तरुण खबर
८ फाल्गुन २०७८, आईतवार १९:३९
काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ का २६२ संक्रमित थपिएका छन् । देशभर ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले दिएको जानकारी अनुसार २४ घण्टामा १३३८ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा चार जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा काठमाडौंमा ८०, ललितपुरमा १२ र भक्तपुरमा १ जना गरी ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा औषत संक्रमण दर ३ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभयो ।


