गोरखाबाट आएको फुलपाती अपरान्ह ४ बजे भित्रियो

गोरखाबाट आएको फुलपाती अपरान्ह ४ बजे भित्रियो तरुण खबर २६ आश्विन २०७८, मंगलवार १६:२८
गोरखाबाट आएको फुलपाती अपरान्ह ४ बजे भित्रियो

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ । फूलपाती भित्राउन साइतको आवश्यक्ता पर्दैन भनिएको छ । हनुमान ढोकामा भने यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ । सो अवसरमा नेपाली सेनाले फूलपाती बढाइँ समेत गर्दछ । सैनिकमञ्च टुँडिखेलमा हुने बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुने कार्यक्रम छ ।

काठमाडौं गोरखा यातायात सञ्जाल जोडिएपनि पूmलपाती भने परम्परा धान्दै पैदलमार्गबाटै ल्याउने गरिएको छ । पृथ्वीनारायण शाहले काठमाडांै उपत्यका विजय गरेपश्चात हनुमानढोेका दरवारमा गोरखाबाट पूmलपाती भित्र्याउने परम्परा थालनी भएको हो । गोरखाको टोलीले धादिङको छत्रे देउरालीसम्म र काठमाडौंबाट गएको टोलीले एकै दिनमा गोरखाबाट ल्याएको पूmलपाती हनुमान ढोकामा ल्याइपु¥याउँछन् ।

काठमाडौंबाट गएको टोली छत्रे देउरालीमा एक रात बास बसेर पूmलपातीको दिन बिहानै महादेव खोलामा नुहाइधुवाइ शुद्ध भई चोखो कपडा पहिरिएर पूmलपाती बोक्न तयार हुन पर्छ । षष्ठीको दिन छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षत्री समुदायलाई समेटिएका छन् । हनुमानढोका दरवारबाट १६ र समरजंग कम्पनीबाट दुई जना गरी १८ सदस्य टोलीले पूmलपाती काठमाडौ ल्याउँछन् । पूmलपातीमा केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको बाला, करीको पूmल र मौसमी पूmलका थुँगाहरु हुन्छन् ।

उता गोरखा दरवारबाट पाँच जना मगर समुदायका व्यक्तिले पूmलपाती बोकी ल्याउँछन्, त्यसमा एउटा निख्खर कालो बोका र एउटा भेडाको थुमा बली दिएर पूजा अर्चना हुन्छ । काठमाडौंबाट छत्रे देउराली पुगेको टोलीलाई पूmलपाती लिएर आएका गोरखाको मगर टोलीले टीका प्रसाद लगाइदिएपछि काठमाडौंबाट गएको टोलीले भीमढुङ्गा सीतापाइला हुँदै पूmलपाती जमलमा ल्याइपु¥याउँछन् । जमलमा हनुमानढोका दरवारस्थित दशैंघरका पुजारीले पूजा अर्चनासहित पूmलपातीलाई पर्सने गर्दछन्् ।

पूmलपाती पर्सिएपछि शौभाग्यको प्रतिक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ १६ जना महिलाको टोलीले मालश्री रागसहित उक्त पूmलपातीलाई हनुमानढोका दरवारस्थित नासलचोकमा ल्याउँछन् । र नासलचोकमा पूmलपातीसंगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्विरमा अर्चना गरिन्छ पूmलपातीको दायाँबायाँ लगेर जमलदेखि नासलचोकमा आएको आशागुर्जा (पूजा सामग्रीको गुन्टा)को साथमा पूmलपातीलाई दशैघरका पुजारीले अर्चनासहित दशैंघरमा भित्र्याउँछन् । दशैंमा पूmलपाती भित्र्याउने साइतमा नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने र राष्ट्र प्रमुखबाट बढाइँ अवलोकन गर्ने गरिन्छ ।

त्यस्तै हनुमानढोका दरबारमै रहेको नुवाकोटको कडेलचोक भगवतीमा भने नेपाली सेनाको टुकडीले धोवीचौरबाट ल्याएको पूmलपाती भित्र्याइन्छ । यो पूmलपाती भने बालाजुस्थित पुरानो गुह्येश्वरीबाट बोकेर ल्याइन्छ । भगवतीका पुजारीसहितको टोलीले क्षेत्रपाटीमा पूmलपाती पर्सने र हनुमानढोका दरवारस्थित महादेव पार्वती डवलीमा पुःन अर्चना गरिएपछि कडेलचोक भगवती समक्ष पूmलपाती राख्ने परम्परा छ ।

अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पराजयपछि शाहवंशीय राजाले हनुमानढोका दरवारस्थित दशैंघरमा भित्र्याउने गरी गोरखा दरवारबाट पूmलपाती ल्याउन थालेपछि मल्लकालीन यो पूmलपाती भित्र्याउने परम्परा तामझाम विहीन हुन पुगेको इतिहासविदहरु बताउँछन् ।