बाग्मती प्रदेशमा आज विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै

बाग्मती प्रदेशमा आज विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै तरुण खबर १० कार्तिक २०७८, बुधबार १०:०६
बाग्मती प्रदेशमा आज विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजेका लागि बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ । गत बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माथि छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो । बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम रहेका छन् । बहुमतका लागि ५५ सदस्य चाहिन्छ । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।