व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित तरुण खबर ९ मंसिर २०७८, बिहीबार ०९:४४
व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

उदयपुर । कटारीस्थित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका छन् । कार्कीको कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर साविककाे सगरमाथा अञ्चलमै सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

कार्की निरन्तर छैटौँ पटक उत्कृष्ट करदाता घोषित भएका हुन् । १२ माघ २०७७मा पेस आय विवरणअनुसार ट्रेडिङले ३९ करोड ९६ लाख १६ हजार कारोबार गरेको थियाे । जसमा १ करोड ८४ लाख १७ हजार रुपैयाँ करयोग्य आय गर्न सफल भएको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेखबहादुर मगरले जानकारी दिए । कार्कीले ४६ लाख आयकर तिरेका हुन् ।