तरुण खबर
९ कार्तिक २०७८, मंगलवार ०९:४६
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश सेयरधनीले प्राप्त गरेका छन् । हाल चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको बैंकको १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।


