बेथानचोक गाउँपालिकामा भगवान् अधिकारी अध्यक्षको उम्मेदवार

बेथानचोक गाउँपालिकामा भगवान् अधिकारी अध्यक्षको उम्मेदवार तरुण खबर १३ बैशाख २०७९, मंगलवार १०:३३
बेथानचोक गाउँपालिकामा भगवान् अधिकारी अध्यक्षको उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन् । काभ्रे नेपाली कांग्रेसले सोमबार अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अधिकारीले हिजो सोमबार उम्मेदवारी दर्ता गरे । पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए । उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत थिए ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकिकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको थियो । त्यस्तै, माओवादी केन्द्रबाट तारा राना तिमल्सिना उपाध्यक्ष बनेकी छन् ।