तरुण खबर
४ चैत्र २०७८, शुक्रबार १८:५९
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।
आज (शुक्रबार) बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डको अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ ।


