अमेरिकाको कुल जनसंख्याभन्दा बढीको कोरोना परीक्षण

अमेरिकाको कुल जनसंख्याभन्दा बढीको कोरोना परीक्षण तरुण खबर २ कार्तिक २०७८, मंगलवार १२:५७
अमेरिकाको कुल जनसंख्याभन्दा बढीको कोरोना परीक्षण

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (१८, अक्टोबर) मा ३६ लाख ३३ हजार ६१३ जनाको नमुना परीक्षण गर्दा ५० हजार ६६० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १७, अक्टोबरमा ३ लाख ९३ हजार ९७९ जनाको नमुना परीक्षण गर्दा ४७ हजार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१८, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट ६५९ जनाको मृत्यु भएको छ । १७, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट ४४८ जनाको मृत्यु भएको थियो ।

२०७८, कात्तिक २ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ४ करोड ५९ लाख १ हजार ९०० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड ५५ लाख ७१ हजार २५६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार कात्तिक २ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९५ लाख ८४ हजार २३० जना छन् ।

नेपाली समय अनुसार कात्तिक २ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ६७ करोड २४ लाख ३ हजार ३०४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३४ करोड ९ लाख ५४ हजार २३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३४ करोड ९ लाख ५४ हजार २३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट कात्तिक २ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ४६ हजार ४१४ जनाको मृत्यु भैसकेको छ ।

कात्तिक २ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४ करोड १८ लाख ६१ हजार ८०४ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ लाख १४ हजार २० हजार १७२ जना छन् ।