संक्रमितमध्ये ११ हजार २४३ जनाको निधन भैसकेको छ । अब नेपालमा २०७८ असोज २६ गते मंगलबारसम्ममा १४ हजार ७८७ जना मात्र कोरोना भाइरसका संक्रमित छन् ।

विदेशबाट पनि मानिसहरू आएका छन् । गाउँबाट सहर आउने, सहरबाट गाउँ जाने पनि भइरहेको छ । त्यस्तोमा कहीँ कतै एक-दुई जनाले मात्रै पनि बढी संक्रामक किसिमको भाइरसबाट संक्रमित भएको अवस्था भयो भने धेरै व्यक्तिहरू सङ्क्रमित भएर जटिलता हुनसक्ने ठूलो सम्भावना छ । तथ्याङ्क अनुसार नेपालमा आइतवार एन्टीजन÷पीसीआर परीक्षण गरिएका १२ हजार ४०४ मध्ये ५९६ जना अर्थात ४.८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । अहिले देशभरि सक्रिय सङ्क्रमितको सङख्या करिब १५ हजार रहेका छन् । सङ्क्रमितको सङ्ख्या घटिरहेका बेला खोप लगाउने मानिसहरूको सङ्ख्या बढ्दो छ । मन्त्रालयको तथ्याङ्क अनुसार एक मात्रा खोप लगाउनेको सङ्ख्या ७९ लाख ६२ हजारभन्दा बढी छ जुन लक्षित जनसङख्याको ३६.६ प्रतिशत हो । त्यस्तै नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

कसलाई जोखिम बढी ?
चिकित्सकहरूका अनुसार खोप लगाउनेको सङख्या बढेको भए पनि प्रतिरोधी क्षमता विकास हुन नसकेका वृद्ध अवस्थाका मानिसहरू गम्भीर अवस्थामा उपचार गर्न आएका छन् । तर युवावस्थाकै मानिसहरू पनि जोखिममा रहेको शुक्रराज ट्रपिकलतथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला बताउँछन् । बाँस्तोलाले भने, “रोग प्रतिरोधी क्षमता नबनेका वा पहिला सङ्क्रमित नभएका मानिसहरू अझै पनि जोखिममा छन् ।