गायक परियारले ल्याए म्यूजिक भिडियो “पिउन सुरु गरेपछि”

गायक परियारले ल्याए म्यूजिक भिडियो “पिउन सुरु गरेपछि” तरुण खबर २७ आश्विन २०७८, बुधबार ०९:११
गायक परियारले ल्याए म्यूजिक भिडियो “पिउन सुरु गरेपछि”

काठमाडौं । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिनभन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलसहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जली लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

मिडिया हबप्रा. लि. बाट पहिलो पटक म्यूजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ । महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक शिव परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्शिवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको उनले बताए । उनले भने– हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानु पर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूको लागि यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागि यो गीत ल्याएका छौँ । उनले कुराकानीको क्रममा भनेका छन्– मैले आफूले रक्सी नपिए पनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द««मालगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।