२००७ सालको जनक्रान्तिको जग

२००७ सालको जनक्रान्तिको जग परशु घिमिरे ७ कार्तिक २०७८, आईतवार ०९:०९
२००७ सालको जनक्रान्तिको जग

भारतमा महात्मा गान्धीको नेतृत्वमा सञ्चालित आन्दोलनको प्रभावमा तुल्सी मेहरले ई.सं.१९२६ देखि चर्खा प्रचारकको नाममा जनजागरण गराउन खोज्नु भएको थियो । तर तत्कालिन प्रधानमन्त्री भीम शंशेरले कैद गराएपछि चर्खा प्रचारको अभियान रोकिएको थियो । त्यसताका काठमाडौंका ४५–४६ जना युवाले पुस्तकालय खोल्न अनुमती मागेका थिए । अनुमती दिनु त कता हो कता, प्रत्येक व्यक्तिलाई सय–सय रुपैयाँ दण्ड गरियो । यस घटनाले पनि एक किसिमको जागरण ल्याएको थियो ।

यस सन्दर्भमा राणा शासनबाट देशलाई मुक्त पार्न ३८ सालको (१९३८) पर्वको उल्लेखनिय भूमिका छ । प्रधानमन्त्री रणोद्वीप सिंह र धीर शंशेरको जनवरी ६, १८८२ (वि.सं.१९३८) मा हत्या गर्ने योजना बनाएको अभियोगमा नरेन्द्र विक्रम शाहको नेतृत्वमा माथवर सिंह थापाका छोरा कर्नेल विक्रम सिंह थापा, सनक सिंह टण्डनका छोरा कर्नेल इन्द्र सिंह, धीरमान सिंह बस्नेत, कर्नेल चन्द्र सिंह पाण्डे, मेजर संग्राम बिष्ट, सुब्बा टंकनाथ र होमनाथमाथि अभियोग लगाइयो । कर्नेल उत्तरध्वज राजभण्डारीमार्फत धीर शंशेरले यो कुरा चाल पाएका थिए । ५४ जनामध्ये ४१ जनालाई निर्ममतापूर्वक काटियो । १० जना बाहुनहरुलाई टाउको मुडेर देश निकाला गरियो ।

र्इं. सं. १९१३ मा अंग्रेज मिसनलाई तिब्बत दख्खल गर्न जान दिने सन्दर्भमा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले सुब्बा देवीप्रसाद सापकोटालाई सन्धिपत्र लेख्न आदेश दिए । तर सुब्बा देवीप्रसादले फरक राय दिए । उनको राय थियो– ‘तिब्ब्तमा अंग्रेजहरुले अधिकार जमाए भने उनीहरुले सिधै व्यापार गर्ने छन्, नेपाल तिब्बत व्यापार सुक्नेछ, त्यसैले यो आत्माघाती काम नगरौं ।’ यो राय दिएकै कारण सुब्बा देवीप्रसाद सापकोटालाई सर्वश्वहरण सहित देश निकाला गरियो । देश निकाला गरिएका देवीप्रसाद सापकोटले भारतको काशीबाट गोर्खाली साप्ताहिक निकालेर नेपालमा प्रजातन्त्रको वातावरण निर्माण सुरु गरे । उनले प्रकाशित गर्ने गरेको गोर्खाली साप्ताहिक लुकीछिपी काठमाडौंसम्म ल्याएर पढ्न थालियो । काभ्रे, कुशादेवीका सापकोटाको प्रजातन्त्र स्थापनामा ठूलो योगदान छ । उनैको नेतृत्वमा २००३ सालमा अखिल भारतीय राष्ट्रिय कांग्रेसको स्थापना भयो । त्यो नै नेपाली कांग्रेस स्थापनाको प्रारम्भ थियो । देवीप्रसाद सापकोटाबारे विस्तारमा हरि मञ्जुश्रीले लेख्नु भएको अनुसन्धानात्मक लेख यसअघि नै तरुण प्रकाशन प्रालिद्धारा नेपाली कांग्रेसको १३औं महाधिबशेन विशेषमा प्रकशित भैसकेको छ ।

‘राजा पृथ्वीनारायण शाहले एउटा राष्ट्रको भौगोलिक आकार र आवरण खडा गरेका थिए । त्यसलाई २००७ सालको क्रान्तिले राष्ट्रियतारूपी प्राण भर्ने काम ग-यो । बीपीका अनुसार २००७ सालको क्रान्ति नै यस्तो पहिलो घटना हो, जसले मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका सबै क्षेत्र, जाति, भाषा र संस्कृतिका मानिसलाई एउटै उद्देश्य प्राप्तिका लागि सामूहिक प्रयत्नमा उतारेको थियो ।

हुन त वि.सं. १९५० माधवराज जोशीले स्थापना गरेको आर्य समाजका उत्साही युवाहरुले १९९२ मा स्थापना गरेको महावीर स्कूलको पनि जन चेतना जगाउन महत्वपूर्ण योगदान छ । प्रजातन्त्र स्थापना गर्ने स्पष्ट उद्देश्य राखेर वि.सं.१९८८ मा प्रचण्ड गोरखा नामक संस्था खोलियो । योजनाकारमध्ये खड्गमान सिंह, अंगमान सिंह, मैनाबहादुर र रंगनाथ शर्मालाई आजिवन कारावासको सजाय दिइयो । १९९३ साल जेठ २२ गते प्रजा परिषदको कार्यालय काठमाडौंको झोछें टोलमा राखियो र १९९४ मा नेपाली नागरिक अधिकार समितिको कार्यालय असनमा भूमिगत रुपमै स्थापना गरियो । १९९७ साल असारदेखि राणा शासन विरुद्ध व्यापक पर्चा छरियो । कत्तिक २ गतेबाट संलग्न व्यक्तिहरुलाई धर पकड गर्न थालियो । त्यसमा संलग्न व्यक्तिहरुमाथि चलेको मुद्दामा १९९७ जनवरी १९ मा फैसला सुनाइयो । जसअनुसार शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाललाई ज्यान सजाय भयो । अरु आठ जनालाई जन्म कैद सुनाइयो । त्यस सन्दर्भमा पक्राउ परेका बलबहादुर पाण्डे जेलमै मर्नु भयो ।

गणेशमान सिंह विवहा र गिरप्तारी
प्रजापरिषदको सदस्यता लिएको दुई हप्तापछि अर्थात् वि.सं. १९९७ असारमा नै गण्ेशमान सिंहको मंगलादेवीसँग विवाह भयो । यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए । तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर) मा भएको थियो । गणेशमान सिंहलाई तत्कालीन राणा सरकारले सर्वश्वहरणसहित आजीवन कारावासको दण्ड दिएको थियो । उहाँसँगै जेल पर्नुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो । जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन । र, २००१ साल वैशाख (सन् १९४४) को एक रात भद्रगोल जेलको पर्खाल नाधेर उहाँ कैदमुक्त हुनु भयो । जेलबाट भागेपछि उहाँ कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएका नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो । यसक्रममा उहाँको कोलकातामा बी.पी. कोइरालासँग २००१ सालमा सम्पर्क भयो । विश्वेश्वर कोइरालासँग मिलेर उहाँले २००३ साल माघ १२ गते (सन् १९४६ अक्टोबर ३१ म) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नु भयो, २००६ चैत २७, २८ र २९ गतेभएको चौथो महाधिवेसनले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नु भयो, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अप्रिल) मा नेपाली काँग्रेस मातृकाप्रसाद कोइरालालाई सभपति र सुवर्ण शंशेर राणालाई कोषाध्यक्ष बनाएको थियो ।

विश्वेश्वर कोइराला, गणेशमा सिंह, सूर्यप्रसाद उपाध्याय, महावीरशंशेर राणा, रुद्रप्रसाद गिरी, दयाशंकर मुन्सी र कुँवर कल्लो सिंह त्यो कार्यसमितिमा हुनुहुन्थ्यो । यी नेताहरु नै नेपाली काँग्रेसको संस्थापक नेता बन्नु भयो । र, नेपाली काँग्रेसको नेतृत्वमा २००७ सालको क्रान्ति भयो । २००७ सालको क्रान्तिले नै परिवर्तनको पहिलोपल्ट आधुनिक नेपालको ढोका खोलेको हो । ००७ साल क्रान्तिले जेजति उपलब्धि दिनसक्यो, तुलनात्मक रूपमा त्यसपछिका आन्दोलन वा क्रान्तिको उपलब्धि त्यसैका उपज हुन् भन्न सकिन्छ । त्यसपछि भएका परिवर्तनको जग २००७ सालको क्रान्ति नै हो । बीपी कोइरालाले भनेका छन्, ‘राजा पृथ्वीनारायण शाहले एउटा राष्ट्रको भौगोलिक आकार र आवरण खडा गरेका थिए । त्यसलाई २००७ सालको क्रान्तिले राष्ट्रियतारूपी प्राण भर्ने काम ग¥यो ।’ बीपीका अनुसार २००७ सालको क्रान्ति नै यस्तो पहिलो घटना हो, जसले मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका सबै क्षेत्र, जाति, भाषा र संस्कृतिका मानिसलाई एउटै उद्देश्य प्राप्तिका लागि सामूहिक प्रयत्नमा उतारेको थियो । राजा त्रिभुवनले भारतमा शरण लिन नगएका भए पनि राणाहरुको हुकुमी शासनको अन्त्य हुन केही समय बढी लागे पनि त्यसबेलाको विश्व परिस्थिति र भूखण्डमा आएको स्वतन्त्रताको लहरबाट नेपाल अलग रहन सक्ने अबस्था थिएन । एक–दुई वर्षको मात्रै ढिलो चाँडो हो राणा शासन जाने त अपरिहार्य नै थियो ।

२००७ साल फागुन ७ गतेपछि महाराज मोहनशमशेर जङ्गबहादुर राणाको नेतृत्वमा सरकार गठन गरियो, जसमा विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री बन्नु भयो । मोहनशंशेरलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री जिम्मेवारी दिइएको थियो । बबरशमशेर जङ्गबहादुर राणा रक्षामन्त्री, सुवर्णशमशेर राणा अर्थमन्त्री, चुडाराजशमशेर वन–विभाग मन्त्री, गणेशमान सिंह उद्योग–वाणिज्य मन्त्री, नृपजङ्ग राणा शिक्षामन्त्री, भद्रकाली मिश्र यातायातमन्त्री, यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त शासनमन्त्री, दाङका भरतमणि शर्मा खाद्य र कृषिमन्त्रीसमेत सम्मिलित एक मन्त्रिमण्डल गठन गरिएको थियो ।
(विभिन्न स्रोतबाट संकलित)