कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइराबीच चुनाव हुने

कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइराबीच चुनाव हुने तरुण खबर २८ मंसिर २०७८, मंगलवार ०९:४२
कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइराबीच चुनाव हुने

काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ । भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे ।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए । काेइरालाले १७२९ मत पाएका छन् । यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।