सभापति निर्वाचित गराएकोमा प्रधानमन्त्रीको आभार

सभापति निर्वाचित गराएकोमा प्रधानमन्त्रीको आभार तरुण खबर २९ मंसिर २०७८, बुधबार ११:४०
सभापति निर्वाचित गराएकोमा प्रधानमन्त्रीको आभार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि निर्वाचित गराउने सबैमा धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भएर मलाई सभापतिमा विजयी गराउनु हुने जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलगायत सम्पूर्ण शुभचिन्तक, सहृदयी साथीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।