कबड्डी ४ को टिजर: दया र सौगतसंग मिरुनाको प्रेम ?

कबड्डी ४ को टिजर: दया र सौगतसंग मिरुनाको प्रेम ? तरुण खबर ६ पुष २०७८, मंगलवार ०९:५३
कबड्डी ४ को टिजर: दया र सौगतसंग मिरुनाको प्रेम ?

रामबाबु गुरुङको निर्देशित बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार फिल्मको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत तय गरिएको छ । फिल्म आउँदो वर्षकोे वैशाख २३ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

सार्वजनिक टिजरमा दयाहाङ राई अर्थात काजीको र मिरुना मगरको प्रेम सुरुहुने देखीन्छ । यता सौगात मल्लको ईन्ट्रिले फिल्म हेर्न अझै मज्जा आउँने बुझ्न सकिन्छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।