सामाजिक अभियान्ता अर्थात् चेतनाका अग्रणी गोपीलाल

सामाजिक अभियान्ता अर्थात् चेतनाका अग्रणी गोपीलाल इन्द्रमणी अधिकारी २९ आश्विन २०७८, शुक्रबार ०९:४७
सामाजिक अभियान्ता अर्थात् चेतनाका अग्रणी गोपीलाल

ढुंखर्क क्षेत्रबाट (हाल बेथाञ्चोक गाउँपालिका–३) आधुनिक शिक्षा लिने पहिलो पुस्ताका अग्रणी व्याक्तित्व हुनुहुन्छ इन्द्रमणि अधिकारी । ढुंखर्कमा प्राथमिक विद्यालय स्थापना हुनुभन्दा पाँच वर्षअघि अर्थात् २०१० वैशाख ४ गते जन्मिनुभएका इन्द्रमणीलाई आफूले अक्षर चिनेको यादसम्म छैन । उहाँको घर नै गुरुकुल आश्रम जस्तो थियो । पुस्तौंपुस्तादेखि उहाँका बाबुबाजेले गाउँका युवाहरूलाई घरको पिँढीमा राखेर पढाउँथे । सामान्य लेखपढ गर्न सिकाउँथे । कुन उमेरमा अक्षर चिनियो, चिनियो ? घरको वातावरण नै पढन्ते, घोकन्ते थियो । घरमा पढ्न आउने १५–१६ जना केटाकेटीमध्ये कसैले रुद्रि, कौमदी, चण्डी, कसैले लेखापढी, कसैले दुनोट घोकिरहेका हुन्थे ।

‘चार वर्षको उमेर हुँदा त म अक्षर फुटाएर पढ्न सक्ने भइसकेको थिएँ । पिता गोपीलाल अधिकारी घरको पिँढीमा गाउँका केटाकेटीलाई पढाउनु हुन्थ्यो । आफूले पढाउने ती केटाकेटी समावेशी हुन्थें अर्थात् बाहुन, क्षेत्री, तामाङ, कामी, दमाई सबै हुन्थे,’ बा भन्नुहुन्थ्यो– ‘जन्मँदा सबै शुद्र भएरै जन्मने हुन्, पढलेख गरेपछि ब्राह्मण हुने हो । साविक ढुंखर्क गाविसको वडा नम्बर ४ कुनिखर्कबाट ठूले दमाई घरमा पढ्न आउँथें, भुग्देऊबाट एकजना कामी आउँथे, तर उनको नाम मलाई सम्झना छैन । म त्यो पारिवारिक वातावरणमा हुर्केको हुँ ।’

‘हामीलाई दरबार हाइस्कुलमा पढाउने बालमुकुन्द गुरु प्रअ बनेर महोत्तरीको मटिहानी पुग्नु भएको थियो, हामी सोझै त्यता लाग्यौं । उहाँले नै राख्नुभयो, खुवाउनुभयो, एसएलसीको फाराम भरी जाँच दिन लगाउनुभयो र हामी दुवैले दोस्रो डिभिजनमा एसएलसी पास ग-यौं ।’

२०१६ सालमा नेपाली कांग्रेसका नेता सप्तलाल ताम्राकारको सक्रियतामा ढुंखर्कमा प्राथमिक विद्यालय स्थापना भयो, बीपी कोइराला नेतृत्वको सरकारले त्यातिबेला करिव १६ भन्दा बढी स्कूल खोल्ने निर्णय गरेको थियो । पिताजी गोपीलालको पछि लागेर मुखिया बालकृष्ण घिमिरेको घरसँगै रहेको बेथाञ्चोक नारायण प्रा.वि.मा गएको सम्झना प्रष्टैछ इन्द्रमणिलाई । उहाँका पिताजीले बनारसको किंग्स कजेजबाट मध्यमा पास गर्नुभएको थियो । त्यो जमनामा यति पढ्नु भनेको धेरै ठूलो कुरा थियो । यति पढेको व्याक्तिलाई राणाहरूले बोलाएरै खरदारसम्मको जागिर दिन्थे । त्यतिबेलाको खरदार भनेको अहिलेको सहसचिव सरहको जागिर थियो । तर गोपीलालले जागिरतिर ध्यान दिनुभएन, आफ्नै गाउँमा शिक्षाको ज्योति फैलाउनेतर्फ लाग्नुभयो । बनारसबाट फर्केपछि उहाँले गाउँका केटाकेटी बोलाएर घरमै पढाउन थाल्नुभयो । ढुंखर्कमा  प्रावि स्कुल खुलेपछि  मास्टर बन्न जानुभयो । त्यसबेला मास्टर सावहरूको कम्ती इज्जत थिएन । २०२० सालमा उहाँ बित्नु भएपछि मात्र विजुलीप्रसाद घिमिरे शिक्षक बनेर बेथाञ्चोक नारायणमा आउनुभएको हो ।

३ कक्षासम्म बेथाञ्चोकमा पढेपछि इन्द्रमणि २०२१ सालतिर खोपासीको श्रीराम मिडिल हाइस्कुलमा कक्षा ५ मा भर्ना हुनुभयो । त्यसबेला पूर्णप्रसाद सत्याल नेपाली र गणित पढाउनु हुन्थ्यो । असाध्यै कडा, आफूले नजानेको सजाय पनि विद्यार्थीलाई दिने इन्द्रमणिको तीतो अनुभव छ । सानैमा बा गुमाउनु भएका इन्द्रमणी अधिकारी स्थिर रहनु भएन, श्रीराम मिडिल स्कुलमा पढेको दुई वर्ष नबित्दै दरवार हाइस्कुलमा भर्ना हुन काठमाडौं आउनुभयो । ८ कक्षा पढ्दा त विद्यार्थीको नेता भइसक्नु भएको थियो । एउटै कक्षामा पढ्ने विश्वनाथ गौतम र इन्द्रमणि आलोपालो पहिलो, दोस्रो हुने हुँदा विद्यार्थीको आँखा परेकै थिए । त्यसैले दरबार हाइस्कुलको युनियनको चुनावमा पनि विश्वनाथ अध्यक्षमा र इन्द्रमणि सचिवमा चुनाव लडें । तर १० कक्षाको टेस्ट पास गरेपछि भने पञ्चायतले टिक्नै दिएन, हामी दुवै भूमिगत हुन बाध्य भयो इन्द्रमणि भन्नुहुन्छ ।

पिता गोपीलाल अधिकारी घरको पिँढीमा गाउँका केटाकेटीलाई पढाउनु हुन्थ्यो । आफूले पढाउने ती केटाकेटी समावेशी हुन्थे अर्थात् बाहुन, क्षेत्री, तामाङ, कामी, दमै सबैं हुन्थें । बा भन्नु हुन्थ्यो– जन्मँदा सबै शुद्र भएरै जन्मने हुन्, पढलेख गरेपछि ब्राह्मण हुने हो । साविक ढुंखर्क गाविसको वडा नम्बर ४ कुनिखर्कबाट ठूले दमाई पिताजीको घरमा पढ्न आउँथें, भुग्देऊबाट एकजना कामी आउँथे, तर उनको नाम मलाई सम्झना छैन । म त्यो पारिवारिक वातावरणमा हुर्केको हुँ ।

‘हामीलाई दरबार हाइस्कुलमा पढाउने बालमुकुन्द गुरु प्रअ बनेर महोत्तरीको मटिहानी पुग्नु भएको थियो, हामी सोझै त्यता लाग्यौं । उहाँले नै राख्नुभयो, खुवाउनुभयो, एसएलसीको फाराम भरी जाँच दिन लगाउनुभयो र हामी दुवैले दोस्रो डिभिजनमा एसएलसी पास ग¥यौं,’ अधिकारी भन्नु हुन्छ, ‘फस्ट डिभिजन आउन मलाई १७ नम्बर पुगेन, विश्वनाथजीलाई ५४ नम्बर पुगेन कि जस्तो लाग्छ । बालमुकुन्द गुरु कहिले कहिले सोध्नु हुन्थ्यो– तिमिहरू ठूलो भान्साको कि सानो भान्साको ? हामी अल्मलिन्थ्यौं । फिस्स हासेर उहाँ सहज बनाइदिनुहुन्थ्यो– ठूलो भान्सा भनेको कांग्रेस । कांग्रेस भनेपछि अत्यन्तै माया गर्ने, हामीलाई के चाहियो (?) के खोज्छस् कानो आँखो भनेझै । वाल्मीकि क्याम्पस भर्ना भएपछि विद्यार्थी राजनीतिको दोहोरीमा जम्न थाल्नु भएका इन्द्रमणिका लागि जेलनेल, प्रहरीको कुटाइ सहज बन्दै गयो । वाल्मीकि क्याम्पसबाट शास्त्री पार गर्नुभएका इन्द्रमणिले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक गर्नुभएको छ । समाज परिवर्तनको उहाँको ६६ वर्षे यात्रा कति सफल, कति असफल समीक्षाकै संघारमा ठिंग उभिएको छ ।

(इन्द्रमणि अधिकारी नेपाली काँग्रेसका नेता हुनुहुन्छ ।)