घान्द्रुकमा वनवीरसँग दश मिनेट मात्र

घान्द्रुकमा वनवीरसँग दश मिनेट मात्र परशु घिमिरे ६ चैत्र २०७८, आईतवार १६:११
घान्द्रुकमा वनवीरसँग दश मिनेट मात्र

हिजो बिहानै घोडा खोज्न गएको फर्कदै छु । देउराली र घोडेपानीको बीच जंगलमा भेटिएका वनवीर गुरुङले कता पुगेर आउनु भयो भन्ने मेरो प्रश्न भुँइमा खस्न नपाउँदै जवाफ दिए । घोडा डो¥याउँदै उकालो लागेका गुरुङसँग कुरा गर्दै थकान मेट्ने–बाटो काट्ने मेसोले घोडा कता कता पु¥याउनु हुन्छ नि भन्नेबित्तिकै उनले आफ्ना कुरा शुरु गरें । मेरो धेरै काम छ, भेडा–च्याङ्ग्रा चरन, चौरीगोठ जानु प¥यो नि…।

कहिले घान्द्रुक त कहिले घोडेपानी गर्न म बुढोलाई घोडा त चाहियो नि सर । कति चौरी पाल्नु भएको छ त गुरुङ दाइ ? मेरो प्रश्न भुँइमा झर्दा नझर्दै उनले भने– निगालोको घाँस भाँच्दै घोडालाई खुवाउँदै गरेका गुरुङ दाइले भने– दुई सय चौरी र सात सयजति च्याङ्ग्रा पालेको छु । यो उमेर (६५ वर्ष) मा पनि चौरी, भेडा–च्याङग्राको हेरचाह गरेरै दिन विताउँनु हुन्छ ? मलाई यो घान्द्रुक क्षेत्रमा एकजना वनवीर गुरुङ भन्ने मान्छे थियो भन्ने पहिचान बनाएको छु, उसले चौरी पालेर चीज, छुर्पी बनाएर नाम राख्ने इच्छा छ । यहाँ त वनवीर गुरुङ भने पछि केटाकेटीदेखि बुढापाकाले पनि चिन्छन्, कान्तिपुर कि के भन्ने पत्रिकाले मेरो नाम सबैतिर पैmलाएको छ । बुढा गुरुङ त्यसो भन्दै निक्कै हौसिए । मैले सामान्य परिचय दिएर अगाडि बढ्न खोज्दा उनले नाम, ठेगान र टेलिफोन नम्बर दिनुस् न सर भनेर मित्रता जोड्ने सुर गरिहाले ।

कास्कीको घान्द्रुक अन्नपूर्ण बेसक्याम्प जानेका लागि मात्र होइन, गुरुङहरुको बाक्लो बस्ती छ । घान्द्रुकबाट माछापुछ«े र अन्नपूर्ण सामुन्नेमै देखिने हुँदा स्वदेशी–विदेशी पर्यटनका लागि सुपरिचित ठाउँ हो घान्द्रुक । करीब दुई हजार १९ मिटरको उचाइमा रहेको घान्द्रुकबाट पाँच घण्टाको उकालो चढेपछि पुगिने देउराली भन्ज्याङका स्थायी बासिन्दा हुन्– वनवीर गुरुङ । ६५ वर्षको उमेरमा पनि वनवीर गुरुङमा कर्म गरेर नाम राख्ने इच्छा युवाको जस्तै जोस् जाँगर छ । त्यसका लागि उनले दुग्ध विकास संस्थान लैनचौरसँग सम्पर्क राखेर रसुवाको चन्दनबारी चीज कारखानमै १८ दिन बिताएका थिए । अब उनी उन्नत खालको चीज प्mयाक्ट्री राख्ने तयारीमा थिए । अन्नपूर्ण आसपासका जिल्ला म्याग्दी, मुस्ताङ र मनाङमा चौरीपालन व्यवसाय लोकप्रिय भए पनि घान्द्रुक क्षेत्रमा उनको मात्रै एउटा चौरी गोठ छ, जहाँ दुई सय चौरी अहिले पनि छन् ।

देउराली होटलका मालिक वनवीर गुरुङ आपूm भने यो होटलमा कहिल्यै भेटिदैनन् । उनी भन्छन्– सर यता आउने बेला खबर गर्नुहोला है, म सरलाई चौरीगोठ लैजान्छु नि । कति लाग्छ त चौरीगोठ जान ? मेरो जिज्ञाषामा उनले– म त दुई घण्टामा पुग्छु, हजुरलाई अलिक बढी लाग्ला कि ? घान्द्रुकबाट देउराली पुग्दै खुट्टा गलेर थकित भएका हामीले अरु दुई घण्टा उकालो चढ्ने कल्पना गर्नु सम्भव नै थिएन । चौरीगोठ, भेडा–च्याङग्रा चरन र उनीहरुको रहनसहन बुभ्mने रहर बाँकी राखेर ओरालो लाग्न के खोजिएको थियो– वनवीर गुरुङले थपें नेपालकै राम्रो चीज प्mयाक्ट्री राख्दैछु, दशैंतिर आउनुस् है सर । चौंरीको दही, दुध, घ्यू खाउँला, दुई–चार किलो लैजाउँला नि हुन्न र सर ? उनीसँग सडकमै उभिएर गरेको १० मिनेटको वार्ताले प्रगाढ मित्रता त गाँस्यो नै उनको कर्म गरेर नाम राख्ने इच्छाले नेपालको राजनीतिक सिनारियोलाई व्यग्य पनि गरिरहेको थियो । काम होइन कुरा गरेर नेता र मन्त्री बन्नेहरुका लागि वनवीर गुरुङहरुको मूल्य कति छ ? त्यो बेग्लै प्रसंग हो ।

उनमा छलकपट, धुत्र्याइँ, पदको लोभलाचन र पदको कुनै महत्वकांक्षा छैन, उनी भेडा र चौरीको दुधबाट चीज उत्पादन गरेर घान्द्रुक देउराली र आप्mनो नामका लागि अहोरात्र खटेका छन् । वनवीर गुरुङले फेरी थपे– साउन–भदौमा चौरीको रगत खाने जात्रा लाग्छ, कम्ती रमाइलो हुन्न हो सर ? श्रीमतीले सञ्चालन गरेको देउराली होटल एण्ड लजमा टहल्नेसम्म उनलाई फुर्सद छैन, देउराली पुग्यो कि चौरीगोठ पुग्न हतार हुन्छ । देउरालीबाट घोडेपानीको ओरालो लाग्नुअघि देउराली होटलमै चिया पिउन पसेका हामी म, ठूली छोरी प्रतिभा र प्रमिला पनि पानीले आधाआधी भिजेका थियौं । करीब तीन हजार तीन सय मिटरको उचाइमा रहेको देउरालीको जंगल, जंगलको बीचमा दुईवटा मात्र होटलको वातावरणले एक–दुई यतै बिताउँ बिताउँ भन्ने लाग्छ नै । तर समयले साथ नदिएपछि मन भए पनि छाड्नै प¥यो, हामी घोडेपानीतर्पm बाटो लाग्यौं ।

५५ वर्ष उमेर काटिसकेकी साहुनीलाई आमा के खान पाइन्छ ? भनेर सोध्ने वित्तिकै उनले अंग्रेजीमा लेखिएको मेनु हाम्रो हातमा थमाइन् । मैले आमा यतैको लोकल के खान पाइन्छ भनेपछि उनले भर्खरै चौंरीगोठबाट तीनपाथे ठेकीमा ल्याएको दहीतिर देखाएर चौरीको दही खानुहुन्छ त भनेर सोधिन् । दूई महिनाअघि गोसाइँकुण्ड जाँदा चन्दनबाँरीमा पहिलो पटक चौंरीको दुध खाएको स्वाद सम्झेर दहीका लागि मुख मिठ्एर, हुन्छ, हुन्छ भन्यौं । दही खाइयो, दुध खाइयो र आलू उसिनेर खाइयो । हिँड्ने बेलामा रकम (पैसा) सोधेको कताको पैसा लिन्न नानी, विदेशी भए पो लिनु ।

उनको ममताले छातीमात्र फुलेन, जातको आधारमा राजनीति गर्नेहरुप्रति घृणा पनि जाग्यो । मानवबीच सौहार्दता, सत्कार र पुरानो संस्कार भत्काउँदै एउटा जातले अर्को जातलाई नीचो–उचो देखाउने अहिलेको क्रन्तिकारी राजनीतिमा उनमा पनि पुग्यो भने देउराली भन्ज्याङहरुमा कस्तो संस्कार होला, कल्पना मात्र गर्न गर्न सकिन्छ । २० मिनेटको उकालोपछि आधा घण्टाको ओरालोमा भेट भएका उनै वनवीर गुरुङकै होटल पो परेछ– त्यो ।
२०६६ जेठ २१ गते बिहीबार