काँग्रेस निर्वाचन समितिबाट निर्वाचन कार्यतालिका हेरफेर हुने

काँग्रेस निर्वाचन समितिबाट निर्वाचन कार्यतालिका हेरफेर हुने तरुण खबर ६ कार्तिक २०७८, शनिबार ०९:५८
काँग्रेस निर्वाचन समितिबाट निर्वाचन कार्यतालिका हेरफेर हुने

काठमाडौं । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको प्रक्रिया नै अवरुद्ध भएको छ । दुई वर्षदेखि महाधिवेशनको तयारीमा रहेको काँग्रेस कार्यतालिका हेरफेरमै अलमलिएको हो । यद्यपी ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा, बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । यसले महाधिवेशनबारे अन्योल थपेपछि काँग्रेसका नेता–कार्यकर्ता बिलखबन्दमा परेका छन् ।

यता, प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध उभिएको गठबन्धनले बनाएको सरकार पनि संसद्को कार्यकाल पाँच वर्ष नपुग्दै निर्वाचन गर्नेबारे छलफलमा जुटेको नेताहरूले बताएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेताहरूले संसद्को कार्यकाल पाँच वर्ष पूरा हुनुभन्दा केही महिनाअघि प्रतिनिधिसभाको निर्वाचन हुनसक्ने बताएका छन् ।

६ महीनापछि नै अर्थात आगामी वैशाखमा संसद्को चुनाव हुने चर्चाबारे शुक्रवार पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो विषय गठबन्धनले गर्ने निर्णयमा भर पर्ने बताएका थिए । १४औं महाधिवेशनमा आपैm नेपाली काँग्रेसको सभापति भएर चुनव गराउँदा फाइदा हुने प्रधानमन्त्री शेरबहादुर देउवा मनसाय देखिएको छ ।

१४औं महाधिवेशन गराउनुपर्ने संवैधानिक सीमा पार भइसक्दा पनि नेताहरु तैँ चुप, मै चुपको अवस्थामा छन् । कान्तिपुर दैनिकका राजनीतिक विश्लेषक ध्रुव सिम्खडाका अनुसार नेपाली काँग्रेस १४औं महाधिवेशन गर्न पूर्णअसफल भएको छ । वर्तमान केन्द्रीय कार्यसमिति नै महाधिवेशनको पक्षमा नदेखिएको आरोप लाग्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले कैलालीको कार्यक्रममा महाधिवेशन गर्ने कुरा आफ्नो हातमा नरहेको बताउनु नै असफलताको संकेत हो । काँग्रेसको १४औं महाधिवेशन गर्ने जिम्मेवारी पार्टीको निर्वाचन समितिको हातमा रहेको देउवाको भनाइ थियो ।

शुक्रवार पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो विषय गठबन्धनले गर्ने निर्णयमा भर पर्ने बताएका थिए । यसको अर्थ १४औं महाधिवेशनमा आपैm नेपाली काँग्रेसको सभापति भएर चुनव गराउँदा फाइदा हुने प्रधानमन्त्री शेरबहादुर देउवा मनसाय देखिएको बुझिएको छ ।

दुई वर्षसम्म १४औं महाधिवेशन गर्न नसकेपछि नेपाली काँग्रसका सभापति एवं प्रधानमन्त्री देउवाले यतिबेला बाढी पहिरोको तर्क झिकेका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफू सधैं महाधिवेशनको पक्षमा रहेको बताए पनि उनको भूमिका सकारात्क छैन । संस्थापन पक्षले गरेका सकारात्मक कामलाई आप्mनो व्यक्तिगत विरोध सम्झने वरिष्ठ नेता पौडेल महाधिवेशनप्रति सकारात्मक भएको भए समयमै १४औं महाधिवेशन हुन सक्थ्यो ।

काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि संविधानलाई नै चुनौती दिँदै २०७८ मंसिर ९ देखि १३ सम्म सारिएको छ ।

अब फेरि पनि मंसिरबाट पुसको दोस्रो साता सार्ने प्रश्ताव नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा राखेका छन्, निर्णय हुन भने बाँकी छ । करिब एक महिना सार्ने निश्चितझै देखिन्छ । १४औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने अवस्था आएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विभिन्न सञ्चार माध्यमलाई बताई रहेका छन् ।

अदालतको एउटा मुद्दाका कारण नयाँ कार्यतायिलका ल्याउन समस्या भएको निर्वाचन समितिका संयोजक यादवको भनाइ छ । सिन्धुपाल्चोकमा शिक्षकहरु काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन नपाउने विषयमा अदालतले अन्तरिम आदेश दिएको छ । उक्त विषयमा छलफलका लागि सात गते बोलाएको यादवले जानकारी दिए । उनले भने– अदालतको मुद्दा नपर्खौं भने समस्या हुन्छ । सिन्धुपाल्चोकको हकमा अन्तरिम आदेश जारी भइसकेको छ । तर, त्यसको असर सबै जिल्लामा पर्छ । त्यसले निर्वाचन समितिले नयाँ कार्यतालिका बनाउन रोकेको छ । काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीको सिंगो केन्द्रीय कमिटी अवैधानिक हुनमा सिंगो केन्द्रीय कमिटीको मिलोमतो रहेको उनको आरोप छ नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको भनाई छ ।

यस्तै काँग्रेसका युवा नेता नैनसिंह महरले काँग्रेसको चरित्र नै गुम्ने खतरा बढेको बताएका छन् । उनले भने– काँग्रेसले आफ्नो विधान र मुलुकको संविधानअनुसार पनि जाने कुरालाई पनि ख्याल गरेन । यसबाट काँग्रेस आफ्नो वास्तविक चरित्र गुम्ने खतरा बढ्यो । यो कुरा पार्टी नेतृत्वले बुझ्न जरुरी छ । एमालेको महाधिवेशन प्रक्रियाले गति लिएपछि काँग्रेस नेताहरुलाई नैतिकताको कसीमा बाँध्ने नेविसंघका पूर्व अध्यक्ष महरको भनाइ छ । काँग्रेस नेता महरका अनुसार आम निर्वाचन र पार्टीको आन्तरिक आवधिक निर्वाचनले लोकतन्त्र बाँचेको हुन्छ ।