विद्यालयको पहिलो सञ्चालक समिति हाम्रै घरमा बनेको हो

विद्यालयको पहिलो सञ्चालक समिति हाम्रै घरमा बनेको हो प्रेमप्रसाद तिमल्सिना १ कार्तिक २०७८, सोमबार १६:३०
विद्यालयको पहिलो सञ्चालक समिति हाम्रै घरमा बनेको हो

मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिकाको वडा नम्बर २, पाट्नेखोलामा पर्दछ । काठमाडौंबाट मेरो घर पुग्न आप्mनै सवारी साधन हुने हो भने दुई घण्टामा पुगिन्छ । जम्मा ४६ किलोमिटर मात्र हो ।

कुनै जमानामा राजधानी काठमाडौंमा चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पस स्थापना गर्दा मुलुकभर हलचल मच्चिएको थियो । सरकारको ठूलो गुणगान गाइएको थियो । वास्तवमा भन्ने हो भने २०४६ सालमा पञ्चायती व्यवस्था नढल्दासम्म ढुंखर्कमा क्याम्पस स्थापना भएको आफूले देख्न पाइएला भन्ने कल्पनासम्म पनि गरेको थिइनँ । पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्र पुनस्र्थापना भएपछि नै ढुंखर्कमा क्याम्पस स्थापनाको पहल सुरु भएको हो । अहिले आफ्नै गाउँमा कलेज स्थापना भएको देख्न पाउदा आश्चर्य लाग्छ । पञ्चायतकालमा मुलुकका धेरै ठाउँमा क्याम्पस खुले, तर ढुंखर्कमा हाइस्कुल खोल्न पनि धेरै धौ धौ भयो ।

२००७ सालको परिवर्तनपछि मुलुकका धेरै ठाउँमा स्कुल खुल्दा पनि हाम्रो ढुंखर्कमा स्कुलको कल्पनासम्म गरिएको थिएन । २०१६ सालमा कांग्रेस नेतृत्वको दुई तिहाइ बहुमतको सरकार बनेपछि मात्र स्कुल स्थापना भएको हो । अहिले त बेथाञ्चोक गाउँपालिकामा मात्र १० वटा माध्यमिक विद्यालय नै छन् । वास्तवमा भन्ने हो भने ढुंखर्कमा विद्यालय तहको शिक्षा राणा शासन ढलेपछि सम्भव भएको हो, क्याम्पस तहको शिक्षा निरंकुशतन्त्र ढलेपछि सम्भव भएको हो ।

ढुंखर्कमा स्कुल स्थापना हुनुअघि पनौतीका कांग्रेस नेता सप्तलाल ताम्राकार तत्कालीन मन्त्री काशीनाथ गौतमलाई भेट्न मलाई लिएर जानुभएको थियो । त्यसबेलाको गुल्मी ९२ निर्वाचन क्षेत्रबाट उहाँले ८,८५९ मत ल्याएर चुनाव जित्नुभएको थियो ।

ढुंखर्कको पार्वती प्राथमिक विद्यालय कोटा ल्याउनका लागि धेरै ठूलो सास्ती त बेहोर्नु परेन, तर केही दौडधूप भने भयो । बीपी कोइराला नेतृत्वको सरकारले एक वर्षभित्र देशभर १६३५ वटा प्राथमिक विद्यालय स्थापना गर्ने निर्णय ग¥यो । कतिपय साना जिल्लाले १३ देखि १४ वटा स्कुल पाए भने काभ्रे जिल्ला त्यसबेला ९ नम्बर क्षेत्रमा पथ्र्यो । हाम्रो जिल्लाको भागमा १५ वटा स्कुल परेका थिए । त्यतिबेला काभ्रे र सिन्धुपाल्चोक जिल्ला एउटै थियो । १५ कोटामध्येबाट ढुंखर्कमा कोटा पर्नु पनि ठूलै कुरा थियो । त्यसैगरी, नेपालको राजधानी काठमाडौंसँग जोडियको भक्तपुर जिल्लाले १४ वटा स्कुल पाएको थियो ।

ढुंखर्कमा स्कुल स्थापना हुनुअघि पनौतीका कांग्रेस नेता सप्तलाल ताम्राकार तत्कालीन मन्त्री काशीनाथ गौतमलाई भेट्न मलाई लिएर जानुभएको थियो । त्यसबेलाको गुल्मी ९२ निर्वाचन क्षेत्रबाट उहाँले ८,८५९ मत ल्याएर चुनाव जित्नुभएको थियो । गौतमले जितेको क्षेत्र अहिले अर्घाखाँची जिल्ला भएको छ । सरकारले विद्यालय दिने कुरा थाहा पाएपछि मैले माघ ९ गते स्कुल माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराएको थिएँ । ५१ दर्ता नम्बर भएको त्यो खबर लिएर म पनौतीसम्म लरी चढेर आएँ ।

पनौतीबाट हिँडेर राति घर आइपुगेको हुँ । २०१६ माघ १६ गते पराशर तिमल्सिनाको अध्यक्षतामा सञ्चालक समिति गठन भयो । माघ १७ गतेदेखि स्कुल सञ्चालन गरियो । माघ १७ गते स्कुल सञ्चालनमा आउँदा करिब ४० जना विद्यार्थी भर्ना भएका थिए । इन्द्रबहादुर घिमिरेलाई शिक्षक राख्ने निर्णय त्यही बैठकले गरेको हो । तर उहाँले नौ महिना मात्र काम गर्नुभयो, तीन महिनाको तलब लिएर फेरि कोलकात्तातर्फ लाग्नुभयो । एकैपटक २०१८ सालतिर उहाँ गाउँ फर्कनु भएको हो । र, बेथाञ्चोक नारायण विद्यालयमा पढाउन थाल्नुभयो । उहाँको नजिकका काका बालकृष्ण घिमिरेले इन्द्रबहादुरको नाम विजुलीप्रसाद घिमिरे नाम राख्दिनु भएको कुरा मैले सुनेको हुँ ।

इन्द्रबहादुर घिमिरेलाई शिक्षक राख्ने निर्णय त्यही बैठकले गरेको हो । तर उहाँले नौ महिना मात्र काम गर्नुभयो, तीन महिनाको तलब लिएर फेरि कोलकात्तातर्फ लाग्नुभयो । एकैपटक २०१८ सालतिर उहाँ गाउँ फर्कनु भएको हो ।

यता, माघ १६ गते बेलुका ढिला गरी पनौतीका सप्तलाल ताम्राकार, खोपासीका नारायणदास उलक, पूर्णप्रसाद सत्याल, पाटीखर्कका दुर्गासिंह महत आउनुभएको थियो । मेरै घरमा भएको बैठकमा इन्द्रबहादुर घिमिरे (विजुलीप्रसाद), डोलाखोलाका दुर्गाबहादुर तिमल्सिना, लीलाराम (अर्जुन) तिमल्सिना, पराशर तिमल्सिना, चन्द्रबहादुर तिमल्सिनालगायत आउनुभएको थियो । त्यही बैठकले स्कुलको नाम पार्वती राख्ने निर्णय गरेको हो । मेरो बुबा मुखिया हुनु भएकाले हाम्रै घरमा जिल्लाका ठूला कर्मचारी वा नेता आउने, बस्ने गर्नुहुन्थ्यो ।

मेरो बुबा जयनारायण तिमल्सिना मुखिया हुनुहुन्थ्यो, बुवाको निधनपछि त्यो काम मेरी आमा बिनादेवीले पाउनुभयो । बुवाले सामान्य साँवा अक्षर लेख्न पढ्न सक्नुहुन्थ्यो । आमाले भने जान्नु भएको थिएन । १९९८ सालमा म जन्मेको हुँ, बुवा बित्दा म १० वर्षको थिएँ । हामी आमाकै संरक्षणमा हुर्के–बढेका हौं ।
(प्रेमप्रसाद तिमल्सिना समाजसेवी हुनुहुन्छ, उहाँसँग परशु घिमिरेले कुराकानी गर्न भएको हो ।)