खास्ति स्तुपाको निर्माण सम्बन्धि एउटा रोचक कथा

खास्ति स्तुपाको निर्माण सम्बन्धि एउटा रोचक कथा तरुण संवाददाता २४ कार्तिक २०७८, बुधबार १०:१६
खास्ति स्तुपाको निर्माण सम्बन्धि एउटा रोचक कथा

काठमाडौं । नेपालको इतिहांसमा हालको नारायणहिति दरवार क्षेत्रमा बिक्रमादित्यको दरवार थियो भनिन्छ । तत्कालिन राजा बिक्रमादित्यको आदेशमा ढुङ्गे धाराको निर्माण गरिएको थियो । तर त्यस धारामा पानी नाआउँदा तत्कालीन राज्यको शासकले ज्योतिषीहरुसँग समाधानको उपाय मागे । तत्कालीन समयमा प्रचलन अन्धविश्वासका कारण ज्योतिषीहरूको भनाईमा राजा हिँडे । किंवंदन्ति अनुसार राज्यको ज्योतिषीहरुसँग समाधानको उपाय सोध्दा बत्तिस लक्षणले युक्त व्यक्तिलाई नरवली दियो भने धाराबाट पानी आउनेछ भनी भविष्यवाणी गरियो । तात्कालिन समयमा राज्यमा ती कथित बत्तिस लक्षणले युक्त व्यक्तिको मात्र ध्यान राख्नेमा राजा आफै र युवराज दुई जना थिए । राजाले आफ्नो वृद्ध अवस्थालाइ ध्यानमा राखी छोराको बलि दिनुको साटो बरु आफै बलि दिन्छु भनी निर्णय गरी छोरालाई मिलाएर आदेश दिए । उनले आफ्नो छोरालाई यसरी भने कि भोली बिहानै झिस्मिसेमा नव निर्मित धारातिर शिर गरी सेतो कपडाले छोपिएको मानिस सुति राख्ने छ । तिमी कपडा निकालेर नहेर । आफ्नो तर्बारबाट उसको शिर छेदन गरि बलि दिनु राजाले भने ।

यसै गरी भोली पल्ट बिहानै युवराजले राजाको आदेश अनुसार बिहानै नरबली दिए । ऐतिहासिक लेखहरूका मिथ्या अनुसार तत्काल धाराबाट रगतसँगै पानी पनि निस्कन थाल्यो । तर धारा बाङ्गिएर आयो । के भयो भनी हेर्दा बलि आफ्नै बुबाको थियो । दन्त्य कथाका अनुसार शिर उदेर गरेर सक्व (साँखु) को बज्रयोगिनिमा पुग्यो भनेर भनिन्छ । हाल जुन बज्रयोगिनीमा बिक्रमादित्यको टाउकोको प्रतिमा रहेको छ । आफ्नै पिताको हत्या गरेँ भनेर आफ्नो पाप मोचनका लागि युवराजले बाज्रयोगिनीबाट कुखुरा उडाउने र जहाँ त्यस कुखुराले पाइला टेक्छ त्यँही ठूलो चैत्य बनाउने निधो गरे ।

यसै गरि युवराजले कुखुरा उडाए र त्यो कुखुरा हालको खास्ति चैत्य (बौद्ध) भएको ठाउँमा रोकिन आयो । अनि त्यहाँ ठूलो चैत्य बनाउने कार्य सुरु भयो । त्यही समयमा वर्षात नभएर पानीको हाहाकर भयो । अनि पानी संकलनका लागि जमिनमा धेरै कपडाहरु बिछ्याइयो र बिहानको सित निचारी पानीको अभाव टार्दै चैत्य निर्माण कार्य सुरु भयो । यसरी शीत जसलाई नेपाल भाषामा खसु भनिन्छ । थोपालाई “ति”। यसैबाट सो स्तुपाको नाम “खसु ति”रहन गएको हो । सय परिवर्तन सँगैको भाषा उद्विकासबाट “खसोचैन” भयो । “खसोचैन” शब्दकै अपभ्रंसका रूपमा “खास्ति” शब्दको उत्पत्ति भएको हो । आज भन्दा केही दशक अगाडीसम्म यो ठाउँलाई त्यहाँका बासिन्दाहरूले “खास्ति” नै भन्ने गर्थे । तर हाल नेवार जातीले मात्र “खास्ति” भन्ने गरेका छन् । जब नेपाल हिन्दु अधिराज्य घोषित भयो, संवैधानिक रूपमा तब यसमा सरकारको तर्फबाट हिन्दुकरण गर्न वा हिन्दुत्वमा बदल्न “बौदनाथ”(बौद्ध धर्मको नाथ) भनी नामाकरण गरिएको पाइन्छ । जबकि चैत्य भनेको बौद्ध धर्मको स्थल हो । यस धर्ममा कुनै “नाथ” सम्प्रदायको परिचय छैन ।

राजाले आफ्नो वृद्ध अवस्थालाइ ध्यानमा राखी छोराको बलि दिनुको साटो बरु आफै वली दिन्छु भनी निर्णय गरी छोरालाई मिलाएर आदेश दिए । उनले आफ्नो छोरालाई यसरी भने कि भोली बिहानै झिस्मिसेमा नव निर्मित ढुंगे धारातिर शिर गरी सेतो कपडाले छोपिएको मानिस सुति राखेको हुनेछ । तिमीले त्यो कपडा निकालेर नहेर्नु र आफ्नो तरबारबाट उसको शिर छेदन गरि वली दिनु राजाले भनेका थिए ।

खास्ति चैत्यलाई कुनै ज्याझिमा नाम गरेको तिब्बती आइमाइले बनाएको भनेर गुरु पद्म संभबको ग्रन्थमा उल्लेख छ । वृषदेव, लिच्छवि राजा मानदेवसँग पनि इतिहास जोडिएको भनेर त्यहाँको पर्चामा लेखिएको छ । जसरी खास्ति चैत्यलाई जसरी “बौद्धनाथ” भनी हिन्दुकरण गर्न खोजिएको हो, त्यसै गरी झ्यारुङ खास्योर भनेर तिब्बतीकरण गर्न खोजिएको छ । तिब्बती कथन अनुसार झ्यंजिमा यानेकी स्वर्गको फूल चोरी टिपेको र पाप गरेको, अनि पाप मोचन गर्न अप्सरा मानव योनीमा जन्मिएको तथा आफ्नो पशुपालन व्यवसायबाट चलाखी रुपमा तात्काकिन राजालाइ स्तुपा बनाउने जग्गा दिएको भनेर मिथ्या कथा प्रस्तुत गर्ने गरेका छन् । त्यसै गरी तिब्बती शरणार्थीहरू भेडाको छालालाइ मसिनो गरि काटेर त्यत्रै क्षेत्रफल ओगटी स्तुपा बनेको थियो भन्ने भनाई पनि छ । के यसलाई पुष्टी गर्ने केही प्रमाण छ त ? त्यसै गरी नेपालीहरुको स्तुपा बनाउने प्रचलन र तिब्बती प्रचलनको स्तुपार चैत्य बनाउने प्रचलन ढाँचा ब्यग्लै छ ।

खास्ति चैत्यमा तिब्बती शरणार्थीहरूको आगमन अगाडी कुनै तिब्बती गुम्बाको अस्तित्व रहेको छैन । अहिले रञ्जना लिपिका अभिलेखहरू छोपिएका छन् । यहाँका तस्वीरहरूले पनि तिब्बतीहरूलाई सङ्केत गर्दैन । यो प्रमाणभन्दा पनि प्रभुत्वको खेल हो । तर अबको केही दशकमा झ्यांजिमाको कथा स्वीकार्नु पर्ने बाध्यता हुन्छ, किनकि खास्ति लगायत उपत्यकाका विभिन्न चैत्यहरूको संरक्षकका रूपमा वा विकास कर्ता र निर्माण गर्ने व्यक्तिहरू तिब्बती नै भैसकेका छन् । यसरी रञ्जना लिपि, प्रचलित लिपि इत्यादि नेपाल लिपिमा कोरिएको चैत्यहरूमा तिब्बती लिपिको प्रयोग हुँदै आएको छ । नेवारहरुले बौद्ध धर्मलाई तिब्बती बौद्ध धर्मले चैत्यहरूमा विस्थापन गरिआएको देख्न नसकिने होइन ।

तिब्बती शरणार्थीहरूमध्ये केहीले नेपाली नागरिकता पाइसकेका छन् । अब “तिब्बती” हुनु पनि नेपालको एउटा जाती मध्ये पर्छ । यो मुद्दालाई तिब्बती र नेपालीबीचको द्वन्द्वका रूपमा लिनु हुँदैन । तर वास्तवमा तिब्बती गुम्बाहरूले आर्थिक सहयोग पाउनाले ठाउँ ठाउँमा मौलाएको र उनीहरूसँग सांस्कृतिक निकटता भएकाले हिमाली जातीहरू पनि तानिएको अवस्था छ । इतिहास र सम्पदाको वास्तविकतालाई फेरबदल गर्नु नेपालको राष्ट्रिय गौरव माथी प्रश्न चिन्ह लाग्नु हो । जुन सुकै जातीका नेपाली नागरिक भएपनी खास्ति चैत्यको वास्तविक कथा भने विदेशीकरण हुनु दिनु हुँदैन । त्यसै गरी युद्धका बेला आपत परी नेपाल शरण लिएका तिब्बतीहरूले नेपाली नागरिकता प्राप्त गरेपश्चात आफूलाई यस देशकै नागरिक सरह हेरेर नेपालको सम्पदालाई आफ्नै माने भने यस्ता समस्याहरू उत्पन्न हुँदैन भन्न सकिन्छ । यस विषयका बारे व्यापक छलफल हुन अत्यावश्यक छ । किनभने विश्व सम्पदामा सूची क्षेत्रको अपव्याख्या हुनु सही कुरा होइन । यसले विश्व समाजमा खास्ति चैत्य बारे भ्रम फैलाउने कार्य भैरहेको छ ।