भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार ७४३ बढी

भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार ७४३ बढी तरुण खबर ८ कार्तिक २०७८, सोमबार ११:४९
भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार ७४३ बढी

काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२४, अक्टोबर) मा १३ लाख ४० हजार १५८ जनाको नमुना परीक्षण गर्दा १४ हजार ६४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

२३, अक्टोबरमा १३ लाख ६४ हजार ६८१ जनाको नमुना परीक्षण गर्दा १७ हजार ७१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२४, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट ४४२ जनाको निधन भएको छ । २३, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट ५५९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार कात्तिक ८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख ८९ हजार ४८४ जना छन् । २०७८, कात्तिक ८ गते बिहानसम्ममा भारतले ५९ करोड ९७ लाख ७१ हजार ३२० जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, कात्तिक ८ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३५ लाख ५९ हजार ६४९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७५ हजार ९२ जना छन् । पछिल्लो २४ घण्टा (आइतबार) मा १८ हजार ६९९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, कात्तिक ८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५४ हजार ७४३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।