विवाहको तयारीमा रणबीर र आलिया

विवाहको तयारीमा रणबीर र आलिया तरुण खबर ३० चैत्र २०७८, बुधबार १२:२७
विवाहको तयारीमा रणबीर र आलिया

मुम्बई । आफ्ना छोरा बलिउड अभिनेता रणबीर कपुरको विवाह अभिनेत्री आलिया भट्टसँग गराईदिने योजना बनाउँदा बनाउँदै गत वर्ष अभिनेता ऋषी कपुरको निधन भएको थियो ।

उनको बरखी सकिए लगत्तै अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट यतीबेला विवाहको तयारीमा जुटेका छन् ।

यसै साता यी दुईको विवाह हुने बताईएको छ । अहिले दुबै परिवार विवाहको तयारीमा जुटेका छन् । यी दुईको विवाह पारिवारिक सदस्यहरुमाझ हुने र विवाहको केही दिनपछि सबैलाई बोलाएर भव्य रिसेप्सन पार्टी दिने बताईएको छ ।

विवाहको तयारी अन्तर्गत कपूर परिवारको आरके स्टुडियोलाई बत्तीले सजाउन थालिएको छ । यस्तै रणवीर–आलियाको नयाँ घर पनि यतीबेला बत्तिले सजाउन थालिएको छ । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । रणबीरको कृष्णराज बंगला अहिले निर्माणाधीन छ, तर त्यहाँ पनि सजावट सुरु भएको छ ।

रणवीर र आलिया विवाहपछि कृष्णराजको बंगलामा सर्ने भएका छन् । यो जोडीले आफ्नो बिहेको मितिबारे मौनता राखेपनि अप्रिल १३ देखि आरके हाउसमा ४ दिनसम्म विवाह चल्ने बताइएको छ । यी जोडीले अप्रिल १७ मा मुम्बईको लक्जरी होटल ताज महल प्यालेसमा भव्य रिसेप्शन आयोजना गर्ने बताईएको छ । जहाँ बलिउडका सबै स्टारहरु देखिनेछन् । सबैलाई निमन्त्रणा कार्ड पठाइएको छ ।

परिवारको भनाई अनुसार आलिया भट्ट र रणवीर कपूरको विवाह परिवार र नजिकका साथीहरू बीच हुनेछ । आलियाका भाइ राहुल भट्टले विवाहमा २८ पाहुना मात्र आउने बताएका छन् । तिनीहरू सबै सुरक्षाका साथ चेम्बुरको लागि प्रस्थान गर्नेछन् । रणवीर–आलिया आरके हाउसमा विवाह बन्धनमा बाँधिदैछन् ।

रणबीरकी आमा नीतु कपूरले पाँच दिन लामो विवाह समारोहमा दिल्ली र लखनउका शेफहरूलाई निमन्त्रणा दिएकी छन् । अतिथिहरूले मुगलई खानादेखि कन्टिनेन्टल, मेक्सिकनदेखि इटालियनसम्मका विभिन्न किसिमका परिकारहरू पाउनेछन् । खानाका लागि करिब ५० काउन्टर स्थापना गरिने पनि बताईएको छ ।