कृषि सामग्री लिमिटेडमा एक अर्ब भ्रष्टाचार, १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कृषि सामग्री लिमिटेडमा एक अर्ब भ्रष्टाचार, १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर तरुण खबर १८ पुष २०७८, आईतवार १७:५१
कृषि सामग्री लिमिटेडमा एक अर्ब भ्रष्टाचार, १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ । आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो ।