रसुवागढीको इतिहास र एमसीसी प्रकरणले त्राहीमाम छ रसुवागढी

रसुवागढीको इतिहास र एमसीसी प्रकरणले त्राहीमाम छ रसुवागढी परशु घिमिरे ३ मंसिर २०७८, शुक्रबार ०९:१७
रसुवागढीको इतिहास र एमसीसी प्रकरणले त्राहीमाम छ रसुवागढी

रसुवागढी नेपाल–चीन सीमानामा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पर्दछ । यो डेढ शताब्दी पुरानो ऐतिहासिक गढी हो । नेपाल र तिब्बतको व्यापार भएको बेला काठमाडौं उपत्यका तिब्बतको केरूङ प्रदेशबीच हुने व्यापार यही जिल्लाको बाटोबाट हुन्थ्यो । प्रचीन कालदेखि व्यापार विस्तारको क्रममा रहेको यसको महत्वपूर्ण भौगोलिक स्थितिले उपत्यकावासीको जीवनमा गहिरो धार्मिक महत्व ओगटेको छ । ठूलो श्रद्धा र भक्तिका साथ गोसाइँकुण्ड जस्ता तीर्थ, (जसलाई स्थानीय भाषामा शिलु भन्ने गरिन्छ ।) मा मेला भर्न जाने गरिन्छ । यहाँ अधिकांश तामाङ जातिका मानिसहरु छन् । यो जिल्लाको कुल क्षेत्रफल १,२६५ वर्ग किलोमिटर छ । २०२८ सालमा लिइएको जनगणना अनुसार रसुवा जिल्लाको जनसंख्या १७,५१७ मात्र थियो भने २०६८ को जनगणना अनुसार ४३,३०० मात्र छ ।

अहिलेको यथार्थ कुरा
यता एमसीसी अर्थात मिलेनीयम च्यालेन्ज प्रकरणले चीनसँग सीमा जोडिएका जिल्लाहरुमा आतंक मच्चिएको छ । केही दिनअघि म रसुवा जिल्ला भ्रमणमा गएको थिएँ । खासगरी रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न क्षेत्रको भ्रमणमा गएको थिएँ । विद्युत् प्रसारण लाइनको निर्माण र सडक मर्मतमा खर्च हुनेगरी अमेरिकाले उपलब्ध गराउन लागेको ६० अर्ब रुपैयाँ नेपाललाई कुनै पनि देशले हालसम्म उपलब्ध गराउन प्रतिबद्धता जनाएको सबैभन्दा ठूलो वैदेशिक अनुदान हो । सन् २०२० को जनवरीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन अन्तर्राष्ट्रिय सहकार्य अन्तर्गतको आर्थिक सहयोगको पक्षमा रहेको बताउँदै एमसीसीको संसदीय अनुमोदन भएको आफूहरूले हेर्न चाहेको बताएकी थिइन् । तर त्यसपछि मे २०२० मा दक्षिण र मध्य एशिया हेर्ने उपमन्त्री एलिस जी वेल्सले नेपाल सार्वभौम देश भएकाले उसले चीनको निर्देशन नमान्ने र आफ्नो आर्थिक विकासको पक्षमा एमसीसी अनुमोदन गरेर निर्णय लिने धारणा राखेकी थिइन् । रसुवा जिल्लाको घट्टेखोला, टिम्बुरे र स्याप्रुवेशीका जनता आक्रोशित भएका छन् । उनीहरुले भनेका छन्– एमसीसी पास भयो भने चिनियाँ सरकारले सधैका लागि सीमा नाका बन्द गर्छ ।

रसुवा जिल्लाको घट्टेखोलामा होटल खोलेर बसेकी एक महिलाले भनेकी छिन्– मैले पाँच करोडको लागतमा होटल बनाएकोमा लकडाउन अगाडी होटलमा एक वर्ष मज्जाले होटल चलेको थियो । त्यसपछि लकडाउन शुरु भयो । अहिले व्याजसम्म तिर्न सकिएको छैन ।

रसुवा जिल्लाको घट्टेखोलामा होटल खोलेर बसेकी एक महिलाले भनेकी छिन्– मैले पाँच करोडको लागतमा होटल बनाएकोमा लकडाउन अगाडी होटलमा एक वर्ष मज्जाले होटल चलेको थियो । त्यसपछि लकडाउन भयो । अहिले व्याजसम्म तिर्न सकिएको छैन । सावाँको कुरा त परै जावस् । एमसीसी पास भए चीनले सधैका लागि नाका बन्दी हुन्छ भन्ने हल्ला छ ती महिलाले भनिन् । यो समस्य अन्य चीनसँग सीमा जोडिएका जिल्लाको पनि समस्य हो । त्यसैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफूले चाहेका विराज बखतीलाई काजी बनाएनन् । बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र त्यसैबैला शुरु गरिसकेका थिए । यसर्थ, एमसीसी जतिसुकै राम्रो होस्, बहुमत जनताको कुरा सुन्न सरकार तयार हुनै पर्छ ।

इतिहासमा रसुवा गढी
त्यस्तै, वि.सं. १८४९ मा चिनियाँ फौजको तीनतर्फ रहेको वनका रुखहरुमा राँकोहरु बाधी, गाई वस्तुहरुको सिङमा पनि बल्दो राँकोहरु बाँधी प्रदर्शन गर्दा चिनियाँहरु आपूmलाई अनगिन्ति फौजले घेरिएको ठानी भागे । त्यपछि वर्तमान रसुवा गढीसम्म नेपालको सीमाना हुने गरी नेपाल र चीनको बीच सन्धि भएको थियो । यस सन्धि पछि नेपालले कति र केरुङ माथि आप्mनो प्रभुत्व गुमायो भनी चित्तरञ्जन नेपालीले २०२९ सालमा प्रकाशित नेपाल चीन सीमा सन्धिमा लेखेका छन् । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरूहुने दोभानमा रसुवागढी निर्माण भएको छ । बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनिया फौजले नेपालीहरूलाई हराउँदै बेत्रावतीसम्म पुगेका थिए । पछि जंगबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए । बिसं १९१२ सालमा यस गढीको निर्माण भएको थियो । यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो । रसुवा गढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्दछ । यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युध्द जितेका थिए ।

प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो। लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन् । मल्लकालमा पनि रसुवागढी नाकावाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो भनिन्छ ।

भृकुटी र सङचङ गम्पो रसुवागढी नाका हुँदै घरमाइती गर्ने गर्थें
प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो। लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन् । मल्लकालमा पनि रसुवागढी नाकावाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो भनिन्छ । मध्यकालको उत्तरार्ध्दसम्म पनि यो ठाउँ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रूपमा परिचित रहेको देखिन्छ । बहादुर शाहको नायबीकालमा भएको नेपाल–भोट युध्दमा भोटको सहायताको लागि यहि बाटो हुदै आएका चिनियाँ सेना नेपाललाई हराउँदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ । चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन यो गढी । ठूलाठूला ढुंगा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाई लडेका थिए ।

नेपाल तिव्वतबीच सदियौंदेखि व्यापारिक र साँस्कृतिक सम्वन्ध रही आएको छ । सङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीलाई विवाह गरेपछि यस्तो सम्बन्ध रही आएको हो । तर बेला बेलामा नेपाल र तिव्वतबीच चिसोपन आई रह्यो । चिसोपनकै परिणाम नेपाल र तिव्वतबीच पटक–पटक डरलाग्दा युद्धहरू भएका थिए । त्यसवेला नेपाली फौजले हिमाली भञ्ज्याङहरू नाघी तिव्वतको सिगात्से र डिगर्चासम्म पाइला हालेका थिए । सोही क्रममा सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवा गढी बनेको हो । युद्धले थिलथिलो भएपछि जय प्रकाश मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्रा चलाएपछि त्यसले विवाद मच्चिएको थियो । यस विवाद पछि नेपाल र तिव्वतबीच युद्ध भई सन्धि समेत भईसकेको थियो । तर पछि स्याहमर्पा लामा सिक्किमको बाटो हुँदै राजनितिक शरणार्थीका रूपमा नेपाल पसेपछि फेरि तिब्बतले नेपालसँग निहु खोज्यो । पञ्चेन लामाको हरहिसाव खोजेपछि स्याहमर्पा आपूmसँग भएको धनसम्पत्ति अनुयायी र केही पचिर सहित नेपाल आउँदा नायव बहादुर शाहले उनलाई राजनितिक शरणार्थीका रूपमा स्वीकारी १८४४ को असार ५ मा लिन रणजित पाण्डेलाई खटाएका थिए ।

र, बहादुर शाहको विजय
बहादुर शाहले तिब्बतसँग बदला लिने उपयुक्त मौका यसैलाई ठाने । उनी चाहन्थे सिक्किमतिरको बाटो वन्द गराएर कुती र केरुङको बाटो खुलाओस् । यस बारे वारम्वार पत्राचार भए पनि तिव्वतले यस प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो । स्याहमर्पा लामा प्रकरणपछि तिव्वतमा नेपाली व्यापारीहरू लुटिन लागेका थिए । तिब्बतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा वलभद्र शाहलाई सुम्पेका थिए । यहि आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमान सिंह बस्नेत खटिएका थिए । नेपालमा भोटु पाण्डे तिब्बती सेनाव्दारा प्रक्राउ परेपछि नेपालले थप सैनिक पठायो । अन्ततः तिब्बत नेपालसँग सझौता गर्न वाध्य भयो । सझौंता अनुसार चिनियाँ प्रतिनिधिलाई साक्षी राखेर तिब्बतले वर्षेनी ५० हजार एक रूपैयाँ हर्जना तिर्नु पर्ने भयो । पहिलो वर्ष हर्जना तिरेपछि १८४७ को साउनमा रकम वुझाउँन आनाकानी गर्यो । र, पछि २५ हजार रूपैया मात्र वुझाउन तिब्बत तयार भयो । पछिल्लो पटक तिब्बतले स्याहमर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ताटोलीका सदस्यहरूलाई घेरा हाली पक्रिएर काठमाडौँ ल्यायो भने झुगाँको किल्ला कब्जा गर्यो ।

त्यसैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफूले चाहेको विराज बखतीलाई काजी बनाएनन् । बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र त्यसैबैला शुरु गरिसकेका थिए । यसर्थ, एमसीसी जतिसुकै राम्रो होस्, बहुमत जनताको कुरा सुन्न सरकार तयार हुनै पर्छ ।

यसपछि चीन समेत नेपालसँग क्रुद्ध हुन पुग्यो । चीनले आफ्नो विशाल सेनासहित १९४९ को असार ११ मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोश वरको रसुवागढीमा नेपाली सेना आई पुग्यो । चिनियाँ सेनाले दपेट्दै ल्याउँदा नेपाली सेना रसुवागढीको टिमुरेमा आइपुग्यो । काठमाडौँबाट हिडेको थप सैन्यदल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुबेशीमा भेट भयो । ठूलो संख्यामा रहेका चिनिया सेना सिरानको बाटो भई भोटेकोशी नदी तरेपछि उनीहरूसँग मुकाविला गर्न नसक्ने देखिएपछि नेपाली सेना धुन्चे आए । त्यहाँको देउराली डाँडामा किल्ला बनाई उनीहरू बसे तीन दिन तीन रातको लडाईमा दुईपटक चिनिया सेनालाई नेपालले बलपूर्वक धपाए पनि उनीहरूको संख्या ठूलो भएका कारण नेपालीहरू फेरि पछि हटन वाध्य भए । नेपाली सेना फेरि कमारेगढमा आए । अघिल्लो दिन नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि भोलिपल्ट ठूलो संख्यामा चिनियाँ सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आईपुगे । त्यो समयमा दामोदर पाँडे चोक्देमा तैनाथ थिए । दुई पक्षबीच लडाई चल्दै जाँदा चिनिया सेना नेपाली सेनालाई पेल्दै नुवाकोट बेसी आइपुगे ।

यस्तो अवस्था आएपछि बहादुर शाहले चीन तिब्बतसँग सझौंता गर्नुपर्ने आवश्यकता महशुस गरे । तर, चिनियाँले स्याहमर्पालाई खोजेपछि सझौंता हुन सकेन । नेपालले स्याहमर्पाले आत्महत्या गरिसकेको बताए पनि चिनियाँ सेनापतिले चित्त बुझाएनन् । त्यस बेलामा चिनियाँ सेना बेत्रावतीपारि आइसकेका थिए । उनीहरूलाई बेत्रावती नाध्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयं नुवाकोट पुगेका थिए । चिनियाँ सेनालाई रोक्न नेपाली सेना चोक्दे, दुधे थुम्को र गेर्खुमा किल्ला बनाएर बसेका थिए । घमासान लडाई भयो । नेपाली सेना पहाडको टुप्पामा थियो भने चिनियाँ सेना भिरालोमा । मध्य वर्षातमा बेत्रावतीमा डरलाग्दो भेल बगिरहेको थियो । चिनियाँ सेनाले रसदपानीको अभावको सामना गर्न थालिसकेको थियो । नेपाली सेनाको पराक्रमले चिनियाँ सेना थप अगाडि वढ्न सकेन । र, चिनियाँ सेनापति तुङ थ्वाङलाई नेपालसँग सन्धि गर्नुपर्ने बाध्यता आइलाग्यो । अन्ततः अनुयायी र परिचरलाई लिएर वि.सं. १८४९ भदौ ११ मा स्वदेश फिर्ता हुनुपरेको थियो । चेतना भया ।