भक्तपुरको कला: कलाको अद्भूत नमुना

भक्तपुरको कला: कलाको अद्भूत नमुना परशु घिमिरे २२ कार्तिक २०७८, सोमबार ०९:३१
भक्तपुरको कला: कलाको अद्भूत नमुना

भक्तपुर जिल्ला नै कलाको मन्दिर हो । भादगाउँ नामले प्रसिद्धि पाएको शहर अहिले त भक्तपुर जिल्ला नै शहरले भरिभराउँ छ । देशको राजधानी काठमाडौबाट १२.८ किलोमिट पूर्वमा पर्दछ यो शहर । शहर दक्षिणमा हनुमन्ते र उत्तरमा खसाङखुसुङ खोलाको बीचको टारमा बसेको छ यो शहर । शहर समुन्द्री सतहबाट करीब १,३३१ मिटर अर्थात ४,३६८ फीटको उचाइ रहेको छ । शहरका मठ–मन्दिर, ठूला–साना देवलहरु, दरबारका भागहरु र चोकहरु कलाका दृष्टिले अब्बल मानिन्छन् । सिंह–ढोका, चित्र संग्राहलय, स्वर्णद्वार, भूपतिन्द्र मल्लको सालिक, ठूलो घण्टा, कलाकृतिले भरिपूर्ण पचपन्न भ्mयाल भएको दरबार आदि उल्लेखनीय छन् । पचपन्न भ्mयाल भएको दरबार ई. सन् १४२७ मा राजा यक्ष मल्लले बनाएका थिए । दरबारको १७औं शताब्दीमा राजा भूपतीन्द्र मल्लले जीर्णोद्वार गरेका हुन् । आजकल यसले अन्तर्राष्ट्रिय ख्याती कमाएको छ ।

काठमाडौं उपत्यकाको सबैभन्द अग्लो न्यातपोल देवल, भैरवनाथ मन्दिर, दत्तात्रय मन्दिर, नवदुर्गा मन्दिर, भादगाउँको पशुपतिनाथ, सिद्धिपोखरी विश्व प्रसिद्ध छन् । भक्तपुरको टौमढी टोलमा रहेको यो देवल राजा भूपतीन्द्र मल्लको कठिन मेहनतको प्रतिफल हो । उनले वि.सं. १७६५ (ई.१७०८) निर्माण गरेका हुन् । भैरवको ज्यादै उग्र स्वभाव भएको हुँदा उक्त भैरवलाई संयममा राख्न भैरवले पनि मान्नु पर्ने देवता स्थापना गर्नाको निमित्त यो मन्दिर बनाइएको हो भनिन्छ । भैरवनाथ मन्दिर राजा जगतज्योति मल्लको पालामा बनाइएको हो । न्यातपोल देवल सिद्धिएको १० वर्षपछि अर्थात वि.सं.१७७५ मा नयाँ रुप दिई एक तल्लाबाट तीन तल्ला बनाइएको हो । भैरवको मूर्तिलाई हिन्दु तथा बौद्ध मार्गीहरु दुबैले सम्मानपूर्व पूजाआजा गर्ने गर्छन् । त्यस्तै दत्तात्रय मन्दिर पनि एउटै रुखको काष्ठमण्डप जस्तै काठबाट बनेको मन्दिर हो । यो मन्दिर राजा यक्ष मल्लले ई. १४२७ मा बनाएका हुन् । मयूरपंखी भ्mयाल तथा कलाकृतिले सजाइएको यो मठ राजा विश्व मल्लको पालामा ई. १४२७ मा पुजारी बस्न बनाइएको हो । शहरको उत्तर कुनामा बनाइएको नवदुर्गा मन्दिरमा दुर्गाको मूर्ति (भगवती अबतार) राखिएको छ । शहरभरीमा देवीको एउटै मन्दिर भएकाले भादगाउँको मात्र होइन शहर बाहिरका मन्छेहरु पूजाआजाका लागि आउँथें ।

भक्तपुर शहर रहेको सिद्धपोखरी निर्माताबारे विवाद रहेको बताइन्छ । कसैले अरिमल्ल देवले ई.१२१६ मा बनाएको भनेका छन् भने कसैले राजा यक्ष मल्लले ई.१४२७ मा बनाएका हुन् भनेका छन् । जसले बनाएको भए पनि यो पोखरी करीब ५५० वर्षभन्दा पुरानो हो ।

भादगाउँको पशुपतिनाथ मन्दिर भूपतीन्द्र मल्लका पिता राजा सुमती जयजितामित्र मल्लले वि.सं.१७४९ मा बनाएका हुन् । त्यस्तै शहरमा पानीको आपूर्ति गर्न उतिबेदा साना–ठूला अनेकौं पोखरीहरु बनाइएका थिए । सिद्धपोखरी त्यसैको रुप हो । यो ऐतिहासिक पोखरी शहरको शहरको पश्चिम छेउमा छ । सिद्धपोखरी निर्माताबारे विवाद रहेको बताइन्छ । कसैले अरिमल्ल देवले ई.१२१६ मा बनाएको भनेका छन् भने कसैले राजा यक्ष मल्लले ई.१४२७ मा बनाएका हुन् भनेका छन् । जसले बनाएको भए पनि यो पोखरी करीब ५५० वर्षभन्दा पुरानो हो ।

मञ्जु देवाचार्य र उपत्यकाको बसोबास
प्राचिन ज्ञानको खानी मानिने स्वयम्भू महापुराणका अनुसार मञ्जु देवाचार्य (महामञ्जुश्री) दुई पत्नी केशनी र उपकेशनीसहित उपत्यकामा प्रवेश गरेका थिए । उपत्यका पानी (नागवास दह) ले भरिपूर्ण थियो । उनैले यो क्षेत्रमा आएर वृहत उपत्यकाको परिकल्पना गरेका हुन् । चन्द्रहास नामक औजार (खड्ग पनि भनिएको छ) भिरालोपनको समेत जाँच गर्दै हालको फर्पिङ नजिक रहेको कापोतल पर्वतसम्म पुगेको र पानी निकासको पहिलो विन्दुका रुपमा त्यहीँबाट काम शुरु गरिएको थियो । त्यसपछि खुप्रिङ (भादगाउँ) मा छिटफुट बसोबास बसेको हो । खुप्रिङ (खोप्रिङ) शब्दबाट ख्वपु र खोप हुन आएको कुरा ऐतिहासिक दृष्टिकोणबाट प्रमाणित भैसकेको कुरा २०३० सालमा प्रकाशित इतिहासकार धनव्रज वज्राचार्यद्वारा लिखित पुस्तक लिच्छविकालका अभिलेख, नेपाल र एशियाली अध्ययन संस्थाको पृष्ठ ५० र ५१ मा उल्लेख छ । यस सन्दर्भमा अलग्गै चर्चा गरिने छ ।

चाँगुनारायण मन्दिर, कलाको उत्तम नमुना
यहाँ भक्तपुर शहरबाट ठीक सीधा उत्तरतिर करीब ४.८ किलोमिटर टाढा दोलागिरी डाँडाको टुप्पामा चाँगुनारायणको मन्दिर छ । यो ऐतिहासिक ठाउँ हो, जुनस्थानको उचाइ करीब १,५३९ मिटर अर्थात ५ हजार ५० फीट छ । चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई रहेको छ, कसैकसैले राजा मानदेवले बनाएको भनेका छन् । तर उनले गरुणको कलात्मक मूर्ति मात्र बनाएका हुन् । यो भक्तपुर जिल्लाभरिकै सबैभन्दा पुरानो लिच्छविकालीन कृति भनेर मानिन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ । चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ ।

काठमाडौं उपत्यकाको सबैभन्द अग्लो न्यातपोल देवल, भैरवनाथ मन्दिर, दत्तात्रय मन्दिर, नवदुर्गा मन्दिर, भादगाउँको पशुपतिनाथ, सिद्धिपोखरी विश्व प्रसिद्ध छन् । भक्तपुरको टौमढी टोलमा रहेको यो देवल राजा भूपतीन्द्र मल्लको कठिन मेहनतको प्रतिफल हो । उनले वि.सं. १७६५ (ई.१७०८) निर्माण गरेका हुन् ।

चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । परापूर्वकालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन । लिच्छवि कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो भनिन्छ । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा ’चाँप’लाई ’च’ र ’वन’लाई ’गुँ’ भनिन्छ । त्यही चँगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो पनि भनिन्छ । संस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ । चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेको कुरा माथि नै उल्लेख गरिएको छ । लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराई अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको छ भने मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छ । दुवै तलामा मझौला आकारका झ्यालहरू रहेका छन् । माथिल्लो तहमा रुख–लहरा, बिचमा मुख्य देवता अर्थात मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू छन् । तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् । तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरू रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ–बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरू पनि खुला गरिन्छ । ढोकाका दायाँ–बायाँ गंगा, यमुना तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन् । ढोकाहरूको माथि धातुवाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरू कुँदिएका छन् । यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ ।

काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग–तेलकोट डाँडा–चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ ।