बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो

बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो तरुण खबर ४ कार्तिक २०७८, बिहीबार १९:२१
बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो

काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । एमाले महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ ।