नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ ? तरुण खबर ५ मंसिर २०७८, आईतवार १०:४५
नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।

अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा, राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।

सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर, सोमेन्द्रसिंह राठोर यूएन जगेडा, होबिन्द्र बोगटी कानून शाखा नक्साल सरुवा भएका छन् ।