रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना

रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना तरुण खबर २७ कार्तिक २०७८, शनिबार १७:३५
रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना

कामठाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष प्रचण्डलाई स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना भएका छन् । अहिले प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

‘कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो’ उनले फेसबुकमार्फत जानकारी दिँदै भनेकी छन्, ‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ ।’