पुरानो विरासत फर्काउँदै रसुवा

पुरानो विरासत फर्काउँदै रसुवा परशु घिमिरे ६ कार्तिक २०७८, शनिबार १०:०१
पुरानो विरासत फर्काउँदै रसुवा

हिमाली जिल्ला रसुवाले संवृद्धिको पुरानो विरासत फेरी फर्काउँदैछ । तिब्बतको हालको बजार केरुङ थापाथली सन्धी अघिसम्म नेपालको रसुवामै पथ्र्यो । नेपाल र तिब्बत बीचको व्यापारमा करिव करिब एकाधिकार प्राप्त गरेका कारण केरुङ संवृद्ध थियो र रसुवावासीले त्यो संवृद्धिको प्रचुर फाइदा उठाएका थिए । तिब्बती सामान भारत पु¥याउने र भारतीय सामान तिब्बत पु¥याउने व्यापार गरेर रसुवावासीले मात्रै होइन काठमाडौंका नेवारहरुले पनि ठूलो व्यापारिक प्रगति गरेका थिए । अहिले रसुवा नाकाबाट दैनिक १४ वटा कन्टेनरहरु नेपालतर्फ प्रवेश गर्न दिने निर्णय भएको सूचना अधिकारीहरुले जानकारी दिएका छन् । यो हामी सबैको खुशीको कुरा हो । दशैंअघिसम्म यो नाकाबाट दैनिक ५ देखि ९ वटासम्म कन्टेनरहरु भन्सारमा भित्रिने गरेको थियो ।

तर तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरको अदुरुदर्शी कदम चालेका थिए । तिब्बत कब्जा गर्न अंग्रेजलाई सहायता गरे । अंग्रेजले जब तिब्बतमा अधिपत्य जमायो तब उसले सिक्किमको नाथुला नाकाबाटै व्यापार सुरु ग¥यो । त्यस पछि केरुङ नाका सुक्यो । रसुवालीहरु गरीब हुँदै गएभने काठमाडौंका नेवार व्यापारीहरु सिक्किम, दार्जिलिङ, कालिङपोङ तथा कलकत्ता पलायन भए । केरुङको विकल्पमा नाथुला नाका संचालनमा आएपछि करिव सय वर्षसम्म रसुवासँग प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डबाहेक केही पहिचान रहेन । पछिल्लो समय पर्यटन र विद्युत उत्पादन पनि प्रचर मात्रामा फष्टाएको छ ।

तालहरूमा पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दुधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू यस जिल्लामा पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन् । दशहरा र भाद्र पूर्णिमामा गोसाइँकुण्डमा ठूलो मेला लाग्ने गरेको छ ।

गोसाइँकुण्ड र तातोपानीका लागि प्रसिद्धी पाएको रसुवा यतिखेर चीनसँगको व्यापारिक नाकाले चर्चित छ । मध्यकालमा नुवाकोट अन्तर्गत रहेको रसुवाको बाटो भएर अंशुवर्माले छोरी भृकुटीलाई तिब्बतका शासक स्रङ चोङ गम्पोलाई रसुवाको बाटोबाट केरुङको हुँदै दिइ पठाएको भनिएको छ । तिब्बतको केरुङसँगकै व्यापारबाट तत्कालिन कान्तिपुर राज्य धनधान्यपूर्ण भएको वरिपरिका स–साना राज्यहरुको विश्वास थियो । प्रताप मल्लको अभिलेख अनुसार तिब्बतसँगको व्यापारका लागि उतिबेला कुती र केरुङको मार्ग नै प्रयोग गरिन्थ्यो । कान्तिपुरको अधिनमा कुती, केरुङ र खासा थियो । त्यसताका कान्तिपुरको मुद्रा तिब्बतभर चल्थ्यो भन्ने कुरा योगी नरहरिनाथद्वारा लिखित इतिहासमा सन्धीपत्र संग्रहमा उल्लेख छ । उक्त सन्धिपत्रमा वि.सं. १८३१ मा पृथ्वीनारायण शाहको निधन पछि आएका प्रतापसिंह शाहका पालामा तिब्बतसँग व्यापारका लागि वि.सं. १८३२ मा नेपाल–भोट सन्धि (धर्मपत्र) भएको थियो ।

शुद्ध चाँदीबाट मोहर नबनाए व्यापार नहुने कुरा र केरुङ र कुतीबाट मात्र व्यापार चलाउने कुरा पनि धर्मपत्रमा उल्लेख भएको छ । त्यसबेला तिब्बतबाट नुन, घोडा, कस्तुरी, सुनलगायतका बस्तु आयात गरिन्थ्यो भने कान्तिपुरबाट हस्तिहाडले बनेका बुटेदार बट्टा, दारको काठबाट बनेका भाडा, खाद्यान्न, खोर्सानी, लसुन, प्याज आदि निकासी हुन्थ्यो । नुवाकोट अन्तर्गत रहेको रसुवामा कान्तिपुरका राजा जयप्रकाश मल्लले रेखदेखको जिम्मा जयन्त रानालाई सुम्पिएका थिए । जयन्त राना गोरखाका अधिपति नरभूपाल शाहका सरदार थिए । नुवाकोट काशीराम थापाको अधिनमा रहदा जयन्त र महेश्वर पन्तको नेतृत्वमा आक्रमण गर्न पठाइएको थियो, त्यो अभियान असफल भएपछि जयन्त रानालाई सेवाबाट हटाइयो । उनलाई हटाएको चाल पाएपछि जयप्रकाश मल्लले रानालाई प्रशासनको भार जिम्मा लगाएका हुन् । तेस्रो पटकको आक्रमणमा जयन्त रानाका छोरा शंकरमणी राना मारिए र जयन्त पनि गोरखाली फौजद्धारा घरैबाट पक्राउ परेका थिए । विसं १८०१ मा उत्तर केरुङ र पूर्वमा पाटीभञ्ज्याङ गोरखाली फौजको कब्जामा गयो ।

सय वर्षमा युग फेरियो
सय वर्षमा युग फर्कन्छ भने जस्तै रसुवा जिल्लामा फेरी संवृद्धिको युग सुरु भएको छ । केरुङ बजारलाई चीनले दक्षिण एशियासँग आँफुलाई जोड्ने मुख्य हवका रुपमा अघि बढाएको छ । मुख्यभूमी चीनबाट ल्हासा, शिगात्से हुँदै १२ रै महिना गाडी चल्ने फराकिलो सडक केरुङसम्म आइपुगेको छ । केही वर्षभित्रै चीनको मुख्यभूमीबाट केरुङसम्म द्रुतगतिको रेलमार्ग पनि बन्दैछ, आउँदै छ । केरुङबाट रसुवागढी हुँदै काडमाडौं तथा तराईसम्म फरकिलो सडक बनिसकेको छ ।

मध्यकालमा नुवाकोट अन्तर्गत रहेको रसुवाको बाटो भएर अंशुवर्माले छोरी भृकुटीलाई तिब्बतका शासक स्रङ चोङ गम्पोलाई केरुङको बाटो हुँदै पठाएको भनिन्छ ।

हिँजोसम्म विकट रहेको रसुवाका गाउँ गाउँमा सडक र विजुली पुगिसकेका कारण राजधानी काठमाडौंबाट धेरै नै नजिक भएको छ । आफ्नै सवारी साधन हुने हो भने रसुवाको मुख्यवजार बेत्रावती राजधानी काठमाडौंबाट दुई घण्टामा र पृथ्वीराजमार्गको गल्छीबाट एक घण्टामै पुग्न सकिन्छ । सदरमुकाम धुन्चे पनि राजधानी काठमाडौंबाट तीन घण्टामा र गल्छीबाट २ घण्टामा पुग्न सकिन्छ । जसका कारण रसुवाका हिउँको चीसो मुनी फलेका अग्र्यानिक स्थानीय कृषि उत्पादनले राजधानी काठमाडौंको बजारमा तिब्र हस्तक्षेप गरिरहेको छ । जडीवुटीको त रसुवा खानी नै भयो । यसैगरी जलविद्युत आयोजना पनि रसुवामा धेरै छन् । जलविद्युतको रोयल्टीले मात्रै रसुवाका पालिकाहरुलाई विकास वजेट थेग्ने अवस्था बनिसकेको छ । जलविद्युतको शेयरका कारण रसुवाका करिव ८० प्रतिशत परिवारले राजधानी काठमाडौंमा घर या घडेरी जोडेका छन् । राजधानी काठमाडौंको सबै भन्दा नजिकका पर्यटकीय गन्तव्य गोसाइकुण्ठ त हुँदै हो , लाङटाङ राष्ट्रिय निकुञ्जले पनि पर्यटक तानिरहेको छ । जनसंख्या थोरै र आम्दानीको स्रोत धेरै भएका कारण अबको एक डेढ दशकमै मुलुकको प्रतिव्याक्ति आम्दानीमा रसुवावासी सबैभन्दा बढी हुने संकेत देखिएको छ ।

कस्तो छ रसुवा ?
बागमती प्रदेशअन्तर्गत पर्ने रसुवा राजधानी कठमाडौंबाट नजिकको हिमाली जिल्ला हो । १ हजार ५ सय १२ वर्ग किलोमिटर क्षेत्रफल रहेको रसुवा पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा नुवाकोट जिल्लासँग जोडिएको छ । जिल्लाको सबभन्दा होचो स्थान बेत्रावती ६ सय १४ मिटर, सबभन्दा अग्लोस्थान लाङटाङ हिमाल ७,२२७ मिटर छ । रसुवाको तल्लो भागमा तराईमा हुने कृषि उपज मज्जाले फल्छ तर यो भाग थोरै छ । बसोबास रहेको धेरै जसो क्षेत्र १५ सय मिटर भन्दा माथि छ । समुन्द्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरसम्मको उचाइमा रहेको रसुवाको माथिल्लो भागमा सधै हिउँदको मौसममा हिमपात हुने उच्च पहाडी र हिमाली भाग पर्दछ । विशेषगरी लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, घोडातबेला, गोसाईकुण्ड, लौरीबिनायक, चन्दनवारी, माङचेत, सोमदाङ, नागथली, गञ्जला भञ्ज्याङ आदि यस क्षेत्रमा पर्ने मुख्य स्थानहरू हुन् । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ ।

गोसाई कुण्डको महत्व
रसुवाको गोसाइँकुण्ड नेपालको सुप्रसिद्ध तीर्थस्थल हो । अहिले त विदेशी र नेपालीको पनि गोसाइँकुण्ड पर्यटन केन्द्रको रुपमा विकसित बन्दै गएको छ । पृथ्वीनारायण शाहले नुवाकोटमा विजय पाएपछि उनले विजयलाई सुदृढ गर्ने उद्देस्यले गोसाइँकुण्डमा स्नान गरेका थिए । पौराणिक कथा अनुसार भगवान शंकरले कालकुट विष पान गरेपछि डाहले छटपटिएर हिमालय पर्वत खण्डमा प्रवेश गर्नु भयो । आपूmसँग भएको त्रिसूल जमिनमा घोपेर जलधारा निकाली कुण्ड बनेको ठाउँमा पल्टेर डाह शान्त पारेकाले तिर्थस्थल मानिएको हो । मल्ल राजाहरुको पालासम्म त राजगद्दीमा बसेको पहिलो वा दोस्रो वर्षमा अनिवार्य गोसाइँकुण्डमा स्नान गर्ने चलन नै थियो । त्यहाँबाट खसेको जलप्रवाहलाई त्रिसुली खोला भनिन्छ । जब त्रिशुली खोला तिब्बतबाट आएको भोटे खोलामा मिसिन्छ, त्यसपछि कालीगण्डकीमा नमिसिएसम्म त्रिशुलीका नामले चिनिन्छ । त्रिशुली र काीगण्डकीको संगम स्थल देवघाट नेपालको चर्चित तीर्थस्थल हो ।

कान्तिपुरको संस्कृतिकमा गोसाई कुण्डको ठूलो महत्व छ । यो कुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ । सम्भवतः अठारौं शताब्दीमा रचना गरिएको शिलु मे नामक गीति काब्य नेवारी संस्कृतिमा प्रचलित छ । रसुवाको आर्थिक तथा सांस्कृतिक सम्बन्ध उपत्यकासँग जोडिएको भए पनि उपत्यकामा नेवारहरुको बहुल्यता थियो भने रसुवामा तामाङको थियो ।

कान्तिपुरको अधिनमा कुती, केरुङ र खासा थियो । त्यसताका कान्तिपुरको मुद्रा तिब्बतभर चल्थ्यो भन्ने कुरा योगी नरहरिनाथद्वारा लिखित इतिहासमा सन्धीपत्र संग्रहमा उल्लेख छ । उक्त सन्धिपत्रमा वि.सं. १८३१ मा पृथ्वीनारायण शाहको निधन पछि आएका प्रतापसिंह शाहका पालामा तिब्बतसँग व्यापारका लागि वि.सं. १८३२ मा नेपाल–भोट सन्धि (धर्मपत्र) भएको थियो । शुद्ध चाँदीबाट मोहर नबनाए व्यापार नहुने कुरा र केरुङ र कुतीबाट मात्र व्यापार चलाउने कुरा पनि धर्मपत्रमा उल्लेख भएको छ ।

गोसाइँकुण्ड समुन्द्र सतहबाट करिब ४,३६० मिटरको उचाईंमा रहेको छ । उत्तर–दक्षिणमा अग्ला डाँडाहरु पूर्व–पश्चिम थोरै अग्ला भूभागले घेरिएको कुण्डस्थल रमणिय छ । त्यस इलाकामा १०८ कुण्ड छन् भनिन्छ । नेपालको रामसार क्षेत्रमा सूचीकृत १० सिमसार क्षेत्र अन्तर्गत पर्ने गोसाइँकुण्ड धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण ताल हो । त्यस्तै अन्य तालहरूमा पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दुधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू यस जिल्लामा पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन् । दशहरा र भाद्र पूर्णिमामा गोसाइँकुण्डमा ठूलो मेला लाग्ने गरेको छ । रसुवा जिल्लाको सदरमुकाम धुञ्चेको उचाइ भने १९५० मिटर छ । १६५६ मिटरको उचाइमा रहेको टिमुरेमा अहिलेभन्दा ५० वर्षअघि (सन् १९७०) मा लिइएको तापक्रम अनुसार सेप्टेम्बर (भदौ) अधिकतम २५.८ र न्यूनतम १६.४ रहेको थियो ।

नदीनाला
लाङटाङ हिमालको हिमनदीको पानीबाट सुरू हुने लाङटाङ खोला ठाउँठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरनाहुँदै भोटे खोलामा बिलिन हुन्छ । यस्तै भगवान महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महशुस भएपछि बेतको लठ्ठी सृष्टि भएको बेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला जिल्लाको दक्षिणपूर्वी भाग यार्सा र सरमथलीहुँदै बेत्रावतीमा मिसिन आइपुग्छ । यस्तै अन्य खोलाहरूमा लाङटाङ खोला, चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला, किम्ताङ खोला र अन्य स–साना खोलाहरू पनि असंख्य मात्रामा रहेका छन् ।

तातोपानीका मुल
रसुवाका विभिन्न स्थानमा जमिनबाट निश्केको तातो पानी पाइन्छ । त्यसमध्येको चिलिमेको तातो पानी प्रसिद्ध छ । चिलिमेको तातोपानीको मुहानबाट आएको पानीलाई कुण्ड बनाएर संरक्षण गरिएको छ । उक्त स्थानमा कात्तिक महीनाभर लाग्ने मेला तातोपानीको मुहान सुकेपछि भने मेला बन्द भएको छ । चिलिमेको गाउँमाथि पहाडको मध्ये भागमा रहेको उक्त तातोपानी विसं २०७२ को भूकम्पले हल्लाउँदा साविक स्थानमा सुकेर खोलाको तटीय क्षेत्रमा नयाँ मूल निस्केपछि संरक्षणको अभियान सञ्चालन गरिएको थियो । आमाछादिङ्मो गाउँपालिकाअन्तर्गत वडा नं ५ मा रहेको छ यो तातोपानी । स्याफ्रुबेँसी क्षेत्रमा रहेको तातोपानी भने सानो आकारको छ । ठूलोभार्खु पुछार भोटेकोशी नदी किनारमा पुरिएको तातोपानी रसुवा जिल्लामा भएका तातोपानीका स्रोतहरुमध्ये सबैभन्दा बढी प्रभावकारी मानिन्छ । तर अहिले बाडी र पहिरोले पुरिएको छ । तातोपानीले नुहाएमा बाथ, कुष्ठ रोग, चर्मरोग, पिनास, गानुगोलासमेत निको हुन्छ भन्ने विश्वास रहिआएको छ ।
(स्रोत: योगी नरहरिनाथद्वारा प्रकाशित इतिहास प्रकाशमा सन्धिपत्र संग्रह र चित्तररञ्जन नेपालीको नेपाल–चीन सीमा सन्धि) तरुण खबरमा पुनः प्रकाशित