क्याम्पसमा मेरो पाँच वर्षे अनुभव

क्याम्पसमा मेरो पाँच वर्षे अनुभव प्रताप कार्की ४ कार्तिक २०७८, बिहीबार ११:१०
क्याम्पसमा मेरो पाँच वर्षे अनुभव

काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिकाको एक मात्र पार्वती बहुमुखी क्याम्पस हो । २०७३ मंसिरदेखि पार्वती बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख र गत तीन वर्षदेखि क्याम्पस प्रमुखको जिम्मेवारी मैले लिएको छु । यति छोटो समयमा क्याम्पस भवन बनाउँने सौभाग्य मैले नै प्राप्त गरें । यो मेरो अनुभवमध्ये सबैभन्दा ठूलो उपलब्धी हो । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख आदरणीय गोविन्दप्रसाद शर्मा एवं मित्र प्रदीप खतिवडाप्रति यस सन्दर्भमा आभार व्यक्त गर्दछु । पूर्वक्याम्पस प्रमुख एवं विद्यालयका प्राचार्य गोविन्द शर्माबाट मैले धेरै प्रशासनिक तथा सामाजिक कुरा सिक्ने अवसर पाएको छु ।

ढुंखर्क, पाटीखर्क र खोपासीको सयौं वर्षदेखिको सम्बन्ध वास्तवमा शब्दमा तुलना गर्न नसकिने खालको छ । यहाँ विद्यालय नहुँदा ढुंखर्कका विद्यार्थीको पहिलो गन्तव्य खोपासी, त्यसपछि पनौती र काठमाडौं हुन्थ्यो । अहिले बजारीकरण हँुदै गएको ढुंखर्क कुनै समय खोपासीलाई प्रमुख बजार मान्थ्यो । म हालको बेथाञ्चोक गाउँपालिका–४ को चलाल गणेशथान जन्मे, हुर्केको हुँ । हाल मेरो बसोबास खोपासीमा छ । ढुंखर्क र खोपासीको भावनात्मक दूरी कहिल्यै बढेको मैले सुन्नु परेको छैन । पाटीखर्क, खोपासीको सम्बन्ध ढुंखर्कसँग सधंै हार्दिकतापूर्ण नै रहँदै आएको छ । मलाई पनि ढुंखर्क आप्mनै घरगाउँ हो भन्ने लाग्छ ।

यहाँ माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय हुँदै जागिरकै सिलसिलामा मैले क्याम्पस पढाउन थालेको हुँ । सौभाग्य मलाई दोस्रो क्याम्पस प्रमुख हुने अबसर जुरेको छ । अवसर आउनु भनेको चुनौतीहरूको चाङ लाग्नु पनि हो भन्ने मेरो बुझाइ छ । जहाँ चुनौती हुन्छ, त्यही समाधानको झिल्को पनि देखिन्छ । हामी अहिले त्यही झिल्को चम्काउने अवसरको खोजीमा छौं । क्याम्पस स्थापनाकालका दिन स्मरण गरिरहँदा हामी कसैले आजको कल्पना गरेका थिएनौं । परिश्रमको फल मिठो नै हुन्छ भन्ने उक्ति सम्झना गर्दै हामी कक्षाकोठाबाट जोगिएको चक र डस्टर बोकेर फर्कन्थ्यौं । तलबका लागि होइन ढुंखर्कको र आफ्नै गौरवका लागि विद्यार्थीलाई सिकाउने र सिक्ने गथ्र्याैं । यो क्रम आज पनि जारी छ ।

सौभाग्य मलाई दोस्रो क्याम्पस प्रमुख हुने अबसर जुरेको छ । अवसर आउनु भनेको चुनौतीहरूको चाङ लाग्नु पनि हो भन्ने मेरो बुझाइ छ । जहाँ चुनौती हुन्छ, त्यही समाधानको झिल्को पनि देखिन्छ ।

आदरणीय गोविन्द सरले अहिलेसम्म पनि क्याम्पसमा निःशुल्क सेवा गरिरहनुभएको छ । कसैका लागि भन्दा पनि हामी हाम्रै काम गरिरहेका छौं भन्ने अनुभूति उहाँले दिनुभएको छ । वास्तवमा हो पनि त्यही । हामी सबैको कुनै न कुनै रूपमा मूल्यांकन भइरहेको हुन्छ, हामी नेपालीहरू त ३३ कोटि देवी–देवताका पुजारी पनि हौं । यसैले भनिन्छ कर्म गर फलको आश नगर ।

अनेकौं मिठो–तीतो अनुभूति लिँदै क्याम्पस स्थापनाको ७ वर्षे यात्रा तय गरिरहेका छौं । पार्वती क्याम्पसले बेथाञ्चोक गाउँपालिकाको शैक्षिक अग्रणी संस्थाको रूपमा भूमिका खेल्ने विश्वास लिएका छौं । अबको भविष्य सहरमा कम र गाउँमा बढी प्रभावकारी हुन्छ, हुनुपर्छ भन्ने मेरो दृष्टिकोण छ । हामीले संसारका विकसित मुलुकसँग आपूmलाई तुलना गर्न अझ सय वर्ष लाग्न सक्छ । त्यसैले हाम्रो प्रकृति, भूगोल र सांस्कृतिक धरोहरलाई पहिचान बनाएर देखाउने नीतिगत निर्णय हुनुपर्छ ।

क्याम्पस स्थापनाको सातांै वर्ष पूरा गरिरहँदा क्याम्पसले केही शैक्षिक तथा भौतिक उपलब्धिहरू हासिल गरेको छ, तर त्यो अत्यन्तै न्यून छ । यो क्याम्पस पूर्णरूपले समुदायको सञ्चालन र व्यवस्थापनमा सञ्चालित भएकाले सुन्दर भविष्य छ भन्ने लाग्छ । यो क्याम्पस नाफामुखी नहुनु पनि यसको महत्वपूर्ण पक्ष हो । हाम्रो आशालाग्दो ठाउँ पनि यही हो । छिमेकी पालिकाहरूमा विस्तारै आप्mनो पहिचान बनाउँदै गएको यो पार्वती क्याम्पसबाट आशा गर्ने प्रशस्त ठाउँ देखिएको छ । यहाँ पढेर विभिन्न शिक्षण संस्थामा सेवा गरिरहेका हाम्रा कतिपय विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा एमए गरिरहेका छन् । उनीहरूको भविष्य सुन्दर हुनु हाम्रा लागि उपलब्धिपूर्ण हो भन्ने लाग्छ । विहानीको सूर्योदयले दिउसोको संकेत गर्छ भनेझै केही झलक देखिएको पनि छ ।

पूर्वमा बेथाञ्चोक–५ (साविक च्यासिङ्खर्क गाविस), पश्चिममा ललितपुर जिल्ला, उत्तरमा पनौती नगरपालिका र दक्षिणमा डाडाँपारि भेगको केन्द्रमा रहेको बेथाञ्चोक गाउँपालिकाको ढुंखर्क बजारमा सञ्चालित पार्वती बहुमुखी क्याम्पसको सेवा क्षेत्रभित्र ब्राह्मण, क्षेत्री, तामाङ, नेवार, मगर, दलित जातिका मानिसहरूको बसोबास छ । यति विविधता बोकेको ढुंखर्कका अधिकांश व्यक्तिहरू कृषि पेसामा आधारित छन् र राम्रो आम्दानी गरिरहेका छन् । यहाँ विस्तार हुँदै गएको शहरीकरण र समृद्धिले प्रमाणित पनि गरिरहेको छ ।

यस क्षेत्रका विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने इच्छा पूरा गर्दै यस क्याम्पसले निम्न आयस्तर भएका कतिपय अभिभावकका छोराछोरी तथा बुहारीहरूलाई विभिन्न छात्रवृत्तिहरू प्रदान गरी विश्वविद्यालय स्तरीय शिक्षा प्राप्त गर्ने चाहना पूरा गर्ने संकल्प क्याम्पसले लिएको छ ।

हालको परिस्थितिमा पार्वती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू मध्यम आय वर्ग एवं न्यून आय वर्ग परिवारअन्तर्गत छन् । यो सामुदायिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी एवं अभिभावकको चाहना सकेसम्म निःशुल्क वा न्यून शुल्कमा अध्ययन गराउने देखिन्छ । राम्रो आम्दानी हुनेहरुको पनि यो सोचाइमा परिवर्तन ल्याउनु पर्ने चुनौतीपूर्ण कुरा हो । शिक्षामा गरिएको लगानी आप्mना छोराछोरीको सुन्दर भविष्यका लागि हो भन्ने कुरा हामीले बुझाउन सक्नु पर्छ । र, अन्ततः गुणस्तरीय शिक्षा अब हाम्रो अभियान हुनुपर्छ ।
क्याम्पसले हालसम्म साधारण विषयअन्तर्गत शिक्षाशास्त्र र व्यवस्थापन संकायका विषयहरू अध्यापन गराउँदै आएको छ । यही विषयमा उत्कृष्ट गुणस्तरीय शिक्षा दिने हाम्रो अनन्त उद्देश्य रहनेछ । देशभित्रका युवाहरूमा देखिएको निराशा, रोजगारमूलक शिक्षाको अभाव, स्वरोजगार बन्ने क्षमताको अभावलगायत विविध समस्याले हाम्रो अभियानमा ठेस लागेको छ । तर यो अभावको अवस्था धेरै समय टिक्दैन भन्ने हाम्रो विश्वास छ ।
भावी चुनौतीहरू
 उपलब्धिमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नु ।
 कक्षाकोठामा विद्यार्थी संख्या वृद्वि गर्नु ।
 क्याम्पसमा कार्यरत सम्पूर्ण अध्यापकहरूको मर्यादाक्रम तय गर्न तथा अध्यापक÷कर्मचारीहरूको पेसागत सुरक्षा प्रदान गर्नु ।
 आधुनिक प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गर्नु ।
 छात्रवासको व्यवस्था गर्नु ।
 भर्ना भएका विद्यार्थीलाई कक्षामा टिकाउनु ।

समस्या सम्बन्धमा
सीमित साधन–स्रोत हुनु ।
 शैक्षिक जनशक्तिको अभाव हुनु ।
 क्याम्पसको भौतिक पूर्वाधारको अभाव हुनु ।
 कक्षामा विद्यार्थीको अनियमितता हुनु ।

(प्रताप कार्की पार्वती बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्छ ।