तरुण खबर
७ कार्तिक २०७८, आईतवार ०९:०६
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२३, अक्टोबर) मा १३ लाख ६४ हजार ६८१ ज्नाको नमुना परीक्षण गर्दा १७ हजार ७१ ज्ना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २२, अक्टोबरमा १३ लाख २४ हजार २६३ जनाको नमुना परीक्षण गर्दा १६ हजार ३३१ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२३, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट ५५९ जनाको निधन भएको छ । २२, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट ६६६ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार कात्तिक ७ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख ७४ हजार ८४३ जना छन् । २०७८, कात्तिक ७ गते बिहानसम्ममा भारतले ५९ करोड ८४ लाख ३१ हजार १६२ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, कात्तिक ७ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३५ लाख ४० हजार ९५० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७९ हजार ५९२ जना छन् । पछिल्लो २४ घण्टा (शनिबार) मा १६ हजार ५०० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, कात्तिक ७ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५४ हजार ३०१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


