भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ८४४ भन्दा बढीको मृत्यु

भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ८४४ भन्दा बढीको मृत्यु तरुण खबर ४ कार्तिक २०७८, बिहीबार ११:०२
भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ८४४ भन्दा बढीको मृत्यु

काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२०, अक्टोबर) मा १२ लाख ५२ हजार ५०८ जनाको नमुना परीक्षण गर्दा १८ हजार ३५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १९, अक्टोबरमा त्यति नै संख्याको नमुना परीक्षण गर्दा १४ हजार ९३६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२०, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १६० जनाको निधन भएको छ । १९, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट १९९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार कात्तिक ४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख २६ हजार ६८२ जना छन् । २०७८, कात्तिक ४ गते बिहानसम्ममा भारतले ५९ करोड ४४ लाख २९ हजार ८९० जनाको नमुना परीक्षण गरिसकेको छ ।

२०७८, कात्तिक ४ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३४ लाख ८८ हजार १८१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८५ हजार ६५७ जना छन् । पछिल्लो २४ घण्टा (बुधबार) मा १७ हजार ५६० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, कात्तिक ४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ८४४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।