लक्षित समूहलाई आजबाट अतिरिक्त खाेप

लक्षित समूहलाई आजबाट अतिरिक्त खाेप तरुण खबर २० पुष २०७८, मंगलवार ०९:२६
लक्षित समूहलाई आजबाट अतिरिक्त खाेप

काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारकाे मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खाेपकाे थप एउटा मात्र दिइन लागिएकाे हाे ।

क-कसले पाउँछन् अतिरिक्त खाेप ?
– मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
– सक्रिय क्यान्सरका रोगी
– अंग प्रत्यारोपण गरेका बिरामी
– एचआईभी संक्रमण भएका बिरामी

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।